दिनहुं लाखौं यात्रुको ओहोरदोहोर हुने लण्डनको हिथ्रो विमानस्थल

  • बुधबार, ३० साउन, २०७५
  • 3 months ago
  • युके

लण्डन । संसारकै सबैभन्दा ठूला केहि विमानस्थलहरुमध्येको एक हो लण्डनको हिथ्रो विमानस्थल । जहांबाट दिनहुं लाखौं यात्रुको ओहोरदोहोर हुने गर्छ । 

 

सन् २०१७ को तथ्यांकलाई आधार मान्ने हो भने व्यस्तताका हिसाबले हिथ्रो विमानस्थल विश्वकै सातौं नम्बरमा पर्ने विमानस्थल हो । 

 

सन् २०१७ मा लण्डन हिथ्रो विमास्थलबाट ओहोरदोहोर गर्ने यात्रुहरुको कुल संख्या ७८  मिलियन (७ करोड ८० लाख ) थियो । यसअनुसार दैनिक रुपमा औसत २ लाख १ हजार ६ सय ६८ यात्रु हिथ्रो विमानस्थल प्रयोग गरेर जाने आउने गरे । यो संख्याको ५१ प्रतिशत बेलायत भित्रिने तथा ४९ प्रतिशत बेलायतबाट बाहिरिने यात्रुहरु थिए । 

 

सन् २०१७ मा हिथ्रो विमानस्थल प्रयोग गर्ने ७८ मिलियनको संख्या वार्षिक रुपमा अहिलेसम्मको सबैभन्दा बढि हो । गत वर्षभित्र पनि सबैभन्दा बढि व्यस्त जुन महिनाको ३० तारिखका दिन भएको थियो । जुन दिन एकै दिनमा २ लाख ५९ हजार ९ सय १७ जना हिथ्रो विमानस्थलकै बाटो आउजाउ गरे । 

 

सन्  २०१७ मा हिथ्रो विमानस्थल प्रयोग गर्ने यात्रुहरुमध्ये ९४ प्रतिशत विदेशी यात्रु थिए । उनीहरुको संख्या ७ दशमलव २ मिलियन हुन्छ । बांकी ६ प्रतिशत अर्थात ४ दशमलव ८ मिलियन यात्रु (४८ लाख ) बेलायती थिए । 

 

यसरी हिथ्रोबाट एक वर्ष भरमा यात्रा गर्ने यात्रुहरुमा ३३ प्रतिशत अर्थात २५ दशमलव ९ मिलियन (२ करोड ५९ लाख)  बिजनेस ट्राभलर थिए भने बांकी ६७ प्रतिशत अर्थात ५२ दशमलव १ मिलियन (५ करोड २१ लाख ) लिजर ट्राभलर थिए । 

 

हिथ्रो विमानस्थलमा ट्रान्जिट परेर आउने यात्रुहरु भने कुल संख्याको ३० प्रतिशत अर्थात २३ दशमलव ७ मिलियन  ( २ करोड ३७  लाख ) थिए । 

 

 

 


थप समाचार

कलङ्की–नागढुङ्गा सडकखण्ड आसपासका क्षेत्रमा विद्युत कटौती

  • 8 minutes ago
कलङ्की–नागढुङ्गा सडकखण्ड आसपासका क्षेत्रमा विद्युत कटौती

काठमाडौँ । सडक विस्तार कार्यलाई सहयोग पुर्‍याउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिरकणले आज कलङ्की–नागढुङ्गा सडकखण्ड आसपासका क्षेत्रमा विद्युत कटौती गरेको छ ।

एउटा विवाहमा मात्र सिमित भएमा जन्मकैदको सजाय

  • 11 minutes ago
एउटा विवाहमा मात्र सिमित भएमा जन्मकैदको सजाय

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् ।

सन्ताेष साहुखलकाे स्वीकाराेक्ती : परिवारको भविष्यका लागि विदेशिएँ

  • 14 minutes ago
सन्ताेष साहुखलकाे स्वीकाराेक्ती : परिवारको भविष्यका लागि विदेशिएँ

काठमाडौँ । ‘खेलेरै बाँच्न नेपालमा कठिन छ, पछिल्लो समय लिग फुटबल पनि हुन छोड्यो, परिवारको भविष्यका लागि पनि देश छोड्नुपर्‍यो’, आइतबार हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेलमैदानमा भेटिएका नेपाली राष्ट्रिय



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।