लण्डन दूतावासमा साहित्यिक स्रष्टाहरुलाई सम्मान

  • मंगलबार, २९ साउन, २०७५
  • 3 months ago
  • युके

लण्डन । बेलायतको भ्रमणमा आएका साहित्यिक व्यक्तित्वहरुलाई लण्डनस्थित नेपाली दूतावासले सम्मान गरेको छ ।

 

वरिष्ठ कवि तुलसी दिवस, भाषाविद् तथा पूर्व राजदूत नोबेलकिशोर राई, समालोचक तथा निबन्धकार डा गोविन्दराज भट्टराई, लेखक खगेन्द्र संगौला र संस्कृति तथा पर्यटन मन्त्रालयका सहसचिव भरतमणि सुवेदीको सम्मानमा सोमबार सांझ दूतावासमै उक्त सम्मान कार्यक्रम आयोजना गरिएको थियो । 

 

कार्यक्रममा स्वागत मन्तव्य राख्दै बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले बेलायतलाई लेखकहरुको कदर हुने ठाउंका रुपमा चित्रण गरे । कैयौं विश्वप्रसिद्ध साहित्यकारहरुको जन्म तथा कर्मभुमि रहेको बेलायतमा आएर सिर्जना गर्न पाउनु नेपाली स्रष्टाहरुको लागि पनि अवसर रहेको राजदूत डा सुवेदीको भनाइ थियो । 

 

कवि तुलसी दिवसले नेपाल बाहिर बसेका स्रष्टाहरुबाट पनि नेपाली साहित्यमा ठूलो योगदान भएको भन्दै अब नेपाली साहित्यको इतिहास पुनर्लेखन गर्नुपर्ने बेला आएको बताए । नेपालबाट विदेशमा जाने स्ष्टाहरुले नेपाल बोकेर जाने उल्लेख गर्दै कवि दिवसले प्रवासमै रहेर पनि कलम चलाउनेहरुको बढि सम्मान हुनुपर्ने धारणा व्यक्त गरे । अन्य पेशाहरुमा जस्तो साहित्य क्षेत्रमा कर्म गर्ने कुनै पनि स्रष्टा भूतपूर्व नहुने उनले बताए । 

 

कार्यक्रममा नृपेश उप्रेतीले गजल तथा नरेश कामवाङ राईले कविता सुनाए । गायक बिसी राई, यायिका मिना लामा र सितु खरेलले गीत सुनाएका थिए भने नायिका छुल्ठिम गुरुंगले नृत्य देखाइन् । सयपत्री सांस्कृतिक समुहका डम्बरसिं प्रयासले सारंगी बादन प्रस्तुत गरे । 

 

त्यसअवसरमा बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधी, साहित्यकर्मी तथा पत्रकारहरुको सहभागिता थियो । कार्यक्रमको सञ्चालन  लण्डन दूतावासका द्धितीय सेक्रेटरी भुपेन्द्र घिमिरेले गरेका थिए । 

 

तस्बिर : शिव भण्डारी 


थप समाचार

बेलायतमा मधेशी नेपालीले मनाए छठ

  • 12 hours ago
बेलायतमा मधेशी नेपालीले मनाए छठ

एशोसिएसन अफ नेप्लिज मधेशी इन यूके र युरोपियन मधेशी सोसाइटीले संयुक्त रुपमा लण्डनमा छठ मनाएका हुन् । शनिबार लण्डनको फेल्थाम कलेजमा आयोजित समारोहमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको समेत उपस

बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका जिवनको गित !

  • 13 hours ago
बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका  जिवनको गित !

हाम्रो मनको पिडा ब्यथा,कस्ले बुझी देला” “जन्मेउ जहाँ त्यहाँ छैन बास फर्की जाने केही छैन आश “ भुटानमा जन्मीएर पनि नेपाली भाषा कला संकृती र साहित्यलाई अंगालेर नेपालमा शरणाार्थी जिवन बिताइरहेका भुटा

फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

  • 13 hours ago
फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

तत्कालीन नेकपा माओवादी केन्द्र का पोलिटब्यूरो सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको प्रथम वार्षिक स्मृतिका अवसरमा आज उहाँको निवास खुमलटारम



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

दुबईबारे अजबगजबका कुराहरु

दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर