IIMS College

ISMT

HUB Education

हराएका ताराहरु

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

“कति बेला कसले टाउको फुटाउन आउने हो, थाहा हुन्न ।”

 

झम्लङ्ग पालेको कपाल, स्वयम्भुको आँखा इम्ब्रोइडरी गरेको कालो टिसर्ट, हाफ पाइन्ट र रातो–रातो देखिने जुत्ता, उनी हेर्दा अठ्ठाइस तीस वर्षको जस्तो देखिन्थे ।

 

म अघि बढेर उनीसँग गफ शुरु गरें । 

 

यहाँ बारहरुमा र अन्त पनि मादक पेय पदार्थ हेन्डल गर्न स्वीकृति लिनु पर्छ । मेरो कामको लागि आरएसए सर्टिफिकेट चाहिन्छ भनेपछि म ट्रेनिङ्ग लिन गएको थिएँ । त्यहाँ धेरै भर्खरैका केटाकेटीहरु त्यही प्रमाणपत्र लिन आएका थिए । त्यो लिएपछि मात्र रक्सी बेच्न पाइन्छ । 

 

रिस्पन्सिबल सर्विस अफ अल्कोहल ।

 

“अनि अहिले काम केमा छ त साथी ?” मैले सोधेँ ।

 

“बारमा । शुरु त गरिसकेको छु, मसँग आरएसए सर्टिफिकेट छ भनेर । फेरि माग्यो भने त चाहियो नि, त्यसैले ....”

 

आधा घण्टाको ब्रेक सकियो । उनले चुरोट पिए, मैले पानी । कुरा गर्दै जाँदा, उनी निकै धनी बाबुका छोरा रैछन्, मैले थाहा पाएँ । नेपालमै डाक्टरी पढेर, दुई वर्ष डक्टर भएर काम गरेर पनि विदेशिएका, अस्ट्रेलिया ।

 

मैले भेटेका यिनी पाँचौँ नम्बरका डाक्टर सा’ब हुन् ।

 

मैले भेटेको मध्ये एक पनि जनाले डाक्टरी काम गरेका छैनन् यहाँ । कोही नयाँ बिजनेस गर्दैछन्, कोही सुपर मार्केटहरुमा काम गर्दैछन् । अर्का एक जना बिहान बिहान यहाँको युनिभर्सिटीमा क्लिनिङ्ग काम गर्दैछन् ।

 

“त्यत्रो खर्च गरेर पढ्यो, पढाइ सकेपछि काम सुरु गर्नु पर्ने बेलामा धेरै राजनीति गर्नु पर्छ । अब धनीहरुले त आप्mनै प्राइभेट नर्सिङ होम खोल्छन्, प्राक्टिस सुरु गर्छन्, तर छात्रवृत्ति पाएर पढ्नेहरुको भने बिजोग हुन्छ । कोही त राजनीति गर्न लाग्छन्, यसो दुईचार जनाको पछि लाग्यो, पैसा खुवाएर पनि जागिर शुरु गर्छन्”, उनले सुनाए ।

 

“पढाइ, खुबी, क्षमता, दक्षता भन्दा पनि राजनीति ठूलो कुरा हुने है ?” मैले सोधेँ ।

 

“सबै पैसाको खेल हुन्छ । हुन त भर्ना गर्ने बेला पनि त खुबै खेला हुन्छ पैसाको । कस्ता कस्ता ट्यालेण्टहरुलाई मन्त्रीहरुको डाइरेक्ट फोर्स आएर हटाउँदा रै’छन् । अनि पैसावालाको छोराछोरीहरुको नाम घुसाउने,” उनले भने ।

 

मलाई भने यो मान्छे आप्mनै क्षमताले पढ्यो होला कि बा’को सम्पत्तिको बलले उसले भनेझैँ सिपालुहरुलाई हटाएर पढेको होला भनेर सोच आयो ।

 

“मेरो त ड्याडले पनि नर्सिङ होम खोलिदिन्छु, यहिँ बस् भन्दै हुनुन्थ्यो, तर म त एक पटक भए’नि विदेश त जान्छु भनेर हिँडे । ममीले सँधै फोनमा कहिले आउँछस्, अब बिहे गर्नुपर्छ भन्नुहुन्छ । यहाँ आफू चाहिं आरएसए गर्न हिँडिरा’छु ।”

 

“किन, तपाईंलाई डक्टर बन्न मन लागेको थिएन ? अरुले कर गरेर पढ्नु भको हो ?” मैले मन्त्रीलाई फोर्स लगाएर पढेको हो भनेर सोध्न भन्दा यसरी सोध्दा कुरा सजिलो हुन्छ जस्तो लाग्यो ।  

 

“त्यस्तो त होइन । डक्टरहरुले खुब पैसा कमाउँछन् भनेर पढेको । म त फ्रैङ्क मान्छे । मेडिकल कलेजको पहिलो दिनको पहिलो क्लासमा टिचरले ‘तिमीहरु किन मेडिकल पढ्न आइपुग्यौ ?’ भनेर सोध्दा पनि मैले यही भनेको थिएँ ­ पैसा कमाउन । सबै हाँसे । धेरैले समाजलाई सेवा गर्न, दुःखीहरुको सेवा गर्न, के के भने । तर, जसले जे भने पनि सबैको स्वार्थ आखिरमा पैसा नै हो ।”

 

“त्यो त हो ....”

 

उनले मेरो कुरा नसुनी बोलिरहे । 

 

“समाज सेवा, दुःखीहरुको सेवा गर्न डक्टर नै बन्न पर्छ त, ब्रो ? पर्दैन नि । अहिले जो–जो ले समाज सेवा गर्न पढेका थिए, एउटा क्लिनिकदेखि अर्को क्लिनिक गर्दै बसिरहेका होलान् । तर, सबै त्यस्ता पनि हुँदैनन् । कोही त निःस्वार्थ आप्mनो पेसा गर्ने पनि हुन्छन् । मैले कति पटक त हस्पिटल आएर बिचल्ली परेकाहरुलाई सहयोग गरेको छु । खाना खुवाएको छु, घर फर्किने भाडा दिएको छु । तर कतिलाई गर्ने त ? नेपालमा जो देख्यो त्यसैलाई सहयोगको आवश्यकता छ । झन् यो हेल्थ सेक्टरमा त बिजोग नै छ ।”

 

‘यो पनि त बिजोग नै हो नि साथी । उता तिम्रा बिरामीहरु बिजोग हालतमा छन्, यता तिमी बिजोग हालतमा छौ,’ भनूँ कि नभनूँ भएँ ।

 

“अनि त्यहाँ डक्टर पढेपछि यहाँ पनि डक्टरको काम पाइन्न र ?”, मैले मुख नखोली रहन सकिनँ ।

 

“वहाँ र यहाँको सिस्टम नै फरक पर्दो रै’छ । ट्रिट्मेन्ट अनि मेडिकेशन, सबै फरक तरिका । यहाँ आएर फेरि केके पढ्न पर्ने, अलि झन्झट रै’छ ।”

 

“समाचारमा चाहिँ जिपि कम छन् यहाँ भन्छन् । खोइ के हो के । तर ट्राइ गर्दा हुन्छ नि त !” मैले भनेँ ।

 

“बाफ्रे, पढ्दा–पढ्दा हैरान भएर बल्ल अलि फूर्सद भ’को छ । त्यही पनि म त दुई वर्ष नेपालमै काम गरेर वाक्क भएँ । दिनरात केही भन्न पाउनु होइन, बिरामीको उपचार ग¥यो ग¥यो, केही भइहाल्यो भने बिरामीका आफन्तहरु आएर कतिबेला टाउको फुटाउने हुन् भन्ने डर । कहिले होला यस्तोबाट छुट्कारा भनेर हिँडेको । अनि फेरि त्यहाँ खतरा मोलेर कमाउने पैसा यहाँ बारमा गरेर कमाइरा’छु । यही ठीक ब्रो ।”

 

क्लास पनि सकियो । हामी छुट्टियौँ । उनलाई फेसबुकमा खोज्नु पर्ला भन्ने सोचिरहेँ उनको नाम टाइप गरेर । ट्रेनमा बसिरहँदा उनलाई सर्च गरेँ । भेटिएन ।

 

शायद अर्कै नाम राखेको होला । 

 

“हत्तेरी, अघि सोध्नु पर्ने रै’छ” भनेँ मनमनै ।

 

अनि फेरि सोचेँ, हुन त देशले यस्ता धेरै डक्टरहरु गुमाइरहेको छ । मैले त उसलाई गुमाएर के भो ? 

 

आखिर ऊ पनि त आकाशबाट हराएको अर्को एउटा तारा नै त हो नि !

 

­बुलशन

 

 


थप समाचार

बङ्गलादेशका राष्ट्र्रपतिबाट भक्तपुर भ्रमण

  • 8 hours ago
बङ्गलादेशका राष्ट्र्रपतिबाट भक्तपुर भ्रमण

काठमाडौँ । नेपालको औपचारिक सद्भावना भ्रमणमा आएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज अपराह्न भक्तपुर दरबार स्क्वायरको भ्रमण गरेका छन् ।

अष्ट्रेलियामा डरलाग्दो डढेलो, अझै नियन्त्रणमा आउन सकेन (तस्बिरहरु)

  • 8 hours ago
अष्ट्रेलियामा डरलाग्दो डढेलो, अझै नियन्त्रणमा आउन सकेन (तस्बिरहरु)

सिड्नी । अष्ट्रेलियाको पूर्वी क्षेत्रमा बाक्लो वस्ती नजिक झाडीबाट सल्किएको डढेलो नियन्त्रण बाहिर पुगेको छ ।

कालापानीलगायत भूभाग फिर्ता लिन उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्छः काङ्ग्रेस

  • 8 hours ago
कालापानीलगायत भूभाग फिर्ता लिन उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्छः काङ्ग्रेस

काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले मुलुकको उत्तर–पश्चिम सिमानाको कालापानीलगायत भूभाग फिर्ता लिन सरकारले उच्चस्तरीय कुटनीतिक र राजनीतिक पहल गर्नुपर्ने जनाएको छ ।



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

दिनमा कति कप चिया पिउनु हुन्छ ?

दिनमा कति कप चिया पिउनु हुन्छ ?

एजेन्सी । चियामा कैफिन र टैनिन पाइन्छ जसले शरीरलाई उर्जा दिन्छ । चियामा दूध मिसाउदा चियामा पाइने एण्टिअक्सिडेन्ट नष्ट हुन्छ ।

विचित्र विश्व

दुर्लभ विश्व रेकर्ड !

दुर्लभ विश्व रेकर्ड  !

एजेन्सी । मानिसको इच्छा कहाँसम्म पुग्छ, यसको बारेमा कसैलाई थाहा हुँदैन । मानिसका अनौठा आकाङ्छाहरु हुन्छन् । यस्तै इच्छा, आकाङ्छा भएका एक व्यक्तिले अनौठो रेकर्ड राख्न सफल भएका छन् । उनी हुन् इंग्ल्यान्डको ब्रिस्टल शहरका निक बटर ।