IIMS College

ISMT

HUB Education

पूर्वएमाले र पूर्वमाओवादी सांसदकाे मत विभाजित, के हाेला लाेकसेवाकाे विज्ञापन ?

फाइल फाेटाे
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगले निकालेको विज्ञापन रद्द गर्न संसदको राज्यव्यवस्थामा समितिले दिएको निर्देशनप्रति सत्तारुढ दलकै सांसदहरू विभाजित भएका छन् ।

 

समितिको सोमबार बिहान बसेको बैठकले संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितसँग छलफल गरे लगत्तै विज्ञापन रद्द गर्न निर्देशन दिएको थियो । समितिको निर्देशनप्रति साबिकको एमाले र माओवादी पृष्ठभूमिका सांसदहरूले फरक–फरक मत प्रकट गरेका छन् ।

 

समितिको निर्णयमा विशेषतः पूर्वएमाले पृष्ठभूमिका सांसदले असहमति जनाएका हुन् । पूर्वएमालेका सांसदहरूले सुरु देखि नै लोकसेवा आयाेगले गरेको विज्ञापन रद्व गर्न निर्देशन दिने विषयमा हतार गर्न नहुने बताउँदै आएका थिए ।

 

पूर्वमाओवादी र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका अधिकांश सांसदहरुले भने पहिलेदेखि नै लोकसेवा आयोगले गरेको विज्ञापन संविधान बमोजिम नरहेको भन्दै विरोध गर्दै आएका थिए ।

 

यस विषयमा जेठ २४ गते शुक्रबार बसेको समिति बैठकमा लोकसेवा आयोगले गरेको विज्ञापन रद्द गर्नेसम्बन्धी ड्राफ्ट तयार भएको थियो । तर मन्त्रीको कुरा नसुनी निर्णय गर्नु गलत भएको भन्दै पूर्व एमालेका सांसदहरूले उक्त ड्राफ्टको विरोध गरेका थिए ।

 

आजको बैठकमा मन्त्री पण्डित उपस्थित भएर लोकसेवा आयोगले गरेको विज्ञापन संविधान सम्मत रहेको जवाफ दिए । त्यसपछि पूर्वमाओवादी पृष्ठभूमिका नेकपाका सांद र कांग्रेसका सांसदहरु झन आक्रामक बने ।

 

मन्त्रीको जवाफ सुनिसकेपछि समितिकी सभापति शशी श्रेष्ठले लोकसेवाको विज्ञापन समितिले संविधानको मर्म र भावनाअनुरूप नभएको ठहर गरेको जानकारी दिदैँ रद्द गर्न निर्देशन दिइन् ।

 

समितिले निर्णय गर्दैगर्दा पूर्व एमालेका सांसद असहमति छ भन्दै बाहिरिए । पूर्व माओवादीका सांसदहरु भने तत्काल लोकसेवा आयोगले गरेको विज्ञापन रद्द गर्नुपर्ने पक्षमा उभिए ।


थप समाचार

रुखसँग बिहे गर्ने महिला

  • 54 minutes ago
रुखसँग बिहे गर्ने महिला

एजेन्सी । रुख–बिरुवाप्रति जागरुकता पैदा गर्न र त्यसको संरक्षणको लागि शनिबार पर्यावरण संरक्षक तथा समाजसेवी केट कङ्निंघमले एल्डर प्रजातिको एक रुखसँग बिहे गरेकी छिन् ।

काठले मात्र निर्मित २४ तले भवन कहाँ छ ? उक्त भवनबारे अनौठा तथ्यहरु

  • 57 minutes ago
काठले मात्र निर्मित २४ तले भवन कहाँ छ ? उक्त भवनबारे अनौठा तथ्यहरु

एजेन्सी । कुनैपनि घर निर्माण गर्नका लागि सिमेन्ट, ईटा, ढुङ्गा, बालुवा लगायतका विभिन्न सामानहरु आवश्यक पर्दछ । तर एक यस्तो भवन निर्माण भएको छ जसलाई निर्माण गर्न त्यसको पिल्लरलाई छाडेर अन्य सबै प्रयोग क

सबैभन्दा बढी डिभोर्स हुने राष्ट्रहरु

  • 1 hour ago
सबैभन्दा बढी डिभोर्स हुने राष्ट्रहरु

एजेन्सी । पछिल्लो समय डिभोर्स हुने जोडीहरुको सख्ंया अत्याधिक बढेको छ । नेपालमा पनि दैनिक रुपमा सयौँ श्रीमान श्रीमतीहरु डिभोर्स लिइराखेको खबर बाहिर आइरहेको छ ।



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

उच्च रक्तचापको समस्या भएमा केरा अमृत समान, यस्ता छन् फाइदाहरु

उच्च रक्तचापको समस्या भएमा केरा अमृत समान, यस्ता छन् फाइदाहरु

केरा एउटा यस्तो फल हो, जुन केवल खानमा मात्र स्वादिष्ट नभइ सस्तो र स्वास्थ्यको लागि पनि फाइदाजनक छ । एक अनुसन्धानले आफ्नो डाइटमा केराको सेवन गर्दा उच्च रक्तचाप अथवा हाइपरटेनसका बिरामीका लागि फाइदा पुग्ने देखाएको छ ।

विचित्र विश्व

रुखसँग बिहे गर्ने महिला

रुखसँग बिहे गर्ने महिला

एजेन्सी । रुख–बिरुवाप्रति जागरुकता पैदा गर्न र त्यसको संरक्षणको लागि शनिबार पर्यावरण संरक्षक तथा समाजसेवी केट कङ्निंघमले एल्डर प्रजातिको एक रुखसँग बिहे गरेकी छिन् ।