लण्डनमा फरक स्वादको 'गजल साँझ'

  • सोमबार, २५ भदौ, २०७५
  • 1 week ago
  • युके
कार्यक्रममा प्रस्तुति गर्दै गजलकार रवि प्राञ्जल ( बाँया ) र गायक राज सिग्देल

 

लण्डन । वर्षैभर च्यारिटी र समर बीबीक्यू जस्ता एकै खाले कार्यक्रमहरुबाट वाक्क दिक्क बेलायतका नेपालीहरुको लागि आइतबार एउटा फरक स्वादको अवसर मिल्यो । 

लण्डनको साउथ ह्यारोस्थित ह्यारो बरो फुटबल क्लबमा आयोजित 'लण्डन गजल साँझ २०१८' का सहभागीले कार्यक्रमलाई फरक र मिठो अनुभुति गरे । 

 

मोती जयन्तीको अवसरमा एनआरएन यूकेको भाषा साहित्य विभागले आयोजना गरेको उक्त कार्यक्रमको मुख्य आकर्षण थिए अहिलेका चर्चित नेपाली गजल गायक राज सिग्देल । उनले दुई चरणमा गरी झण्डै एक दर्जन गजलहरु गाएर उपस्थित श्रोताहरुलाई सांच्चीकै मन्त्रमुग्ध बनाए । आफ्ना बहुचर्चित गजलहरु 'उ जितेर गई', 'च्वांस्स घोच्ने तिम्रो माया' देखि नारायणगोपालको 'यति चोखो यति मिठो',  तारादेवीको  'सोंचे जस्तो हुन्न जीवन' सम्मका सुमधुर गीतहरु सिग्देलले सुनाएका थिए । 

 

त्यस अवसरमा बेलायतमै बस्दै आएकी गायिका शर्मिला बर्देवा र गायक प्रमोदराज न्यौपानेले पनि केहि गजलहरु प्रस्तुत गरेर कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाए । 

 

गायिका शर्मिला बर्देवा , गायकद्वय राज सिग्देल र प्रमोद राज न्यौपाने वाद्यवाधकहरुसहित

 

कार्यक्रमका लागि नेपालबाट आएका प्रसिद्ध गजलकार रवि प्राञ्जलको प्रस्तुति कार्यक्रमको अर्को आकर्षक पक्ष थियो । प्राञ्जलले आफ्ना १ दर्जन भन्दा बढि गजलहरु सुनाइरहेको समय उपस्थित श्रोताहरुले लगातार 'वाह, वाह' भन्दै ताली पिटिरहंदा माहोल सांच्चीकै गजलमय बनेको अनुभुति भएको थियो । 

 

कार्यक्रममा बेलायतबासी सर्जकहरु सञ्जिता देउजा, शशी थापा सुब्बा, नृपेश उप्रेती, सुमलकुमार गुरुङ , डा रुपक श्रेष्ठ, दुर्गाप्रसाद पोखरेल र रेखा खरेलले प्रस्तुत गरेका गजलहरु पनि श्रोताहरुले उत्तिकै मन पराएका थिए । 

 

 

त्यसअघि कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले आफ्नो मन्तव्य राख्दै नेपाली साहित्यमा गजल लेखनको सुरुआतदेखि वर्तमानसम्म आइपुग्दाका उतार,चढाव र श्रृंखलाबद्ध विकासक्रमहरुको फेहरिस्त सुनाए ।  नेपाली गजलका सुरुआतदेखि विकास र नेतृत्वसम्म गर्ने मोतिराम भट्टको समृतिमा लण्डनमा गजल सांझ आयोजना हुनु आफैमा ऐतिहासिक रहेको धारणा राजदूत डा सुवेदीले राखे ।  

 

कार्यक्रमका सभापति तथा संयोजक कृष्ण भट्टले कार्यक्रमको औचित्य र महत्वबारे बोले । कार्यक्रमको सुरुमा कार्यक्रमका प्रमुख अतिथि राजदूत डा सुवेदी, विशेष अतिथिद्धय एनआरएन आइसिसी उपाध्यक्ष कुल आचार्य र एनआरएन यूके अध्यक्ष योगकुमार फगामी, कार्यक्रमका सभापति तथा संयोजक कृष्ण भट्ट लगायतले मोतिराम भट्टको तस्विरमा माल्यापर्ण गरी श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

 

कार्यक्रमको सञ्चालन एनआरएन यूके भाषा साहित्य विभाग संयोजक नारायण गाउंलेले गरेका थिए । यो कार्यक्रमको संयोजन कृष्ण भट्ट, नारायण गाउंले, नृपेश उप्रेती, कृष्ण तिवारी र लक्ष्मी राई (लारा) सहित ५ जनाको समुहले गरेको हो । 

 

कार्यक्रममा गजलपानका लागि लण्डनसहित आसपास र मिडल्याण्डका कतिपय ठाउंहरुबाट समेत सहभागीहरु भेला भएका थिए । यसअघि कार्यक्रममा आउने भनिएका गजलकार करुण थापा भिसासम्बन्धी समस्याका कारण उपस्थित हुन नसकेको भन्दै आयोजकले क्षमायाचना गरेका थिए । 

 

भाषण र आसन जस्ता अनावश्यक औपचारिकताहरु निकै थोरै राखेर नौलो स्वादमा कार्यक्रम सञ्चालन गर्न आयोजक समुहले गरेको प्रयास कार्यक्रमका सहभागीहरुले मन पराएका थिए । 

 

आयोजक समुह

 

 


थप समाचार

यसकारण ऐश्वर्याले विवेक ओबरायलाई छोडेकी थिइन्

  • 28 minutes ago
यसकारण ऐश्वर्याले विवेक ओबरायलाई छोडेकी थिइन्

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चन अहिले बच्चन परिवारकी बुहारी भइसकेकी छिन् । तर तपाईलाई थाहा नै छ होला उनी त्यो भन्दा पहिले एश ओबराय परिवारकी बुहारी बन्नेबाली थिइन् ।

तान्जिनिया डुङ्गा दुर्घटनामा मृत्य हुनेको संख्या २०७

  • 31 minutes ago
तान्जिनिया डुङ्गा दुर्घटनामा मृत्य हुनेको संख्या २०७

नैरोबी, केन्या । तान्जानियाको लेक भिक्टोरियामा शुक्रबार भएको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २०७ पुगेको तान्जानियाको सरकारी रेडियोले जनाएको छ ।

ढुवानी सुचारु हुँदा पनि पेट्रोल पम्पमा लाइन किन ?

  • 39 minutes ago
ढुवानी सुचारु हुँदा पनि पेट्रोल पम्पमा लाइन किन ?

काठमाडौं । मुलुकी अपराध संहिताका केही प्रावधान आफ्नो पक्षमा नभएको भन्दै चालक आन्दोलनमा उत्रिएपछि बिहीबार पेट्रोलियम पदार्थ ढुवानी रोकियो।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

हाम्रो समाजमा अझै पनि शुद्ध ब्राह्मण प्याज, लसुन र च्याउ खाँदैनन् । यी कुनै कुराहरु मिसाइएको हुन्छ भनेर कतिपय ब्राह्म्णहरु घरबाहिर पनि खाना खाँदैनन् । तर, धेरैलाई थाहा नहुन सक्छ किन उनीहरु लसुन, प्याज तथा च्याउ खाँदैनन् भनेर ।

विचित्र विश्व

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

काठमाडौं । काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले ।