लण्डन कविता कन्सर्टमा संकलित कोषबाट सिन्धुपाल्चोकमा बन्ने पुस्तकालय भवन शिलन्यास

  • बिहीबार, २८ चैत, २०७५
  • 2 months ago
  • युके
Education Park

 

लण्डन । गत महिना लण्डनमा आयोजित कविता कन्सर्टमा संकलित रकमबाट सिन्धुपाल्चोकको एक विद्यालयमा स्थापना गर्न लागिएको पुस्तकालय भवन निर्माणको काम सुरु भएको छ । 

 

त्रिपुरासुन्दरी गाउंपालिका ६ टेकानपुरको कालिका माविमा निर्माण हुने अत्याधुनिक विद्युतीय पुस्तकालयको २ कोठे भवन शिलन्यास गरिएको छ । 

 

जान्वी फाउण्डेसनकी अध्यक्ष समेत रहेकी नायिका जान्वी बोहोराले पुस्तकालय भवनको शिलन्यास गरेकी हुन् । 

 

क्षेत्री समाज यूकेको आयोजनामा लोकप्रिय युवाकवि नवराज पराजुलीको सहभागितामा गत मार्च १७ मा लण्डनमा सम्पन्न कविता कन्सर्ट २ बाट संकलित रकमबाट यो पुस्ताकालय बन्न लागेको हो । नायिका जान्वीको नेतृत्वमा रहेको फाउण्डेसनको सहकार्यमा पुस्तकालय बन्नेछ । 

 

 

भवन शिलन्यास समारोहमा फाउण्डेसनकी अध्यक्ष एवम् नायिका बोहोराले विगतमा आफुले पढेको विद्यालयमा अध्ययनरत विद्यार्थीरुको लागि आधुनिक पुस्तकालय निर्माण गर्ने आफ्नो लामो समयदेखि सपनाले मूर्त रुप लिएकोमा खुशी व्यक्त गरिन् । 

 

पुस्तकालय निर्माणको लागि महत्वपुर्ण सहयोग गर्ने लण्डन कविता कन्सर्टका संयोजक रामशरण सिम्खडा, क्षेत्री समाज यूके र समाजका सचिव कुमार केसीप्रति बोहोराले आभार प्रकट गरिन् । 

 

लण्डन कविता कन्सर्ट २ को संयोजन गरेका एनआरएन अभियन्ता रामशरण सिम्खडाले पुस्तकालय निर्माणको काम केहि महिनाभित्रमै पूरा गर्ने गरी सुरु भएको जानकारी दिए । कन्सर्टबाट संकलित १७ लाख रुपियामध्ये पहिलो किस्ता नेपाल पठाइसकिएको र बांकी रकम काम अघि बढेपछि पठाइने सिम्खडाले जनाए । 

 


थप समाचार

चुनावी प्रक्रियामा होमियो क्याट यूके, निर्वाचन जुलाई ७ मा

  • 6 hours ago
चुनावी प्रक्रियामा होमियो क्याट यूके, निर्वाचन जुलाई ७ मा

चितवन एड ट्रस्ट (क्याट) यूके चुनावी प्रक्रियामा होमिएको छ । आउँदो जुलाई ७ मा साउथ ईष्ट लण्डनस्थित मेरिडियन क्लब, चार्ल्टनमा हुने संस्थाको आठौं अधिवेसनबाट नयाँ नेतृत्व चुन्नको लागि चुनावी कार्यक्रमहरु

अम्बानीको घरको रहस्य

  • 8 hours ago
अम्बानीको घरको रहस्य

एजेन्सी । धीरुभाई अम्बानीका जेठो छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक जैक मा भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् । भनिन्छ अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेम

बुधबार गर्नुस् यस्ता काम, सधैँ तपाईलाई हुनेछ फलिफाप

  • 8 hours ago
बुधबार गर्नुस् यस्ता काम, सधैँ तपाईलाई हुनेछ फलिफाप

एजेन्सी । यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस मेथीपानीका यी ५ फाइदा

थाहा पाउनुहोस मेथीपानीका यी ५ फाइदा

एजेन्सी । मेथीको साग र मेथीदानाको उपयोग धेरै तरिकाले गर्न सकिन्छ र यो स्वास्थको लागि पनि धेरै फाइदाजनक हुन्छ ।

विचित्र विश्व

अम्बानीको घरको रहस्य

अम्बानीको घरको रहस्य

एजेन्सी । धीरुभाई अम्बानीका जेठो छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक जैक मा भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् । भनिन्छ अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेमा धेरै कुरा सुन्नु नै भएको होला ।