लण्डनमा गम्भीर प्रकृतिका अपराधको बृद्धि 'डरलाग्दो'

  • बिहीबार, १० जेष्ठ, २०७५
  • 1 year ago
  • युके

 

लण्डन । बेलायतको राजधानी शहर लण्डनमा गत वर्ष गम्भीर प्रकृतिका अपराधिक घट्नाहरुमा उल्लेख्य बृद्धि भएको एक तथ्यांक सार्वजनिक भएको छ । 

 

मेट्रोपोलिटन प्रहरीका अनुसार गत मार्च महिनासम्मको एक वर्षको अवधिमा हत्या, चोरी, लुटपाट लगायतका सबै खाले अपराधको संख्या ह्वात्तै बढेको छ । 

 

सो अवधिमा युवाहरुको हत्या विगतको वर्षको तुलनामा ४४ प्रतिशतले बढि भएको छ । त्यस्तै लुटपाट तथा चोरीका घटनाहरु पनि एक तिहाई भन्दा बढिले बढेका छन् । 

 

प्रहरीको तथ्यांकअनुसार गोली प्रहारका घटनामा २३ प्रतिशत, छुरा प्रहारका घटनामा २१ प्रतिशत र बलात्कारका घटनामा १८ प्रतिशतले बृद्धि भएको छ ।

 

गम्भीर प्रकृतिका अपराधिक घटनाहरु डरलाग्दो गरी आकासिएको भन्दै यो ट्रेण्डलाई प्रहरीले निकै चिन्तापुर्ण भनेको छ । 

 

हिंस्रक अपराधविरुद्ध लड्न बनाइएको मेट्रेपोलिटन प्रहरीको नयां टास्कफोर्सका १ सय ५८ मध्ये १ सय १३ अफिसरहरु नियुक्त भइसकेका बताइएको छ । अपराध नियन्त्रणको प्रयासमा प्रहरीले 'स्टप एण्ड सर्च' (रोक्ने र चेक गर्ने ) लाई पनि बढाएको छ । गत अप्रिल महिनामा मात्रै यसरी १२ हजार भन्दा बढिको चेकजांच गरिएको प्रहरीले जनाएको छ । 

 


थप समाचार

काठमाडौका दुई स्थानमा बिस्फोट, तीनजनाको मृत्यु

  • 1 hour ago
काठमाडौका दुई स्थानमा बिस्फोट, तीनजनाको मृत्यु

काठमाडौँ । काठमाडौंको दुई छुट्टाछुट्टै स्थानमा भएको विस्फोटमा परी तीन जनाको ज्यान गएको छ । सुकेधारामा आज दिउँसो ४ः३० बजेतिर भएको विस्फोटमा दुई जनाको मृत्यु भएको छ ।

सुकेधारामा सिलिन्डर विस्फोट

  • 1 hour ago
सुकेधारामा सिलिन्डर विस्फोट

काठमाडौँ । काठमाडौंको सुकेधारामा आज दिउँसो ४ः३० बजेतिर भएको विस्फोटमा परी एकजनाको मृत्यु भएको छ ।

यी तीन खेलाडी जसले वेष्ट इन्डिजलाई विश्वकप क्रिकेटको उपाधि जिताउन सक्छ

  • 1 hour ago
यी तीन खेलाडी जसले वेष्ट इन्डिजलाई विश्वकप क्रिकेटको उपाधि जिताउन सक्छ

एजेन्सी । विश्वकप क्रिकेट सुरु हुन केही दिनमात्रै बाँकी छ । यसको तयारीस्वरुप सहभागी हरेक राष्ट्रले अभ्यास खेल पनि खेलिरहेका छन् । दुई पटककको विश्वकप विजेता वेष्टलाई यस संस्करणको उपाधि विजेताको रुपमा प



प्रेम र यौन

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

एजेन्सी । कतिपय बलिउड तथा हलिउड कलाकारहरु यौनको विषयमा खुलेर कुरा गर्छन् । सेक्सको विषयमा उदार कलाकारहरु जसले १८ वर्ष पुग्नु भन्दा अगाडि नै यौन सम्पर्क गरेको बारेमा हामीले जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

भिटामिन ‘डी’ को कमी भएको कसरी थाहा पाउने ?

भिटामिन ‘डी’ को कमी भएको कसरी थाहा पाउने ?

भिटामिन डीको कमीले बच्चाहरूको हात–खुट्टा बांगा, लुलो हुने, हाड सानो हुने गर्छ । भिटामिन डीको कमीले शरीर नै कमजोर भएर जान्छ । शरीरमा भिटामिन डीको कमी भएमा शरीरमा हाड मजबुत बनाउने तत्वको निर्माण हुँदैन । जसको कारण हाड कमजोर हुँदै जान्छ ।

विचित्र विश्व

यी हुन् विश्वकै खतरनाक फाइटर विमान चलाने युवतीहरु

यी हुन् विश्वकै खतरनाक फाइटर विमान चलाने युवतीहरु

एजेन्सी । पछिल्लो समय महिलाहरुले पनि विभिन्न पेसामा आफुलाई सफलतापुर्वक स्थापित गर्न सक्षम भएका छन् । पुरुषसँगको तुलनाभन्दा पनि आफ्नो सक्षमताका आधारमा उनीहरु अगाडि बढेको देखिन्छ ।