IIMS College

ISMT

HUB Education

वेलायतमा १०९ औं महाकवि देवकोटा जयन्ती तथा पुस्तक बिमोचन

  • सोमबार, १२ कार्तिक, २०७५
  • 10 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

लण्डन । वेलायतमा रहेका नेपालीहरूको सबै भन्दा जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूके को आयोजनामा १०९औ महाकवि लक्ष्मी प्रसाद देवकोटा जयन्ती बिभिन्न कार्यक्रमकासाथ उत्साहवर्धकरुपमा मनाएका छन् ।

 

समारोहमा निर्मल कुमार थापाद्वारा लिखित एकालाप कथा संग्रह पुस्तक लोकार्पण प्रमुख अतिथी नेपाली राजदूताबासका तृतीय सचिब भुपेन्द्र घिमिरे,अध्यक्ष कोमल मल्ल डा.राघब प्रसाद धिताल ‘ओबिई’ निर्मल कुमार थापा,नेपाली साहित्य विकास  परिषदका निवर्तमान अध्यक्ष खगेन्द्र नेपालीद्वारा सामुहिकरूपमा गरिएको थियो ।

 

स्थानिय वेष्ट लण्डन स्थित ए बी आई  कलेज एक्टनमा आयोजित समारोहलाई सम्वोधन गर्नुहुँदै प्रमुख अतिथि नेपाली राजदूताबासका तृतीय सचिब भुपेन्द्र घिमिरेले भने,‘साहित्यिक सिर्जनात्मक क्षमता र कृतिहरूको आधारमा हामी महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्थान विश्व स्तरका विशिष्ठ साहित्यकारहरूकै पंक्तिमा रहेकोछ भनेर गर्वकासाथ भन्न सक्दछौ’ ।

 

महाकवि देवकोटाको बारेमा चर्चा 

 

निवर्तमान अध्यक्षद्वय खगेन्द्र नेपाली तथा हरिसिह थापाले देवकोटा सरल दानि र असिमित प्रतिभाका धनी भएको बताए । अध्यक्षले  नेपाली साहित्य विकास परिषदले महाकविको जन्मजयन्ती मनाउने लगायतका साहित्यिक गतिविधिहरू गरेर महाकवि प्रति सच्चा सम्मान पु(याएको चर्चा गरे ।   

 

समारोहका अर्का विशिष्ठ वक्ता परिषद्का वरिष्ठ सल्लाहकार तथा यती संस्थाका पूर्व अध्यक्ष डा. राघव प्रसाद धिताल  “ओबीई” ले  भने,‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सामाजिक चिन्तनका योद्धा कवि हुन् । उनको मुनामदन कृतिले नेपाली समाजमा समानता  समावेसीको आवाज उसैवेला उठाएको थियो  ।’

 

 उनले देवकोटा नेपाली साहित्यका प्रेरणाका श्रोत र गर्वका शिखर भएको बताए । नेपाली साहित्य विकास परिषद्ले आफ्नो स्थापनाकाल सन् १९९५ देखि नै देकोटा जयन्ती भानु जयन्ती लगायतका विभिद साहित्यिक गतिविधिहरू गर्दै आएर वेलायतमा धेरै साहित्यकारहरू जन्माउन प्रेरणादायी र नेतृत्वदायी भूमिका खेलेको कुरा चर्चा उनले गरे।

 

अध्यक्षको आसनबाट सम्वोधन गर्दै परिषदका अध्यक्ष साहित्यकार कोमल मल्लले भनिन्,‘नेपाली साहित्यलाई फराकिलो बनाउने र समाजलाई हेर्ने सोच बदल्ने महाकविका कृतिहरूले तत्कालिन अवस्थामा एउटा सामाजिक क्रान्तिको उजागर नै गरेका थिए ।’ 

 

उनले लन्डनमा  निर्मल कुमार थापा द्वारा लिखित एकालाप कथा संग्रह कृति आज विमोचन गर्न पाउँदा परिषदलाई गर्व लागेको चर्चा गरे ।

 

 यस अघि समारोहमा परिषद्का  वरिष्ठ सहअध्यक्ष कवि ध्रुब केसीले स्वागत मन्तव्य र महासचिव बिरेन्द्र कुवँरले  उद्घोषण गर्दै  नेपाली साहित्य आकाशका चम्किला तारा महाकवि देवकोटाको हरेक बर्ष जन्मजयन्ती मनाएर नेपाली साहित्य विकास परिषद्ले प्रवासमा साहित्यको प्रेरणा जगाउने काम गरेको मात्र नभइ नेपाली भाषा साहित्य र राष्ट्रियतालाई समेत फैलाउने कार्य गरेको बताए । 

 

विमोचित पुस्तक र सर्जक बारे सुरेन्द्र श्रेष्ठले संक्षिप्त प्रकाश पारे ।

 

समारोहलाई सम्वोधन गर्दै विशिष्ठ अतिथि विमोचित कृतिका लेखक कथाकार एवं कवि निर्मल कुमार थापाले समाजको विभिध पक्षलाई प्रस्तुत पुस्तक एकलावमा समेट्ने प्रयत्न आफूले गरेको चर्चा गदैँ वेलायतको पुरानो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषदबाट विमोचन गर्न पाउँदा आफूलाई गर्व लागेको बताए ।

 

समारोहको आरम्भमा महाकविको तस्विरमा प्रमुख अतिथि तथा सहभागीहरूबाट माल्यार्ण गरी श्रद्धासुमन अर्पण गरिएको थियो । 

 

उक्त अवसरमा कोसेलीका संस्थापक अध्यक्ष कलाकार मदन थापाले सुमधुर मंगल धुन र गीत, प्रमोद शर्माले मुना मदनको  संगितवद्ध गीत मार्मिकरूपले प्रस्तुत गरेका थिए ।

 

 कार्यक्रमको दोस्रोचरणमा कविता वाचन तर्फ भाग लिने कविहरू कवियत्री हरूमा वसन्त रायक्षेत्री, खगेन्द्र नेपाली, सुमाया राई,हरिसिंह थापा,डा।सुधा श्रेष्ठ, डा।संगिता स्वेच्छा,डा.बिष्णु सिंखडा,मनोज अन्जान,सुरेन्द्र श्रेष्ठ,कवि कथाकार निर्मल कुमार थापा,कोमल मल्ल थिए ।

 

 अन्तमा कार्यक्रम सफल बनाउन आर्थिक एवम् भौतिक सहयोग पु(याउनु हुने डा.राघव प्रसाद धिताल,डा।जनक कुमारी धिताल, शुरेस जंग शाह,डा।सुधा श्रेष्ठ, हरिसिंह थापा कृष्ण भट्ट, ध्रुब केसी, विरेन्द्र कुँवर,वसन्त रायक्षेत्री,कोहिनूर मल्ल तथा सहभागी सबैलाई परिषदको तर्फबाट विशेष धन्यवाद ज्ञापन गरिएको थियो ।   

 


थप समाचार

मृत्युपछि के हुन्छ ? के हो दोस्रो दुनियाको वास्तविकता ?

  • 7 minutes ago
मृत्युपछि के हुन्छ ? के हो दोस्रो दुनियाको वास्तविकता ?

काठमाडौं । के साँच्चै दोस्रो दुनियाँ हुन्छ ? दोस्रो दुनियाँमा पनि मान्छे बस्छन् ? हामी जुन जगतमा छौं, यसलाई भौतिक जगत भनिन्छ, तर यो वास्तविक भने होइन । यो ईश्वरको कल्पना हो । यसै अनुरुप ईश्वरको कल्पना

भ्रमण वर्षको प्रवद्र्धनका लागि वेबसाइट तथा समाचार पोर्टल सार्वजनिक

  • 14 minutes ago
भ्रमण वर्षको प्रवद्र्धनका लागि वेबसाइट तथा समाचार पोर्टल सार्वजनिक

काठमाडौँ । भ्रमण वर्षको प्रभावकारी प्रवद्र्धनका लागि नेपाल भ्रमण वर्ष २०२० सचिवालयले आधिकारिक वेबसाइट, समाचार पोर्टल तथा सामाजिक सञ्जाल सार्वजनिक गरिएको छ । उक्त वेबसाइट तथा सामाजिक सञ्जालको ए

बढी शुल्क असुलीविरुद्धको आन्दोलनमा अनेरास्ववियुको ऐक्यबद्धता

  • 19 minutes ago
बढी शुल्क असुलीविरुद्धको आन्दोलनमा अनेरास्ववियुको ऐक्यबद्धता

काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले केही दिन पहिलेदेखि जारी निर्धारित मापदण्डभन्दा बढी शुल्क असुलीका विरुद्ध विद्याथीको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । निर्धार



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको विहीबारको तपाईको भाग्य– असोज २ गते

यस्तो रहेको विहीबारको तपाईको भाग्य– असोज २ गते

वि.सं. २०७६ साल असोज ०२ गते । विहीबार । ईश्वी सन् २०१९ सेप्टेम्बर १९ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । आश्विन कृष्णपक्ष । तिथि पंचमी, २४ घडी ५८ पला, दिउसो ०३ बजेर ५० मिनेट उप्रान्त षष्ठी । काठमाडौंमा सूर्योदय ०५ बजेर ५० मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ०२ मिनेट ।

विचित्र विश्व

विश्वकै कहालीलाग्दा १० पुलहरु

विश्वकै कहालीलाग्दा १० पुलहरु

एजेन्सी । विश्वमा विभिन्न ठाउँहरु रहेका छन् जसलाई पुलको माध्यमबाट जोड्ने गरिन्छ । आधुनिक युगको विकास सँगै यस्ता विभिन्न पुलहरु पनि निर्माण भएका छन् जुन मानवको कल्पना भन्दा बाहिर रहेका छन् । यसै सन्दर्भमा विश्वमा रहेका १० पुलहरुबारे जानकारी लिऔं जसमा यात्रा गर्न एकदमै डरलाग्दो हुन्छ ।