लर्ड्समा नेपाल र नेदरल्याण्डको खेल वर्षाका कारण रद्ध, एमसिसीमाथि नेपालको ९ विकेटको जित

लन्डन । लण्डनको लर्ड्स क्रिकेट मैदानमा आइतबार नेपाल र नेदरल्याण्डबीचको खेल वर्षाका कारण पूरा हुन नपाउंदै रद्ध भएको छ । 

 

तर त्रिकोणात्मक ट्वान्टी ट्वान्टी सिरिजअन्तर्गत मेरिलिवोन क्रिकेट क्लब(एमसिसी)संगको छोट्याइएको खेल भने नेपालले जितेको छ । 

 

नेदरल्याण्ड र नेपालबीचको खेल रद्ध हुनुअघि नेदरल्याण्डले १६. ४ ओभरमा ४ विकेटको क्षतिमा १ सय ७४ रन बनाएको थियो । 

 

पहिला एकपटक वर्षाका कारण रोकिएको खेल वर्षा रोकिएपछि फेरि सुरु गरिएको थियो । तर दोस्रोपटक वर्षाका कारण रोकिएपछि खेल पुनः सुचारु हुन सकेन । 

 

 

सिरिजअन्तर्गत एमसीसी र नेदरल्याण्ड तथा नेपाल र एमसीसीबीचको अनय दुवै खेल भने ६–६ ओभरमा छोट्याइएको थियो। 

 

एमसीसीसंगको खेलमा नेपालले ९ विकेटको जित हात पारयो । ४१ रनको लक्ष्य सजिलै पार गर्दै नेपालले जितेको हो।  सिरिजको पहिलो खेलमा नेदरल्याण्डले एमसीसीलाई १० रनले पराजित गरेको थियो। 

 

होम अफ क्रिकेटका रुपमा विश्वमै प्रतिष्ठित लर्ड्स मैदानमा उत्रिएको नेपाली टोलीका खेलाडीलाई हौसला दिन करिब १२ सय बढि बेलायतबासी नेपालीहरु लर्ड्स पुगेका  थिए ।

 

त्यसअवसरमा बेलायत भ्रमणमा रहेका महानायक राजेश हमाल, बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीसहित बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधीहरु पनि उपस्थित थिए । 

 

 

स्बिर स्रोत: लर्ड्स /शिव भण्डारी


थप समाचार

बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

  • 3 hours ago
बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

बेक्स्ली, केन्ट । बेक्स्ली नेपाली कम्युनिटी यूकेले यस वर्ष पहिलोपटक एक कार्यक्रमसहित ल्होछार मनाएको छ ।

उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

  • 8 hours ago
उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका अत्यावश्यक क्षेत्रमा ट्राफिक लाइट राख्ने प्रक्रिया अगाडि बढाएको छ ।

काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

  • 8 hours ago
काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

बनियानी । नेपाल कम्युनिष्ट पार्टी -नेकपा-का नेता एवं संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले सरकारले अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्ने बताएका छन् ।



जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।