लण्डनको सटन बरोमा नेपाली नयाँ वर्षलाई साँस्कृतिक पर्वको मान्यता

  • मंगलबार, ३ बैशाख, २०७६
  • 3 days ago
  • युके

 

लण्डन । बहुसांस्कृतिक र भाषिक विविधताको हिसाबले लण्डनको धनी शहर  सटन  दक्षिण र पूर्वी एशियाका  हिन्दु तथा बौध्द धर्मावलम्वीहरूको  नयाँ वर्षलाई औपचारिक रुपमा  साँस्कृतिक पर्वको मान्यता दिने  लण्डन  महानगरपालिकाको पहिलो बरो (वडा)  भएको छ । 

 

काउन्सिलर परम नन्दाको विशेष प्रस्तावमा सटन बरोको पूर्ण बैठकले विभिन्न साँस्कृतिक तथा धर्मावलम्वीहरूको मूख्य चाड पर्वहरूलाई प्रबर्द्धन गर्ने निर्णय गत जानवरीमा  पारित गरेको थियो ।   

 

सटनमा  बसोबास गर्ने नेपाली,   तमिल तथा भारतीय मुलका समुदायले सो निर्णय स्वागत गर्दै   १४ अप्रिलको दिन स्थानीय स्टान्ली पार्क हाई स्कूलको अडिटोरियम हलमा विविध साँस्कृतिक कार्यक्रम  आयोजना गरि नयाँ वर्ष  मनाए । 

 

 

काउन्सिलको यो निर्णयसंगै  हरेक वर्ष   सटनको विद्यालयहरुले  हिन्दु र बौद्ध धर्मावलम्वीहरूको नयाँ वर्षबारे पाठ्यक्रममा समावेश गर्नुपर्नेछ । उक्त कार्यक्रममा नेपाली, भारतिय तथा श्रीलङ्काली समुदायहरुले  आआफ्नो भाषा र सँस्कृति झल्किने नृत्यहरु, गीत तथा संगितहरू प्रस्तुत गरेका थिए ।

 

नेपाली समुदायको  प्रतिनिधित्व गर्दै  विगत २ वर्षदेखि  नेपाली भाषा र संस्कृतिको संरक्षण र बेलायतमा जन्मी हुर्किरहेका पहिलो पुस्ताका नेपाली बालबालिकाहरुको लागि 'अर्ली इयर्स एजुकेसन सोसाइटी' (आईज) यूकेद्वारा संचालित  प्रारम्भ पाठशालामा अध्ययनरत विद्यार्थीहरुले  नेपाली नृत्यहरु प्रस्तुत गरेका थिए । 

 

 

लण्डनमा बसोबास र कार्यथलो बनाएका नेपाली समुदाय तथा आफ्ना नातिनातिनीहरु भेट्न आएका  वृद्धवृद्धाहरुको उल्लेख्य उपस्थिति रहेको सो  कार्यक्रममा जब  “डाँफे झै नाँच्ने , हिमाल झै हाँस्ने  नेपालकी छोरी हुँ म” भन्ने बोलमा हातमा नेपालको झण्डा लिदै गुन्यु चोलो  र पाउजु लगाएर  प्रिसा, शयलि, निसिथा र इभा मन्चमा नांचे, दर्शकदिर्घामा रहेका नेपालीमात्र हैन,  कार्यक्रमको अतिथिको रुपमा उपस्थित  सटनका मेयर स्टिभ कुक, बेलायती सांसदहरु  टोम ब्रेईक  र पौम स्कलीले समेत बडो अभिरुचि साथ नृत्यबाट मनोरञ्जन लिईरहेका थिए । 

 

अमिस, प्रत्युष, सिड र श्रीसले “यो गाँऊको टिठो म, कान्छा मेरो नाम, आउदै जादै गर्नु है सबलाई रामराम” बोलको गीतमा  आफ्नो नृत्यकला पस्केका थिए। गुरुङ्ग पोशाकमा सजिएकी सिल्भिया र दैंरा सुरुवाल लगाएर उद्घोषकको भूमिका निर्वाह गरेका प्रतिकले  प्रारम्भ पाठशालामा नेपाली भाषा सिक्दाको आफ्नो अनुभव र नेपाली सँस्कृतिको बारे सगौरव जानकारी दिएका थिए । पानसमा बत्ति  बालेर शुरु भएको कार्यक्रममा भारतिय समुदायका बालबालिकाहरुले संस्कृतिमा मन्त्रवाचन, तमिल बालबालिकाहरुको समूहले शास्त्रिय संगित र नृत्यहरु प्रस्तुत गरेका थिए।

 

 

कार्यक्रमको केन्द्रविन्दु भने विनोद चिपालुको लाखे नाँच बन्न पुग्यो । जब लाखे नाँचको बाजा बज्यो र लाखे वल (लाखे आयो) भन्दै गर्दा राक्षसको मुकुण्डो लगाएर बिनोद स्टेजमा नाच्दै पुगे, दर्शकहरु आफ्नो मोबाईलमा लाखे नृत्यलाई कैद गर्न व्यस्त देखिन्थे । 

 

यो कार्यक्रममा पाएको सकारात्मक प्रतिक्रियाले उत्साहित प्रारम्भ पाठशालाले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न र नेपालीको साँस्कृतिक विविधताको  पहिचान दिन आगामी दिनहरुमा नेपालका पर्यटकीय स्थानहरु, साहसिक खेलहरुबारे जानकारीमुलक तथा नेपालको साँस्कृतिक विविधता झल्काउने  साँस्कृतिक कार्यक्रम गरेर  स्थानीय समुदायलाई नेपालको भ्रमणको निम्तो दिन  विविध कार्यक्रम आयोजना गर्ने  योजना बनाएको पाठशालाका प्रमुख शिक्षक तथा आईज यूकेका अध्यक्ष पुर्णकुमार श्रेष्ठले दिए । 

 

 

 


थप समाचार

२२ वर्षीया आकांक्षा गुरुङ बेलायतको स्थानीय निर्वाचनमा उम्मेदवार

  • 3 hours ago
२२ वर्षीया आकांक्षा गुरुङ बेलायतको स्थानीय निर्वाचनमा उम्मेदवार

गिल्डफोर्ड काउन्सिलको पारब्राइट वडाको काउन्सिलरको लागि २२ वर्षीया आकांक्षा गुरुङ लेबर पार्टीको तर्फबाट उम्मेदवार बनेकी हुन् ।

हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजीमा सरकार

  • 5 hours ago
हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजीमा सरकार

काठमाडौँ । मुलुकको चुलिँदो व्यापार घाटा कम गर्ने लक्ष्यका साथ सरकारले नेपालको हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजी गर्ने भएको छ ।

हतियार बुझाउन दिइएकाे समयसीमाभित्र २ सय ५९ थान हतियार संकलन

  • 5 hours ago
हतियार बुझाउन दिइएकाे समयसीमाभित्र २ सय ५९ थान हतियार संकलन

काठमाडौँ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले सरकारले अवैध हतियार बुझाउन दिएको समयसीमाभित्र प्रहरीमा २५९ हतियार सङ्कलन भएको छ । सङ्कलित हतियारमा अवैध भन्दा वैध हतियार बढी



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

माल्दिभ्स घुम्न किन जान्छन् पर्यटकहरु ?

माल्दिभ्स घुम्न किन जान्छन् पर्यटकहरु ?

एजेन्सी । माल्दिभ्स अन्तराष्ट्रिय पर्यटकहरुको एउटा प्रमुख गन्तव्य हो । वार्षिक लाखौँ पर्यटकहरु यो देशको भ्रमण गर्न आउँछन् ।