'लण्डन गजल सांझ' को तयारी पूरा, गायक राज सिग्देलको विशेष प्रस्तुति हुने

  • शुक्रबार, १५ भदौ, २०७५
  • 7 months ago
  • युके

 

लण्डन । मोतीजयन्तीको अवसर पारेर बेलायतको राजधानी लण्डनमा आयोजना गर्न लागिएको ’गजल सांझ’ को तयारी पूरा भएको आयोजक समितिले जनाएको छ । 

 

एनआरएनए युकेको भाषा साहित्य विभागको आयोजनामा युवाकवि एवं प्रसिद्ध गजलकार मोतीराम भट्टको संस्मरण गर्दै पहिलोपल्ट भव्य रूपमा गजल सांझको आयोजना गर्न लागिएको कार्यक्रम संयोजक कृष्ण भट्टले बताए । 

 

सेप्टेम्बर ९ आइतबारका दिन लण्डनको साउथ ह्यारोस्थित ’ह्यारो बरो फुटबल क्लब’ मा आयोजना हुने कार्यक्रममा गजलवाचनका निम्ति नेपालबाट प्रसिद्ध गजलकार रवि प्राञ्जल र करुण थापा बेलायत आउन लागेको आयोजक समिति सदस्य लक्ष्मी राई ’लारा’ ले जानकारी गराइन् । प्राञ्जल र थापाले कार्यक्रममा १० १० वटा गजल वाचन गर्नेछन् । “नखुलेको आकाश खुलेर आयो“ भन्ने रवि प्राञ्जलको प्रसिद्ध गजल पनि उक्त कार्यक्रममा वाचन हुनेछ ।

 

कार्यक्रमको विशेष आकर्षणका रूपमा गायक राज सिग्देललाई प्रस्तुत गर्न लागिएको संयोजक नारायण गाउंलेले बताए । सिग्देलले ’ऊ जितेर गई या हारेर गई..’ लगायतका आफ्ना लोकप्रिय गजल गाउने छन् । 

 

कार्यक्रमको विशेष आकर्षणका रूपमा गायक राज सिग्देललाई प्रस्तुत गरिदैछ  । 

 

कार्यक्रममा डा. रूपक श्रेष्ठ, नारायण गाउंले, नृपेश उप्रेती लगायतका केही स्थानीय गजलकारले पनि गजल वाचन गर्नेछन् । प्रसिद्ध गायिका शर्मिला बर्देवा र गायक प्रमोदराज न्यौपानेले गजल गायन समेत प्रस्तुत गर्नेछन् । 

 

दिउंसो ४ बजेबाट सुरु हुने उक्त गजल सांझको प्रमुख आतिथ्य बेलायतका निम्ति नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी (दुबसु क्षेत्री) को रहनेछ भने समाजका प्रतिष्ठित व्यक्तिहरूको श्रोताका रूपमा उपस्थिति रहने विश्वास गरिएको छ । 

 

कार्यक्रमका लागि शिक्षाकर्मी एवं समाजसेवी कृष्ण भट्टको संयोजकत्वमा नारायण गाउंले, नृपेश उप्रेती,  लक्ष्मी ’लारा’ राई र कृष्ण तिवारी सम्मिलित एउटा आयोजक समिति गठन गरिएको थियो ।

 


थप समाचार

‘बाहुबली’को रेकर्ड तोड्ने सोचका साथ राजमौलीले बनाउँदैछन् यो फिल्म

  • 2 minutes ago
‘बाहुबली’को रेकर्ड तोड्ने सोचका साथ राजमौलीले बनाउँदैछन् यो फिल्म

एजेन्सी । दक्षिण भारतीय फिल्मका चर्चीत निर्देशक हुन् एसएस राजमौली ।

डर्बी भिडन्तमा युनाइटेडका साञ्चेजले एक पटकमात्रै बल छोए र कमाए ७५ हजार पाउण्ड

  • 8 minutes ago
डर्बी भिडन्तमा युनाइटेडका साञ्चेजले एक पटकमात्रै बल छोए र कमाए ७५ हजार पाउण्ड

एजेन्सी । बुधबार राति सम्पन्न म्यान्चेस्टर डर्बी भिडन्तमा म्यान्चेस्टर युनाइटेडका फरवार्ड एलेक्सिस साञ्चेजले मात्र १ पटक बल छोए । खेलको ७८ औं मिनेटमा मैदान प्रवेश गरेका उनले मैदानको मध्यभागतिर एक पटकम

भूकम्पका चार वर्षः अधुरै पुनर्निर्माण

  • 18 minutes ago
भूकम्पका चार वर्षः अधुरै पुनर्निर्माण

काठमाडौँ । २०७२ वैशाख आजकै दिन महाभूकम्पको विपत्ति सामाना गर्नुपर्यो । कति मान्छे ढले, कत्तिका परिवारै ढले, घर, मन्दिर गमागम लडे । चार वर्षअघि आजैका दिन ३२ जिल्लामा भूकम्पले मानविय र भौतिक क्षती बनाएर



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

वि.सं.२०७६ साल वैशाख १२ गते । बिहीबार । ईश्वी सन् २०१९ अप्रिल २५ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि षष्ठी ,२३ घडी २३ पला, दिउसो ०२ बजेर ५४ मिनेट उप्रान्त सप्तमी । नक्षत्र पूर्वाषाढा, ४२ घडी ४४ पला, बेलुकी १० बजेर ३८ मिनेट उप्रान्त उत्तरषाडा । योग सिद्ध, ५३ घडी २१ पला, रातको ०२ बजेर ५३ मिनेट उप्रान्त साध्य ।