लर्डसमा नेपाल टिमको प्रतिक्षा

  • आइतबार, ३ आषाढ, २०७५
  • 7 months ago
  • युके

लन्डन । क्रिकेटप्रेमी बेलायतवासी नेपालीलाई खुशीको खबर छ । नेपाल क्रिकेट टिम दोश्रो पटक विश्वकै प्रतिष्ठित लर्ड्स क्रिकेट मैदानमा उत्रिदैछ । झण्डै दुई वर्षपछि नेपाली क्रिकेट टिमले लर्ड्स (होम अफ क्रिकेट) मा आफ्नो परफर्मेन्स देखाउने तयारी गरेको हो । 

 

आगामी २९ जुलाई आइतबार एमसीसी, नेपाल र नेदरल्याण्डसबीच लर्डसमा त्रिकोणात्मक टि ट्वान्टी खेल हुंदैछ । उक्त खेलका लागि बेलायतको नेपाली समुदाय व्यग्र प्रतिक्षामा छ र खेल तयारी पनि शुरु भइसकेको छ । दुई वर्ष अघिको तुलनामा यसपटक नेपाली क्रिकेट टिमको लर्डस प्रवेश बढि उत्साहजनक रहनेछ किनकि नेपाल अहिले ओडिआइ स्टयाटसमा छ । नेपाल टिमको ग्लोवल रिकग्निसन नेपालीका लागि मात्र होइन, विश्वकै खेलप्रेमीका लागि चासोको विषय छ । 

 

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले लर्डसको आसन्न खेल तयारी मिलाउन र इंग्ल्याण्डसंग थप सम्वन्ध विस्तार गर्न हालै दुई साता लामो बेलायत भ्रमण गरेका छन् । १० जुनमा नेपाल फर्कनुअघि पारस बेलायतमा  विभिन्न भेटघाटमा व्यस्त रहे ।  

 

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले लण्डनको माया पबमा आयोजना गरेको ‘मिट एण्ड ग्रीट’ मा कप्तान पारसले जुलाइ २९ को खेलमा उत्साहजनक सहभागिता जनाइ नेपाली खेलाडीलाई हौसला प्रदान गर्न बेलायतको नेपाली डायस्पोरासंग अपिल गरेका थिए ।  उनले समुदायलाई पटक पटक कार्यक्रम सफल बनाइदिन अनुरोध गरे । 

 

दुई वर्षअघि लर्डसमा नेपालीको उल्लेख्य सहभागिताले एमसीसीको नेपाललाई हेर्ने दृष्टिकोण ज्यादै सकारात्मक भएको स्मरण गर्दै खड्काले यसपटक झन् बढि दर्शक सहभागिताको अपेक्षा गरेका छन् । सन् २०१४ मा मार्लेबोन क्रिकेट क्लब (एमसीसी) पदाधिकारीसंग भएको भेट वार्तापछि सन् २०१६ मा नेपाली टोलीले लर्डसमा पहिलो पटक राम्रो खेल अवसर पाएको थियो । यो श्रृंखला फेरि जुलाइमा दोहोरिन लागेको हो ।

 

उक्त मिट एण्ड ग्रीट कार्यक्रममा सहभागी एनआरएनए यूके पदाधिकारी, व्यवसायी र अन्य विभिन्न संघसंस्थाका प्रतिनिधिले उल्लेख्य दर्शक जुटाउने प्रतिवद्धता व्यक्त गरेपछि पारस झन् उत्साहित बनेका थिए । 

 

बेलायतस्थित नेपाली युवाहरुको समूह पनि उक्त खेल सफल बनाउन जुटिसकेको छ । अघिल्लो पटक पनि लर्डसमा नेपाली क्रिकेट खेलाडी उतार्न महत्वपूर्ण भूमिका खेलेका युवा प्रशान्त कुंवर, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष सिद्धार्थविक्रम क्षेत्री, सामाजिक अभियन्ता  दीपक श्रेष्ठ, गणेश खड्का, प्रदीप सिंह, विनोदविकास सिम्खडा, राजन खकुरेल, गुणदेव घिमिरे, विकास नेपाल, ओजेश सिंह, निराजन राजलवाथ, समिर गुरुङ लगायत युवाहरुसंग कप्तान पारस बेलायत आएलगत्तै बैठक भएको थियो । उक्त बैठकले खेल कसरी सफल बनाउने भन्नेबारे रणनीतिक छलफल गरेको बैठकमा सहभागी गणेश खड्काले जानकारी दिए । 

 

उक्त बैठकले प्रचार प्रसार, नेपाली दूतावास र बेलायतका नेपाली संघसंस्थाहरुसंग समन्वय, टिकेट विक्रीका लागि अनलाइन मार्केटिङ आदि विषयमा विभिन्न जिम्मेवारी बांडफांड गरेको छ । कप्तान पारसले बैठकमा धेरै नेपाली उपस्थित भए नेपाली टिमलाई दीर्घकालिन प्रभाव पर्न सक्ने र भविष्यमा एमसीसीले इंग्ल्याण्डसंग पनि खेल अवसर दिन सक्ने भएकाले सक्दो सहभागिताका लागि जोड दिएका थिए । 

 

बैठकमा नेपालबाट आउने खेलाडीहरुसंग भिआइपी मिट एण्ड ग्रीट गर्नेबारे समेत चर्चा चलेको थियो । लर्डसमा कम्तीमा दश हजार दर्शक उतार्ने उद्देश्य ती युवाको छ । 

 

अघिल्लो पटक लर्डसमा झण्डै ५ हजार दर्शक नेपाल अंकित टिसर्टमा उपस्थित भएर लर्डस मैदान नेपालमय बनेको थियो । १७ पाउण्ड टिकेट शुल्क छ ।

 

यसपटक लन्डनस्थित नेपाली दूतावासको विगतमा जस्तो प्रत्यक्ष सहभागिता त रहनेछैन । अघिल्लो पटक बेलायत नेपाल कुटनीतिक सम्वन्धको दुई सय वर्ष गांठ मनाउने क्रममै उक्त मैत्रीपूर्ण खेलमा दूतावासले प्रत्यक्ष संलग्नता जनाएको थियो । तर यसपटकको खेल नियमित भएपनि नेपालको राष्ट्रिय टोलीले खेल्ने भएका कारण भन्दै दूतावासले सहभागिता बढाउन सबैलाई अपील गरेको छ । शुक्रबार सांझ बेलायतस्थित नेपाली संघसंस्था र मिडियाका प्रतिनिधीसंग दूतावासमा बैठक गरेर खेलाडीको हौसला बढाउन खेल हेर्न उल्लेख्यका संख्याका नेपालीहरु उपस्थित गराउन दूतावासले आव्हान गरेको छ । 

 

यसअघि कप्तान पारस खड्कासंग पनि भेट गरी राजदूत डा दुर्गाबहादुर सुवेदीले खेल सफल पार्न दूतावासको तर्फबाट सहयोग हुने वचन दिएका थिए ।


थप समाचार

बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

  • 2 hours ago
बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

बेक्स्ली, केन्ट । बेक्स्ली नेपाली कम्युनिटी यूकेले यस वर्ष पहिलोपटक एक कार्यक्रमसहित ल्होछार मनाएको छ ।

उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

  • 7 hours ago
उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका अत्यावश्यक क्षेत्रमा ट्राफिक लाइट राख्ने प्रक्रिया अगाडि बढाएको छ ।

काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

  • 8 hours ago
काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

बनियानी । नेपाल कम्युनिष्ट पार्टी -नेकपा-का नेता एवं संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले सरकारले अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्ने बताएका छन् ।



जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।