‘लण्डन ब्रिज’ मा चक्कू आक्रमण गर्ने व्यक्तिको आतङ्ककारी समूहसँग सम्बन्ध रहेको प्रहरीको दावी
- शनिबार, १४ मंसिर, २०७६
- 1 week ago
- युके




एजेन्सी । बेलायतको राजधानीस्थित ‘लण्डन ब्रिज’ मा शुक्रबार राति धारिलो हतियार ९चक्कू आक्रमण गर्ने व्यक्ति हालै जेलमुक्त गरिएका आतङ्कवादी समूहका एक कैदी रहेको र आक्रमणमा आतङ्कवादी समूहको सम्लग्नता रहेको भेटिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
शुक्रबार राति उक्त व्यक्तिले धारिलो हतियारद्वारा अन्धाधुन्ध बटुवामाथि आक्रमण गर्दा दुई जनाको मृत्यु भएको थियो भने अन्य दुई जना घाइते भएका थिए । घाइते दुबैजनाको स्थानीय अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ ।
शङ्कास्पद उक्त व्यक्तिबारे बेलायती प्रहरीलाई जानकारी रहेको र उसले आफूलाई चिनाउने सङ्केत ९ट्याग० लगाएको विश्वास गरिएको छ ।
लण्डन महानगर प्रहरी सेवाले आक्रमणलाई घटना लगत्तै ‘आतङ्कवादी घटना’ बताएको छ । चक्कू आक्रमणमा सम्लग्न भनिएको व्यक्तिलाई प्रहरी चलाएको गोली लागि घटनास्थलमा नै मृत्यु भएको थियो ।
शङ्कास्पद उक्त आक्रमणकारीले शरीरमा ‘नक्कली विष्फोटक पदार्थ’ लगाएको विश्वास गरिएको महानगर प्रहरी सेवाले जनाएको छ ।
शुक्रबार राति उक्त व्यक्तिले धारिलो हतियारद्वारा अन्धाधुन्ध बटुवामाथि आक्रमण गर्दा दुई जनाको मृत्यु भएको थियो भने अन्य दुई जना घाइते भएका थिए । घाइते दुबैजनाको स्थानीय अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ ।
यसैबीच बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आक्रमणपछि ट्वीट सन्देशमार्फत भन्नुभयो,“सरकारले सडकहरूमा समेत प्रहरीको उपस्थितिलाई मजबुत बनाएको छ ।”
यस पहिले सन् २०१७ को जुन ३ मा पनि ‘लण्डन ब्रिज’ यस्तै आक्रमण भएको थियो । उक्त घटनामा आठ सर्वसाधारण मारिएका थिए
भने अन्य केही व्यक्ति घाइते भएका थिए ।
थप समाचार
बार्सिलोनालाई पराजित गर्नै पर्ने दबाबमा इन्टर मिलान, मेस्सी नखेल्ने ?
- 44 seconds ago

काठमाडौँ । च्याम्पियन्स लिगमा इन्टर मिलानले बार्सिलोनासँग आमनेसामने गर्दैछ । समुह चरणको अन्तिम खेलमा इन्टर मिलानले जित्नै पर्ने दबाब रहेको छ । बार्सिलोना भने अर्को चरणमा प्रवेश गरिसकेको छ ।
विश्वमा सबैभन्दा बढी तलब खाने २० राष्ट्रपति तथा प्रधानमन्त्रीहरु, अष्ट्रेलियाका मोरिसन कति औं स्थानमा ?
- 1 minute ago

एजेन्सी । विश्वमा हरेक देशमा शक्तिको आधारमा कहीँ राष्ट्रपति त कहीँ प्रधानमन्त्री प्रमुख हुन्छन् । यसका साथै हरेक देशका सरकार प्रमुखलाई विशेष सेवा–सुविधा तथा भत्ताहरु प्राप्त हुन्छ । यसै सन्दर्भमा विश्
कार दुर्घटना परी ३० वर्षीय सुरेश पाण्डेको मृत्यु
- 10 minutes ago

बुटवल । कपिलवस्तुको बाणगङ्गा ८ मा सोमबार भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बा ८ च ६३९० नम्बरको कार दुर्घटना कपिलवस्तु नगरपालिका ९ का ३० वर्षीय सुरेश पाण्डेको मृत्यु भएको प्रहरीले जानकारी दि
प्रेम र यौन
महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।
जीवनशैली/स्वास्थ्य
यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य–मंसिर २४ गते

वि.सं.२०७६ साल मंसिर २४ गते । मंगलबार । ईश्वी सन् २०१९ डिसेम्बर १० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । काठमाडौंमा सूर्योदय ०६ बजेर ४४ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट ।
विचित्र विश्व
विश्वमा सबैभन्दा बढी तलब खाने २० राष्ट्रपति तथा प्रधानमन्त्रीहरु, अष्ट्रेलियाका मोरिसन कति औं स्थानमा ?

एजेन्सी । विश्वमा हरेक देशमा शक्तिको आधारमा कहीँ राष्ट्रपति त कहीँ प्रधानमन्त्री प्रमुख हुन्छन् । यसका साथै हरेक देशका सरकार प्रमुखलाई विशेष सेवा–सुविधा तथा भत्ताहरु प्राप्त हुन्छ । यसै सन्दर्भमा विश्वका शीर्ष २० प्रमुखहरुबारे चर्चा गरौं जसको सबैभन्दा बढी तलब रहेको छ ।