लण्डनमा आतंकवादी 'कार आक्रमण' गर्नेको पहिचान सार्वजनिक

  • बुधबार, ३० साउन, २०७५
  • 11 months ago
  • युके
Education Park

लण्डन । मंगलबार बिहान लण्डनमा बेलायती संसद भवन बाहिर पैदल यात्रीमाथि कार कुदाएर आक्रमण गर्नेको पहिचान सार्वजनिक भएको छ । 

 

प्रहरीले आतंकवादी आक्रमणका रुपमा लिएको उक्त घटनामा संलग्न २९ वर्षीय सालिह खातर हुन् । अहिले बेलायती नागरिक रहेपनि उनी पहिला सुडानबाट बेलायत आएको प्रहरीले बताएको छ । 

 

साउथ लण्डनस्थित प्रहरी स्टेसनमा राखेर प्रहरीले उनीसंग सोधपुछ गरिरहेको छ । घटनामा संलग्नता रहेको आशंकामा प्रहरीले बर्मिंगहम र नटिंगहम क्षेत्रमा पनि खोजी गरिरहेको छ । 

 

लण्डनको वेस्ट मिनिस्टरस्थित संसद भवन बाहिरको सडकमा मंगलबार बिहान साढे ७ बजेको समय उक्त घटना भएको थियो । 

 

आक्रमणकारीले सडकमा कुदाइरहेको कार एक्कासी साइकलयात्री र पैदलयात्रीमाथि जोतेर आक्रमण गरेका थिए । घटनामा ३ जना घाइते भएका थिए ।

 

घटनालगत्तै आक्रमणकारी कारचालकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । आक्रमणमा प्रयोग भएको कारबाट भने कुनै हतियार बरामद भएको थिएन । 

 

लण्डनमा केहि महिनाअघि पनि पैदलयात्रीमाथि गाडी कुदाएर यस्तै प्रकृतिका श्रृंखलाबद्ध आतंकवादी आक्रमणहरु भएका थिए । 

 


थप समाचार

१३७ वर्षदेखि बन्दै गरेको चर्च २०२६ मा सकिने

  • 10 hours ago
१३७ वर्षदेखि बन्दै गरेको चर्च २०२६ मा सकिने

एजेन्सी । स्पेनको ‘ला सग्रादा फेमिलिया’ चर्च पछिल्लो १३७ वर्षदेखि निर्माणाधीन रहेको छ । यसलाई सन् १८८२ देखि बनाउन सुरु गरिएको हो ।

‘सडक २’ मा आदित्यः शुटिङ सुरु

  • 11 hours ago
‘सडक २’ मा आदित्यः शुटिङ सुरु

एजेन्सी । फिल्म ‘सडक’ को सिक्वेल बन्ने भएको छ । सन् १९९१ मा रिलिज भएको उक्त सुपरहिट फिल्मले बलिउड स्टार सञ्जय दत्तको करियरलाई उचाईमा पु¥याएर बलिउडमा स्थापित गरायो ।

लुकी लुकी पोर्न हेरेको गुगल र फेसबुकले थाहा पाउने !

  • 11 hours ago
लुकी लुकी पोर्न हेरेको गुगल र फेसबुकले थाहा पाउने !

एजेन्सी । यदी तपाई प्राइभेट ब्राउजर वा प्राइभेट विन्डोजबाट प्रोनोग्राफी हेर्दै हुनुहुन्छ र तपाई लाई लाग्न सक्छ कसैलाई थाहा हुँदैन ? तर, तपाई गलत हुनुहुन्छ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

१२० वर्षीय बाबा शिवानन्द: चिल्लो भोजनबाहेक बाबा सेक्सदेखि पनि परै रहन्छन्

१२० वर्षीय बाबा शिवानन्द: चिल्लो भोजनबाहेक बाबा सेक्सदेखि पनि परै रहन्छन्

एजेन्सी । बनारसमा बस्दै आइरहेका १२० वर्षीय बाबा शिवानन्दको देखेर लाग्छ कि यति लामो पनि सम्भव रहेको छ । बाबा शिवानन्द तीन बजे बिहान उठ्ने गर्छन् । उठेर उनी स्नान गर्छन् र ध्यान बस्छन् । त्यसपछि एकधण्टासम्म योग गर्ने काम गर्छन् ।