असफल प्रेम विवाह– धोका खाएपछि न्याय खोज्दै गङ्गा

  • सोमबार, ६ जेष्ठ, २०७६
  • 4 weeks ago
  • नेपाल
Education Park

“दुई वर्षसम्म फोनबाट माया पिरती गाँसियो, जात भात पनि मिल्ने समाजले राम्रै ठान्ला भनेर वैवाहिक जीवनमा बाँधियो, मनले मन पराएर विवाह गरियो अहिले आएर धोका होला भन्ने के थाहा”, रोल्पा नगरपालिका–१ कालापानीकी गङ्गा कवरले रुँदै भनिन् । सोही नगरपालिका–२ निवासी हुकुम कवर सँग २०७५ साल असारमा प्रेम विवाह गरेकी कवरले जीवनमा धोका खाइएला भन्ने कहिले सोच्नु भएन । “हामीले एक अर्कालाई औधि माया गर्दथ्यौँ, सबथोक उहाँलाई सुम्पे र विश्वास गरे, विवाह गरेको कुनै प्रमाणसमेत बनाइन”, कवरले भावुक हुँदै भनिन् । 

 

विवाह गरेको चार महीनामै उक्त प्रेमजोडी अकल्पनीय रुपमै छुट्न पुग्यो । “श्रीमान्ले म कमाउन जान्छु भन्थे, अहिले माडी गाउँपालिका–३ तालाबाङ निवासी लालकुमारी घर्तीसँग भागेका छन् रे भन्ने सुनेको छु”, रुँदै कवरले बेदना पोखे । श्रीमान् बेपत्ता भएपछि अहिले उनी घर न घाटको भएकी छन् ।

 

“आठ महीनासम्म आउँला भन्दै उसैको बाटो हेर्दै सासूसँग घरमै बसे, अब त आउँला भन्ने आशानै मरिसक्यो”, निरास बन्दै उनले थपिन् । श्रीमान्ले गरेको अन्यायको विरुद्ध न्याय खोज्न विभिन्न सङ्घ संस्थामा भौतारिरहेकी कवरसँग वैवाहिक बन्धनमा बाँधिएको कुनै कानूनी आधार पनि छैन । 

 

२ नम्बर वडाध्यक्ष खिमबहादुर घर्तीले भने केही आश लाग्ने प्रतिक्रिया जनाएका छन् । “गाउँमा विवाह गरेको सबैलाई थाहा छ, यो नै सबैभन्दा ठूलो प्रमाण हो, मैले साक्षी सर्जिमिनको रुपमा सिफारिस गरेको छु, यो नै व्यावहारिकतामा ठूलो प्रमाण हो”, वडाध्यक्ष घर्तीले भने । कानूनीरुपमा न्याय पाउनका सबैभन्दा ठूलो प्रमाण विवाह दर्ता हो, की त श्रीमान्को नाममा नागरिकता हुनु प¥यो, यदि त्यति गर्न सकिएन भने विवाह गरेको फोटो अडियो भिडियो भए पनि प्रमाण हुन सक्छ, महिला तथा बालबालिका सेवा केन्द्रका मीनाकुमारी विकले भनिन् । 

 

“यति भन्दैमा आफूहरुले कुनै प्रक्रिया भने नचाल्ने भन्ने कुरो छैन, हामीले मातहतका सबै युनिटमा हुलिया पठाएका छौँ, पीडकलाई पक्रेर लिन निर्देशनसमेत दिएका छौँ, हेरौं कुनै पाटोबाट पीडितलाई न्याय दिन सकिन्छ की”, विकले थपिन् । “अधिकारकर्मी पनि कानूनको आधारमा लड्ने हो, विवाह गरेको कुनै प्रमाण नहुँदा न्याय दिलाउन केही गाह्रो छ तर पनि हामी हर प्रयत्न गरेर पीडितलाई न्याय दिलाउने पक्षमा छौँ”, महिला अधिकारकर्मी तीर्था आचार्यले भने ।

 

सानै उमेरमा लहलहैमा विवाह गर्ने, पछि धोका खाइएला भन्ने हेक्कासमेत नराख्दा रोल्पामा यस्ता खालका घटना थुप्रै घट्ने गरेका छन । कानूनीरुपमा विवाह प्रमाणित हुनका लागि विवाह दर्ता बलियो आधार हो । विवाह गरेको ३५ दिनभित्र वडा कार्यालयमा विवाह दर्ता गर्न गए निःशुल्क दर्ता गरिन्छ । विवाहपछिको यो अनिवार्य प्रक्रियाजस्तै हो । विवाह गर्ने क्रममा फोटो, भिडियो वा अडियो रेकर्ड गरी सुरक्षित राख्नु पर्दछ । माइती पक्षबाट नागरिकता बनाएको छैन भने श्रीमान्को नाममा तुरुन्त नागरिकतासमेत बनाउनुपर्छ । विवाह गरेको निश्चित समयभित्र यी प्रक्रिया नपु¥याउँदा धेरैजसो महिला अन्यायमा पर्ने गरेका छन् । 

 

चालू आर्थिक वर्ष २०७५–७६ मा हालसम्म ८१ वटा घरेलु हिंसाका घटना महिला तथा बालबालिका सेवा केन्द्रमा दर्ता भएका छन् भने ७४ वटा घरेलु हिंसा मिलापत्र भइसकेको छ । यसै आवमा लैङ्गिक हिंसाका घटना १८ वटा दर्ता भएका छन् । यसरी आउने उजुरी अधिकांश मिलापत्रमै टुङ्गिने गरेको छ । देश सङ्घीयतामा गइसके पनि स्थानीय सरकारमा पीडितले न्यायको महसुस नगरेपश्चात् जिल्ला प्रहरी कार्यालयमा नै यस्ता घटना दैनिकी आउने गरेको महिला तथा बालबालिका सेवा केन्द्र रोल्पाले बनाएको छ ।


थप समाचार

उत्तम सञ्जेल दम्पत्ती प्रहरी नियन्त्रणमा, विमला तामाङमाथि बलात्कार भएकाे आशंका

  • 2 minutes ago
उत्तम सञ्जेल दम्पत्ती प्रहरी नियन्त्रणमा, विमला तामाङमाथि बलात्कार भएकाे आशंका

काठमाडौं । बौद्धस्थित समता अस्पतालमा कार्यरत कर्मचारी विमला तामाङ अस्पताल परिसरमै झुण्डिएको अवस्थामा मृत फेला परेपछि अस्पतालका सञ्चालक उत्तम सञ्जेल पक्राउ परेका छन् ।

कर्णाली नदीमा गाडी खस्दा बेपत्ता हुनेको सङ्ख्या १० पुग्याे

  • 36 minutes ago
कर्णाली नदीमा गाडी खस्दा बेपत्ता हुनेको सङ्ख्या १० पुग्याे

हुम्ला । खार्पुनाथ गाउँपालिका–५ बेणुबिसौना र कैलेबालु भन्ने स्थानको सडकबाट लु१ज ७१६६ नम्बरको महेन्द्र पिकअप गाडी कर्णाली नदीमा खसेर बेपत्ता हुनेको सङ्ख्या १० पुगेको छ ।

लोकसेवाकाे आवेदन दिने मिति असार १० गतेसम्म थप

  • 44 minutes ago
लोकसेवाकाे आवेदन दिने मिति असार १० गतेसम्म थप

काठमाडौँ । लोकसेवा आयोगले स्थानीय तहका कर्मचारी मागका लागि आवेदन दिने समय थप गरेको छ । आज आयोग पदाधिकारी बैठकले असार १० गतेसम्म आवेदन दिने समय थप गरको हो ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यी ४ खानेकुरा पकाएर होइन काँचै खानुहोस्

यी ४ खानेकुरा पकाएर होइन काँचै खानुहोस्

काठमाडौँ । हाम्रो भान्सामा पाक्ने केही कुरालाई पकाउनु आवश्यक छैन । केही खानेकुरा पकाउँदा तिनको पोषण हराएर जान्छ । अनि कुनै खानेकुरा पकाउँदा विषालु पनि हुन्छन् । पोषक तत्त्वको भरपूर अवशोषण शरीरले गर्नका लागि केही कुरा काँचै खाएको राम्रो हुन्छ ।

विचित्र विश्व

यौनप्रस्तावले हैरान भएका यी पुरुष

यौनप्रस्तावले हैरान भएका यी पुरुष

एजेन्सी । यौन प्रस्तावका लागि युवतीहरुको ओइरो लागेपछि एक युवक तनावमा परे । उनी हुन् मोहम्मद अवद । समाचार एजेन्सीका अनुसार, दर्जनौं युवतीले स्कटल्याण्डका ती पुरुषसँग सेक्स गर्न चाहेको सन्देश पठाए । आखिर किन उनीसँग महिलाहरुले यौन सम्पर्क गर्न चाहे त ? उनको कृतिम लिंगप्रति महिलाहरु लोभिएका हुन् । ती महिलाले कृतिम लिंगको अनुभव लिन खोजेका हुन् ।