लण्डनको संसद भवनबाहिर पैदल यात्रुमाथि कार कुदाउने 'आतंकवादी'

  • बुधबार, ३० साउन, २०७५
  • 3 months ago
  • युके

लण्डन । मंगलबार बिहानै लण्डनस्थित बेलायती संसद भवनबाहिर भएको घटनालाई बेलायती प्रहरीले आतंकवादी घटना भनेको छ । 

 

बिहान करिब साढे ७ बजे एक व्यक्तिले सडकमा कुदाइरहेको कार अचानक सडक छेउका साइकलयात्री र फुटपाथका पैदलयात्रीमाथि जोतेका  थिए । 

 

सो घटनामा संलग्न कारचालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । घटनामा घाइते भएका दुई जना उपचारपछि अस्पतालबाट घर फर्किएका छन् ।

 

प्रहरीले घटनालाई आतंकवादी आक्रमणको नियतले गरिएको ठहर गरेको छ । पक्राउ परेका २९ वर्षीय आक्रमणकारी कारचालक यसअघि कुनै आतंकवादी संगठन वा कुनै अपराधिक क्रियाकलापमा संलग्न रहेको बारे कुनै रेकर्ड भने फेला नपरेको प्रहरीले बताएको छ । 

 

आक्रमणमा प्रयोग भएको कारबाट कुनै पनि हतियार भेटिएका थिएनन् । घटनामा संलग्न  रहेका हुन सक्नेहरुको आशंकामा अहिले मिडल्याण्डका बर्मिंगहम र नटिंगहम लगायतका ठाउंमा प्रहरीले सर्च अप्रेसन चलाएको छ । 

 

लण्डनमा केहि महिना पहिले पनि सडक छेउमा हिडिरहेका पैदल यात्रुमाथि गाडी जोतेर श्रृंखलाबद्ध रुपमै आतंकवादी आक्रमणहरु भएका थिए ।

 

मंगलबार बिहानको घटनापछि बेलायत सरकारको आपतकालीन कोब्रा बैठक बसेको छ । त्यस्तै, प्रधानमन्त्री टेरेसा मेले घटनापछि स्थितिलाई नियन्त्रणमा लिएर जनतालाई सुरक्षाको प्रत्याभुति दिन महत्वपुर्ण योगदान गर्ने सुरक्षा संयन्त्रको प्रशंसा गरेकी छन् । 

 

प्रहरीले आजको घटनासंग जोडिएर अहिले तत्काल लण्डन तथा बेलायतका अन्य ठाउंमा थप आतंकवादी आक्रमणको खतरा नरहेको जनाएको छ । 

 


थप समाचार

स्टेफन बार्कले बेलायतका नयां ब्रेक्जिट मन्त्री

  • 2 hours ago
स्टेफन बार्कले बेलायतका नयां ब्रेक्जिट मन्त्री

ब्रेक्जिट मामिला मन्त्री डोमिनिक राबले विहिबार राजिनामा दिएपछि रिक्त ठाउंको जिम्मेवारी स्टेफन बार्कलेलाई दिइएको छ ।

तमु धि यूकेको नेतृत्वमा आए नन्दजंग

  • 3 hours ago
तमु धि यूकेको नेतृत्वमा आए नन्दजंग

लण्डन । बेलायतको सबैभन्दा ठूलो नेपाली जातीय संस्था तमु धि यूकेको नेतृत्व नन्दजंग गुरुङको कांधमा आएको छ ।

संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

  • 10 hours ago
संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

काठमाडौं । संरक्षित वन्यजन्तुको दाह्रासहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी बस्दै नबस्नुहोस्...

यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।

विचित्र विश्व

विश्वकै खतरनाक मार्गहरु

विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।