लण्डन दूतावासमा पनि मनाइयो अन्तर्राष्ट्रिय नारी दिवस

  • बिहीबार, ३० फागुन, २०७५
  • 2 months ago
  • युके

 

लण्डन । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा लण्डनस्थित नेपाली दूतावासले बेलायतमा विभिन्न पेशा र समुदायमा रहेका नेपाली महिलाहरुको सम्मानमा  गत शनिबार ९ मार्चका दिन दूतावासमा एक विशेष समारोह सम्पन्न गरेको छ । 

 

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीकी धर्मपत्नी श्रीमती पुनम सुवेदीको सभापतित्वमा आयोजित सो विशेष समारोहमा नेपाली साङ्गीतिक आकाशकी एक धरोहर, वरिष्ठ गायिका तथा संगीतकार श्रीमती मीरा राणा प्रमुख अतिथि तथा सामाजिक अभियन्ता राधा पौडेल एवं लिभरपुल जोन मोर युनिभर्सिटीकी प्राध्यापक डा सारा पार्कर विशिष्ट अतिथिका रुपमा उपस्थित थिए । 

 

विशेष समारोहमा स्वागत मन्तव्य व्यक्त गर्दै श्रीमती पुनम सुवेदीले नेपालको संविधानले नेपाली महिलाहरुलाई समान हक, अधिकार र सुविधा प्रदान गरेको र संविधानले प्रत्याभूत गरेको हक र अधिकारवाट आज हजारौं नेपाली नारीहरु नेपालको संघ, प्रदेश र स्थानीय तहका राजनैतिक पदहरुमा निर्वाचित भएर देश र जनताको सेवा गरिरहको बताइन् । नेपालको राष्ट्रपतिको सर्वोच्च पद तथा प्रतिनिधिसभाको उपसभामुख र राष्ट्रियसभाको उपाध्यक्ष पदमा महिला आसिन हुनुसमस्त नारीहरुका लागि गौरवको विषय रहेको उनका धारणा थियो  । 

 

 

समस्त बेलातयबासी नेपाली दिदीवहिनीहरुलाई एकतावद्ध भएर नेपाली महिलाहरुको चेतना र विकासका लागि योगदान गर्न श्रीमती सुवेदीले आह्वान गरिन् ।  

 

विशेष समारोहलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबाट व्यक्त शुभकामना सन्देशहरु पढेर सुनाए ।  राजदूत डा. सुवेदीले आमा शिक्षित भए परिवार शिक्षित हुन्छ र परिवार शिक्षित भए समाज शिक्षित हुन्छ भन्दै राष्ट्रको समग्र विकास र महिला उत्थानमा नारी शिक्षा र सामाजिक चेतना सवैभन्दा महत्वपूर्ण हुने विचार व्यक्त गरे ।  उनले स्वदेशमा मात्र हैन, विदेशमा पनि नेपाली नारीहरुले आफ्नो देशको धर्म, संस्कृति, पर्व, परम्परा, रीतिरिवाज, भाषा, साहित्य, कला र संगीतलाई सधैं जोगाउँदै सधैं नेपालीमन र नेपालीपन बोकेर नेपाली भएर बांच्नुपर्ने धारणा राखे । 

 

समारोहका प्रमुख अतिथि वरिष्ठ गायिका श्रीमती मीरा राणाले नारी  र पुरुष एक अर्काका अभिन्न अङ्ग हुन् भन्दै समाज र राष्ट्र निर्माणमा महिला र पुरुष सँगसँगै हातेमालो गरेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याइंन् । दूूतावासले नारी दिवसका अवसरमा बेलायतका विभिन्न स्थानवाट महिलाहरुलाई आमन्त्रण गरी आयोजना गरिएको यो समारोहले सांच्चिकै नेपाली नारीहरुको सम्मान गरेको बताइन् ।  

 

 

समारोहका विशिष्ट अतिथि राधा पौडेलले नेपालका गरीब र विपन्न वर्गका महिलाहरुमाथि महिनावारीका समयमा हुने सामाजिक दुव्र्यवहार र अन्धविश्वासवाट मुक्त हुन सवैले खुलेर बहस गर्नुपर्ने समय आएको बताउंदै महिनावारी समस्या र त्यसको समाधानका सम्बन्धमा आफ्नो कार्यपत्र प्रस्तुत गरिन् । 

 

त्यसैगरी, विगत तीस वर्षदेखि नेपालको अध्ययन र अनुसन्धान गर्दै आएकी प्राध्यापक डा सारा पार्करले नेपालको सिक्लेसमा आफू र आफ्नो सामाजिक संस्थाद्धारा सामाजिक, शैक्षिक र स्वास्थ्यसम्बन्धी चेतानामूलक कार्यक्रमहरुका माध्यमवाट नेपाली महिला तथा वालवालिकाहरुप्रति पुर्याएको योगदानबारे एक कार्यपत्र प्रस्तुत गरिन् ।  

 

समारोहमा  बेलायतको नेपाली  समाजकी एक सशक्त महिला समाजसेवी तथा गैर आवासीय अन्तर्राष्ट्रिय नेपाली संघकी केन्द्रीय सदस्य श्रीमती शान्ति थापा कुँवरलाई विशेष सम्मान गरिएको थियो। करिब दुईसय महिलाहरुको उपस्थिति रहेको नारी दिवस सम्बन्धी समारोहमा लण्डन लगायत बेलायतका विभिन्न शहरहरुवाट समेत नेपाली महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो। समारोहको अन्तमा बेलायतको सयपत्री नेपाली सांस्कृतिक समूहले एक मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो । 

 

 

 


थप समाचार

पत्रकार पन्थीको 'कम्पन' सगरमाथाको शिखरमा लोकार्पण

  • 7 hours ago
पत्रकार पन्थीको 'कम्पन' सगरमाथाको शिखरमा लोकार्पण

काठमाडौं । पत्रकार किशोर पन्थीको पुस्तक 'कम्पन'को दोश्रो संस्करण सगरमाथाबाट लोकार्पण गरिएको छ । सगरमाथा आरोही कामीरिता शेर्पाले २४ औं पटक सगरमाथा आरोहणका क्रममा कम्पनको लोकार्पण गरेका हुन् ।

विविध कार्यक्रमसहित आयोजना हुँदै क्षेत्री समाज यूकेको वार्षिक भेला

  • 10 hours ago
विविध कार्यक्रमसहित आयोजना हुँदै क्षेत्री समाज यूकेको वार्षिक भेला

क्षेत्री समाज बेलायतले आफ्नो वार्षिक भेला कार्यक्रम आउँदो महिना गर्ने भएको छ । समाजका संचार संयोजक नरेन्द्र बस्नेतका अनुसार यसवर्षको भेला लण्डनको फेल्थमस्थित इस्प्रिंगवेष्ट एकेडमी कलेजमा जुन ८ तारिखक

च्यारिटी नामको ठगीविरुद्ध जनचेतना फैलाउन लण्डनमा दौडिंदै पत्रकार कार्की

  • 10 hours ago
च्यारिटी नामको ठगीविरुद्ध जनचेतना फैलाउन लण्डनमा दौडिंदै पत्रकार कार्की

लन्डनको एक प्रतिष्ठित दौड 'द भाइटिालिटी लण्डन १००००' मा नेपाल पत्रकार महासंघ बेलायत शाखाका सचिव तथा बेलायतबाट प्रकाशित अनलाइन मिडिया साउथ एसिया टाइमका सम्पादक जगन कार्की च्यारिटी आतंक विरुद्ध जनचेत



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

सामान्यतय मस्तिष्कमा अचानक रक्तसञ्चार बन्द हुनु र त्यहाँ भएका रक्तकोषिका फुटेर रगत बग्नुलाई मस्तिष्कघात अर्थात ब्रेनस्ट्रोक भनिन्छ । मस्तिष्कघात भएका अधिकांश विरामीलाई पक्षघात पनि हुने भएकाले यो रोगलाई प्यारालाइसिसका नामले पनि पुकारिन्छ ।

विचित्र विश्व

के तपाईलाई राज योगबारे थाहा छ ?

के तपाईलाई राज योगबारे थाहा छ ?

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन्छ ।