IIMS College

ISMT

HUB Education

लण्डनमा आगलागीमा परी नेपाली महिलाको मृत्यु

  • बुधबार, १५ जेष्ठ, २०७६
  • 6 months ago
  • युके
आगलागीमा परेको घर । ( तस्विर स्रोत : द सन )
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

 

 

लण्डन । साउथ ईस्ट लण्डनको अर्पिङटनमा आफ्नै घरमा आगलागी हुँदा एक नेपाली महिलाको मृत्यु भएको छ ।

 

सोमबार राती भएको आगलागीमा परी ४५ वर्षीया रञ्जना गुरुङको मृत्यु भएको बेलायती अखबार 'द सन' ले जनाएको छ ।

 

आगलागीबाट मृतकका श्रीमान हिम गुरुङ तथा १७ वर्षका छोरा एलन र १० वर्षकी छोरी एञ्जल घाइते भएका छन् । उनीहरुमध्ये श्रीमानको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

 

प्रहरीले आगलागीको कारण स्पष्ट भइनसकेको र अनुसन्धान भइरहेको बताएको छ ।

 

सोमबार राती अन्दाजी ११ बजेको समयमा आगलागी भएको थियो । मृतक रञ्जनाका श्रीमान हिमले 'हेल्प,  हेल्प' भन्दै चिच्याएको सुनेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । त्यसको केहि मिनेटभित्रै अग्नी नियन्त्रकहरुसहित आएको प्रहरीको टोलीले १ घण्टा १५ मिनेटभित्र आगो नियन्त्रणमा लिंदा रञ्जनाको मृत्यु भइसकेको थियो ।

 

आगलागीबाट घरको भुईतला, पहिलो तला र सिंढी जलेर नष्ट भएका छन् ।

 

मृतक रञ्जनाले स्थानीय एक अस्पतालमा क्लिनरको रुपमा काम गर्ने गर्थिन् । उनी विगत १८ वर्षदेखि श्रीमानसंगै बेलायतमा बस्दै आएकी थिइन् । उनीहरु उक्त घरमा ९ वर्षदेखि बस्दै आएका थिए ।


थप समाचार

भुटानी राजा र रानीको प्रेमकथा !

  • 15 minutes ago
भुटानी राजा र रानीको प्रेमकथा !

भुटानी राजा र रानीको प्रेम कथाबारे कमैलाई थाहा छ । भुटानी राजा जिम्मे खेसर नामग्येल वाङचुकले सन् २००८ मा राजगद्धी सम्हालेका थिए । ‘ग्रोस नेशनल ह्याप्पीनेश’ को सुरुवात गरेको भुटानमा १९९९ सम्म विदेशी टे

अनुहारमा चमक ल्याउन यस्ता चिया पिउने

  • 21 minutes ago
अनुहारमा चमक ल्याउन यस्ता चिया पिउने

जिराको चियाः यसका एन्टिअक्सिडेन्ट तथा ब्याक्टेरियल हुन्छ । यसले छालामा आउने डन्डीफोर ठीक पार्छ । बढ्दो उमेरमा अनुहारमा समस्या आउँदैछ ।

शेफिल्ड युनाइटेडलाई न्युक्यासलले हरायो

  • 24 minutes ago
शेफिल्ड युनाइटेडलाई न्युक्यासलले हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत न्युक्यासल युनाइटेडले जित निकालेको छ । शुक्रबार विहान सम्पन्न खेलमा न्युक्यासलले शेफिल्ड युनाइटेडलाई २ - ० गोलले पराजित गरेको हो ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

अनुहारमा चमक ल्याउन यस्ता चिया पिउने

अनुहारमा चमक ल्याउन यस्ता चिया पिउने

जिराको चियाः यसका एन्टिअक्सिडेन्ट तथा ब्याक्टेरियल हुन्छ । यसले छालामा आउने डन्डीफोर ठीक पार्छ । बढ्दो उमेरमा अनुहारमा समस्या आउँदैछ ।

विचित्र विश्व

भुटानी राजा र रानीको प्रेमकथा !

भुटानी राजा र रानीको प्रेमकथा !

भुटानी राजा र रानीको प्रेम कथाबारे कमैलाई थाहा छ । भुटानी राजा जिम्मे खेसर नामग्येल वाङचुकले सन् २००८ मा राजगद्धी सम्हालेका थिए । ‘ग्रोस नेशनल ह्याप्पीनेश’ को सुरुवात गरेको भुटानमा १९९९ सम्म विदेशी टेलिभिजन प्रतिबन्ध थियो ।