लण्डनको नयां क्रसरेल सेवा डिसेम्बरमा सुरु नहुने, थप ९ महिना लाग्ने

  • शुक्रबार, १५ भदौ, २०७५
  • 10 months ago
  • युके
Education Park

 

लण्डन । यहि वर्षको डिसेम्बरदेखि सुरु हुने भनिएको लण्डनको नयां क्रस रेल सेवा सञ्चालनमा आउन थप केहि समय लाग्ने भएको छ । 

 

ट्रान्सपोर्ट फर लण्डन (टिएफएल ) ले यसअघि निर्धारित भन्दा ९ महिना ढिलो गरी सेवा सञ्चालनमा आउने जनाएको छ । 

 

पहिलो दिनबाटै यात्रुहरुको लागि सुरक्षित र भरपर्दो रेलवे सेवा सुनिश्चित गर्नको लागि केहि थप समय आवश्यक परेको भनाइ टिएफएलको छ । 

 

यो क्रस रेलको प्रोजेक्टमा अहिलेसम्म झण्डै ६ सय मिलियन पाउण्डको बजेट लगानी भइसकेको छ भने अब यसलाई पूरा गर्न थप रकम लाग्नेछ । 'एलिजावेथ लाइन' नामको यो रुट आउंदो डिसेम्बरमा सञ्चालनमा ल्याउने योजना बनाइएको थियो ।

 

यो रेलसेवा पुर्ण रुपमा सञ्चालनमा आएपछि पश्चिममा रेडिङ र हिथ्रो विमानस्थलदेखि पूर्वमा एबिउड र सेनफिल्डसम्म चल्नेछ । 

 

क्रसरेलका सिईओ साइमन राइटले यो एलिजावेथ लाइनलाई बेलायतकै अहिलेसम्मको सबैभन्दा जटिल र चुनौतिपुर्ण प्रोजेक्ट भन्दै अब अन्तिम अवस्थामा आइपुगेको बताए । 

 

'हामीले यो प्रोजेक्टमा निकै ठूलो प्रगति हासिल गरिसकेका छौं । तर  यो नयां रेल सेवाको परिक्षणका लाथि थप केहि समय आवश्यक छ' , उनले भने । 

 

एलिजावेथ लाइनका रेलहरु सेनफिल्ड र लिभरपुल स्ट्रिट तथा प्याडिङटन र हेइज एण्ड हार्लिङटनको रुटहरुमा यसअघि नै सञ्चालन भइरहेका छन् । 

 

 


थप समाचार

सुन्दर युवतीका क्रुर श्रीमान !

  • 5 hours ago
सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्

रेखाबारेको त्यो तितो सत्य !

  • 5 hours ago
रेखाबारेको त्यो तितो सत्य !

एजेन्सी । बलिउडमा विनोद मेहेराले आफ्नो सहज अभिनयका कारण ७०–८० को दशकमा एक अलग्गै पहिचान बनाउन सफल भएका छन् । मेहेराको जन्मदिनको अवसरमा उनका जीवनका केहि राजहरुको बारेमा गरिएका यहाँ चर्चा गरिएको छ ।

श्रीमान्–श्रीमतीबीच सम्बन्ध बिग्रिरहेको छ ? कतै यस्तो भएर त हैन ?

  • 5 hours ago
श्रीमान्–श्रीमतीबीच सम्बन्ध बिग्रिरहेको छ ? कतै यस्तो भएर त हैन ?

एजेन्सी । यदी श्रीमान श्रीमतीबीचको सम्बन्धमा तनाव छ भने यसमा तपाईहरुबीचको सम्बन्धले मात्र काम गरेको हुदैन ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

एजेन्सी । हामी दैनिक जीवनयापनमा यति व्यस्थ हुँदै गइरहेका छौ कि हामीलाई आफ्नो स्वास्थ्यको बारेमा समेत सोच्ने फुर्सदनै हुँदैन । तर यसले हाम्रो शरीरमा नकारात्मक असर पारिरहेको हुन्छ ।

विचित्र विश्व

सुन्दर युवतीका क्रुर श्रीमान !

सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्छ ।