लोकतन्त्र दिवसः जनताको प्रश्न कहिले हुन्छ देशको समृद्धि

दलहरुमा प्रतिबन्ध लाएर सत्ताको डोरी समातेर दरबारमा बसेको राजालाई झुकाएको दिन हो आज । १२ वर्षअघि जनताको बलमा राजाले लिएको सत्ता नागरिकको बलबाट प्राप्त भएको दिन हो वैशाख ११ गते । जनआन्दोलनको बलमा राजाले ‘जनताको नासो जनतालाई फिर्ता’ गरेकोले आजका दिनलाई उत्सवका रुपमा नेपालीले लोकतन्त्र मनाउने गरेका छन् । 

 

२०६२÷०६३ मा नागरिक सडकमा आएर सत्ता परिवर्तन गरेको दिनको सम्झानामा लोकतन्त्र दिवस मनाइदै आइएको छ । २०६१ माघ १९ मा आफैलाई सर्वेसर्वा ठानेर पार्टीका नेताका गतिविधिमा समेत प्रतिबन्ध लाएपछि झण्डै एक वर्षपछिको चैत १६ गतेबाट जनआन्दोलन शुरु गरिएको थियो । देशमा सशस्त्र द्धन्द्ध, राजनीतिक दलहरुमा प्रतिबन्ध र दरबार हत्याकाण्ड लगायतमा राजतन्त्रप्रति नागरिकको वितृष्णामा नागरिकहरुले राजाका विरुद्धमा आन्दोलन छेडेका थिए । आफ्नो आधारभूत अधिकार हनन्मा नेपाली नागरिकको चित्त बुझेको थिएन त्यसैले राजाको विरुद्धमा जनमत सडकमा उर्लिएको थियो । 

 

राजनीतिक दल, नागरिक समाजको संयोजनमा देशभरमा जनआन्दोलन उर्लिन थालेपछि राजाले आफ्नो शक्तिको अन्तिम प्रयोग गरेपनि सिप चलेन । घरघरबाट मानिसहरु बालबच्चा बोकेर सडकमा आए, कोही पानी बोकेर आए । महलमा बस्नेदेखि सडकका मानिस जनआन्दोलनको लाइनमा सहभागी भए । राजाले प्रहरी मात्र हैन सशस्त्र प्रहरी र सेना समेत परिचालनका अगाडि नागरिक झुक्न सकेनन् र लोकतन्त्र स्थापना गरे । यही जन्मोउत्सवबाट नेपालमा लोकतन्त्र दिवस मनाउन थालिएको छ ।

 

आजकै दिन अर्थात वैशाख ११ गते राती तत्कालिन राजा ज्ञानेन्द्र झुकेर नेपालको संसद पुर्नस्थापना भएको घोषणा गरे । राजाको संसद पुर्नस्थापनासंगै नेपालमा लोकतन्त्रको जन्म भयो । पुर्नस्थापित संसदले राजाका अधिकारलाई लगाम लगाइदियो । संसदले दुईसय ४० बर्षको राजतन्त्रलाई नारायणहिटीमा बस्ने तिम्रो अधिकार छैन भन्दै बाहिर पठाइदियो ।   

 

छैन उत्साह 

लोकतन्त्रमा लडेकाहरु लोकतान्त्रिक गणतन्त्रमा पुगिसकेका छन् । देशमा लामो राजनीतिक तरतापछि स्थायी सरकार सरकारले समृद्धिको नारा ल्याइरहेको छ । तर लोकतन्त्र स्थापनाका लागि सडकमा उत्रेका नागरिक आज त्यही लोकतन्त्रको उत्सवमा सहभगिताको उत्साह छैन । 

 

लोकतन्त्र स्थापना भएको १२ बर्ष पुग्दापनि लोकतन्त्रको आभाष नेपाली नागरिकले सहज रुपमा नपाएको चर्को गुनासो आइरहेको छ । सडकमा लोकतन्त्रको नारा लाइरहेका बेलामा केहिले सडकमै प्राण त्यागे, कोही घाइते भएर जीवनभर अपाङ्ग भएको बस्नु परेको छ । हातखुट्टा भाँचिएका, टाउको फुटेकाहरुले सहज उपचार नपाएको भन्दै आँसु खसालिरहेका छन् ।

 

लोकतन्त्र स्थापनापछि देशमा समृद्धि सहितको तीव्र विकासको अपेक्षा गरेका नेपाली नागरिकले त्यसको फल अहिलेसम्म चाख्न पाएका छैनन् । जनआन्दोलनका समयमा सडकमा रगत, पसिना बगाएका जनताको उचित सम्बोधन हुन आवश्यक छ । देशमा अ‍ैझेरु झै रहेको भ्रष्टाचार, कुरीति, कुसंस्कारको अन्त्यसंगै समुन्नत समाज निर्माणमा वर्तमान राजनीतिक नेतृत्वको ध्यान जान आवश्यक छ । 

 

‘राजा हटे, नेताहरु आए तर लोतन्त्र आएन’ भन्ने व्यक्तिहरुको कमी छैन । एउटा राजा फालेर सयौ राजा स्थापित गरिएको भन्ने कटाक्षपनि सुनिदै आइएको छ । त्यसैले राजाको बाटोमा वर्तमान राजनीतिक प्रणालीले राजनीतिक एजेन्डा हैन, नागरिकका एजेण्डामा बोक्ने ट्रयाकमा जाने छ भन्नेमा धेरैको आशा छ । जनतालाई लोकतन्त्रको उत्सवमा लामवद्ध लगायन वर्तमान राजनीतिक प्रणाली तयार रहनै पर्दछ । 

 


थप समाचार

सुनको भाउ तोलाको ६० हजार

  • 12 minutes ago
सुनको भाउ तोलाको ६० हजार

काठमाडौँ । आज नेपाली बजारमा छापावाल सुन तोलाको ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज तेजावी सुन तोलाको ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यदी मैले खेलाडी छान्न पाइन भने क्लब छोडिदिन्छुः जिदान

  • 20 minutes ago
यदी मैले खेलाडी छान्न पाइन भने क्लब छोडिदिन्छुः जिदान

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले खेलाडी छनोटमा आफू स्वतन्त्र हुनुपर्ने धारणा व्यक्त गरेका छन् । घरेलु लिग ला लिगको अन्तिम खेल अघि शनिबार पत्रकारहरुसँग कुरा गर्दै उनले त्य

हरेक घरमा आगो निभाउने उपकरण अनिवार्य

  • 27 minutes ago
हरेक घरमा आगो निभाउने उपकरण अनिवार्य

भद्रपुर । झापाको अर्जुनधारा नगरपालिकाले आगलागीलाई तत्काल नियन्त्रण गर्न सकियोस् भनेर हरेक घरमा अग्निप्रतिरोधात्मक सामग्री अनिवार्यरूपमा राख्नुपर्ने नियम लागू गरेको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

रोग लाग्न नदिन भिटामिन ‘ए’

रोग लाग्न नदिन भिटामिन ‘ए’

भिटामिन ‘ए’ शरीरलाई अत्यावश्यक रासायनिक यौगिक हो । मानव स्वस्थ्यका लागि ज्यादै कम मात्रामा भिटामिन ‘ए’ आवश्यक हुन्छ । तर, स्वास्थ्य रहन र रोगप्रतिरोधी क्षमता बढाउन त्यो ज्यादै महत्वपूर्ण हुन्छ ।

विचित्र विश्व

दैनिक रक्सी पिउनुहुन्छ ? यी कुरा थाहा पाइराख्नुहोस्

दैनिक रक्सी पिउनुहुन्छ ? यी कुरा थाहा पाइराख्नुहोस्

एजेन्सी । अल्कोहलबाट केही समयको लागि खुसी मिले पनि यो लामो समयका लागि हानिकारक हुने एक अध्ययनले देखाएको छ । अल्कोहोल पिउनेहरुलाई अल्कोहल पिउँदा नपिउनेहरुभन्दा धेरै खुसी मिल्नेगर्छ । तर, खुसी हुनका लागि पिउनेहरु जसलाई अल्कोहलको लत लागेको छ उनीहरु आफ्नो जीवनदेखि कम सन्तुष्ट हुन्छन् ।