लोकसेवाकाे आवेदन दिने मिति असार १० गतेसम्म थप

Education Park

काठमाडौँ । लोकसेवा आयोगले स्थानीय तहका कर्मचारी मागका लागि आवेदन दिने समय थप गरेको छ । आज आयोग पदाधिकारी बैठकले असार १० गतेसम्म आवेदन दिने समय थप गरको हो । 

 

आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीका अनुसार असार १० गतेसम्म एकल दस्तुर तथा असार १७ गतेसम्म दोब्बर दस्तुरमा फाराम भर्ने सयम निर्धारण गरिएको छ । 

 

अनलाइन फाराम भर्दा आयोगको सर्भरमा अत्यधिक चाप भएकाले दरखास्त अपलोड गर्न कठिनाई भएका कारण म्याद थप गरेको उनले बताए । आज एकल दस्तुरमा फाराम भर्ने अन्तिम समय तथा दोब्बर दस्तुरमा असार १० गतेसम्म समय तोकेको थियो । 

 

‘अत्यधिक आवेदनका कारण आयोगको सर्भरमा गत जेठ ३० गतेदेखि चाप बढेको थियो’, सुवेदीले भने । आयोगले ५१५ स्थानीय तहका लागि नौ हजार १६१ कर्मचारीको माग गरेको छ । 

 

अहिलेसम्म करीब एक लाख ७२ हजार ४४४ जनाले फाराम भरेका छन् । आवेदकले अनलाइन फाराम भर्नमा समस्या भएको भन्दै समय थप गर्न माग गर्दै आएका थिए । (रासस)


थप समाचार

अमेरिकालाई इरानको जबाफ !

  • 11 minutes ago
अमेरिकालाई इरानको जबाफ !

एजेन्सी । अमेरिकाले इरानको मानवरहित विमान (ड्रोन) खसालेको भनी गरेको दाबी इरानको सशस्त्र बलले अस्विकार गरेको छ । सबै ड्रोन शिवीरमा सुरक्षित रुपमा फर्केको यहाँको समाचार समितिले जानकारी दिएको छ ।

अमेरिकी संसदले न्यूनतम ज्याला १५ डलर तोक्यो, सिनेट भने विपक्षमा

  • 17 minutes ago
अमेरिकी संसदले न्यूनतम ज्याला १५ डलर तोक्यो, सिनेट भने विपक्षमा

वासिङ्टन । डेमोक्र्याटिक पार्टीको बर्चश्व रहेको अमेरिकी तल्लो सदन “हाउस अफ रिप्रिजेन्टेटिभ्स” ले संघीय न्यूनतम ज्याला सन् २०२५ सम्ममा प्रतिघण्टा १५ अमेरिकी डलर बनाउने सम्बन्धी विधेयक पारित गरेको छ ।

अमेरिकामा बेरोजगारी दर सामान्य बढ्यो

  • 19 minutes ago
अमेरिकामा बेरोजगारी दर सामान्य बढ्यो

वासिङ्टन । संयुक्तराज्य अमेरिकामा गत साताको बेरोजगारी दरमा सामान्य बृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

१२० वर्षीय बाबा शिवानन्द: चिल्लो भोजनबाहेक बाबा सेक्सदेखि पनि परै रहन्छन्

१२० वर्षीय बाबा शिवानन्द: चिल्लो भोजनबाहेक बाबा सेक्सदेखि पनि परै रहन्छन्

एजेन्सी । बनारसमा बस्दै आइरहेका १२० वर्षीय बाबा शिवानन्दको देखेर लाग्छ कि यति लामो पनि सम्भव रहेको छ । बाबा शिवानन्द तीन बजे बिहान उठ्ने गर्छन् । उठेर उनी स्नान गर्छन् र ध्यान बस्छन् । त्यसपछि एकधण्टासम्म योग गर्ने काम गर्छन् ।