७० किलोवाट क्षमताको परियोजना बन्द भएपछि लोमान्थाङ अन्धकार

ठिनी । उपल्लो मुस्ताङको लोमान्थाङमा सञ्चालित सौर्य ऊर्जा परियोजना बन्द भएको छ । हिमपात र चिसोका कारण ब्याट्री चार्ज हुन नसकेपछि ७० किलोवाट क्षमताको परियोजना बन्द भएको हो । 

 

सौर्य ऊर्जा स्टेशन चार्ज हुन नसक्दा गाउँ अन्धकार बनेको लोमान्थाङका रामबहादुर गुरुङले बताए । चार वर्षअघि चीन सरकारको रु एक करोड सहयोगमा सौर्य ऊर्जा परियोजना जडान गरेर भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा रहेको लोमान्थाङमा विद्युत् आपूर्ति गरिएको थियो । 

 

“सौर्य ऊर्जाको भर परेर वैकल्पिक व्यवस्था गरेका थिएनौँ”, गुरुङले भने, “परियोजना बन्द भएपछि उज्यालोका लागि बत्ती बाल्न, मोबाइल चार्ज गर्न, टेलिभिजन हेर्न पाएका छैनौं ।” 

 

उक्त सौर्य ऊर्जाबाट उपल्लो मुस्ताङका लोमान्थाङ, छोन्हुप, छोसेर र सुर्खाङ क्षेत्रका एक हजार ३६६ घरमा विद्युत् सुविधा पुगेको थियो । राष्ट्रिय प्रसारण लाइन नपुगेको उपल्लो मुस्ताङ क्षेत्रमा ३० सौर्य प्यानलबाट उत्पादित उक्त विद्युत्ले लोमाङथाङ क्षेत्र उज्यालो बनेको थियो । 

 

चीन सरकारको आफ्नै प्राविधिक तथा आर्थिक सहयोगमा निर्माण गरिएको उक्त सौर्य ऊर्जा स्टेशन मर्मतका लागि उनीहरु नै आउनुपर्ने भएकाले तत्काल मर्मत गर्नसक्ने अवस्था नरहेको लोमान्थाङ गाउँपालिका–१ का अध्यक्ष पेमा आङ्ग्या गुरुङले बताए । 


थप समाचार

बेलायती राजनीतिमा नयाँ तरंगः टेरेजा मे ले गरिन् जुन ७ मा राजीनामा दिने घोषणा

  • 2 hours ago
बेलायती राजनीतिमा नयाँ तरंगः टेरेजा मे ले गरिन् जुन ७ मा राजीनामा दिने घोषणा

एजेन्सी । बेलायती प्रधानमन्त्री टेरेजा मेले मे ७ मा प्रधानमन्त्री पदबाट राजीनामा दिने भएकी छिन् । निकै भावुक हुँदै उनले पदबाट राजीनामा दिने जानकारी गराएकी हुन् ।

महँगा अभिनेता अल्लु अर्जुन

  • 3 hours ago
महँगा अभिनेता अल्लु अर्जुन

एजेन्सी । दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता हुन् अल्लु अर्जुन । बलिउडका कैयौँ सेलिबे्रटीहरुका फ्यानहरुभन्दा पनि उनको फ्याहरु धेरै रहेका छन् । उनको फिल्म सराइनादुले त युट्युबमा रेकर्ड नै बनाउन सफल भ

“दुःख गरेर लहरेबाली लगाइयो, लगातार परेको असिनाले पूरै नष्ट पारिदियो”

  • 3 hours ago
“दुःख गरेर लहरेबाली लगाइयो, लगातार परेको असिनाले पूरै नष्ट पारिदियो”

दमौली । केही दिनदेखि लगातार परेको असिनापानीले बाली नष्ट हुँदा जिल्लाका कृषक मर्कामा परेका छन् । असिनाले खाद्यान्न, लहरेबाली र सुन्तला नष्ट गरिदिएपछि उनीहरु मर्कामा परेका हुन् । तनहुँको ब्यास नग



प्रेम र यौन

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

एजेन्सी । कतिपय बलिउड तथा हलिउड कलाकारहरु यौनको विषयमा खुलेर कुरा गर्छन् । सेक्सको विषयमा उदार कलाकारहरु जसले १८ वर्ष पुग्नु भन्दा अगाडि नै यौन सम्पर्क गरेको बारेमा हामीले जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

सामान्यतय मस्तिष्कमा अचानक रक्तसञ्चार बन्द हुनु र त्यहाँ भएका रक्तकोषिका फुटेर रगत बग्नुलाई मस्तिष्कघात अर्थात ब्रेनस्ट्रोक भनिन्छ । मस्तिष्कघात भएका अधिकांश विरामीलाई पक्षघात पनि हुने भएकाले यो रोगलाई प्यारालाइसिसका नामले पनि पुकारिन्छ ।

विचित्र विश्व

यी हुन् खर्बौ रकम हिनामिना गर्ने राष्ट्रप्रमुखहरु

यी हुन् खर्बौ रकम हिनामिना गर्ने राष्ट्रप्रमुखहरु

एउटा नेपाली उखान छ, जहाँ पैसा बोल्छ त्यहाँ सत्य पनि लुक्छ । पैसाको बोलवाला नेपालमा मात्रै होइन, दुनियाँभर उत्तिकै छ । अझ, राजनीतिमा लागेका कतिपयको त ध्यानै कसरी पैसा कमाउने भन्ने हुन्छ । अरु माथि शासन गर्न चाहनेहरुको त्यही अहंकार भ्रष्टाचारको खेल मैदानमा प्रवेश गर्छ ।