तपाईको निधारमा कस्तो भाग्य लेखिएको छ ? यसरी पत्ता लगाउनुहोस्

एजेन्सी । मानिसको बानी व्यवहार अनुसार उसको शरिरको बनावट बदल्न थाल्दछ । यहि बनावट उसको व्यक्तित्वको बारेमा धेरै कुरा दर्साउन सफल हुन्छ ।

 

यहाँसम्म कि कसैको अनुहार हेरेर उसको व्यक्तित्वको बारेमा धेरै कुरा जान्न सकिन्छ । यदि तपाई ज्योतिष शास्त्रमा विश्वार गर्नुहुन्छ भने ज्योतिषले तपाईको भाग्यको बारेमा अनुहार हेरेर बताउँछन् ।

 

के तपाईले कहिल्यै अनुमान लगाउनुभएको छ कि कसैको निधार हेरेर उसको व्यक्तित्वको बारेमा थाहा पाउँन सकिन्छ ? ज्योतिष शास्त्रको अनुसार कसैको निधार हेरेर उसको बारेमा धेरै कुरा पत्ता लगाउँन सकिन्छ ।

 

जान्नुहोस् कस्तो निधार भएको मानिस कस्तो ?

 

१. सानो निधार 

 

सानो निधार हुनेहरु धेरै नै भावुक हुन्छन् । उनीहरु सानो–सानो कुरामा पनि नराम्रो मान्ने हुन्छन् । उनीहरुको मुड सधैँ परिवर्तन भइरहने खालको तथा स्थिर नहुने हुन्छन् । भावुक हुने हुँदा यी व्यक्तिहरु प्राय मनको कुरामा ज्यादा ध्यान दिन्छन् । यिनिहरु एक्लै बस्न बढि रुचाउँछन् ।

 

२. तेर्सो निधार  

 

यस्ता निधार भएकाहरु आफ्नो विचारमा दृढ हुने हुन्छन् । भने यी व्यक्तिहरु प्रेम सम्वन्धको मामिलामा अलि फरक हुन्छन् । छिट्टै प्रेमसम्वन्धमा राजी नहुने यी व्यक्तिहरु आफ्ना सिद्धान्तहरुमा अडिग हुन्छन् । भने कसैलाई पनि छिट्टे आफ्नो बनाउँदैनन् ।

 

३. ठूलो निधार 

 

सामान्यतया महिलाहरु ठूलो निधार कपालले छोपेर हिँड्ने गर्छन् । उनीहरु ठूलो निधार भएकै कारण लाज मान्छन् तर ठूलो निधार हुनेहरु भाग्यले नै धनि हुन्छन् । साथै उनीहरु बुद्धिमानी हुन्छन् । सँगै निर्णय लिने क्षमतापनि अचम्म लाग्दो हुन्छ । र उनीहरु कुनैपनि काम समयभन्दा पहिलेनै समाप्त गर्ने क्षमताका हुन्छन् ।

 

४. गोलाकार निधार 

 

गोलाकार निधार हुने मानिसहरु जहाँ जान्छन् सवैलाइै खुशी दिने खालका हुन्छन् । उनीहरुको आफ्नो दिमागले धेरै भन्दा धेरै कठिन कार्यपनि गरेरै छाड्ने खालका हुन्छन् । यिनीहरु जीवनप्रति एकदमै सकारात्मक सोच राख्ने गर्छन् ।

 

५. एम आकारको निधार 

 

यस्ता निधार भएकाहरु सपनाको दुनियाँमा जिउने गर्छन् । यिनिहरु आफ्नै दुनियाँमा मस्त रहन्छन् । यी मानिसहरु विचारक जस्ता हुन्छन् ।

 

६. पहाड आकारको निधार

 

जसको निधारको आकार पहाडजस्तो हुन्छ त्यस्ता व्यक्तिहरु सामाजिक हुन्छन् । सरल स्वभावका साथ साथै कसैको पनि मद्धतको लागि सधैँ तत्पर रहन्छन् ।

 

७. सर्प आकारको निधार 

 

जसको निधारको आकार सर्पजस्तो हुन्छ ती व्यक्तिहरु ज्यादै जिद्धि स्वाभावका हुन्छन् । कहिले काहिँ यिनीहरुको जिद्धिको कारण समस्यापनि झेल्नुपर्दछ ।

 

 


थप समाचार

तस्वीरमा हेर्नुहोस् भेडाको सामूहिक बन्ध्याकरण

  • 3 minutes ago
तस्वीरमा हेर्नुहोस् भेडाको सामूहिक बन्ध्याकरण

तिब्बतको उत्तरी भेगमा भेडाको सामूहिक बन्ध्याकरण गर्दै भेडा पालन गर्ने कृषकहरू ।

सुनको भाउ तोलाको ६० हजार

  • 22 minutes ago
सुनको भाउ तोलाको ६० हजार

काठमाडौँ । आज नेपाली बजारमा छापावाल सुन तोलाको ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज तेजावी सुन तोलाको ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यदी मैले खेलाडी छान्न पाइन भने क्लब छोडिदिन्छुः जिदान

  • 30 minutes ago
यदी मैले खेलाडी छान्न पाइन भने क्लब छोडिदिन्छुः जिदान

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले खेलाडी छनोटमा आफू स्वतन्त्र हुनुपर्ने धारणा व्यक्त गरेका छन् । घरेलु लिग ला लिगको अन्तिम खेल अघि शनिबार पत्रकारहरुसँग कुरा गर्दै उनले त्य



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

रोग लाग्न नदिन भिटामिन ‘ए’

रोग लाग्न नदिन भिटामिन ‘ए’

भिटामिन ‘ए’ शरीरलाई अत्यावश्यक रासायनिक यौगिक हो । मानव स्वस्थ्यका लागि ज्यादै कम मात्रामा भिटामिन ‘ए’ आवश्यक हुन्छ । तर, स्वास्थ्य रहन र रोगप्रतिरोधी क्षमता बढाउन त्यो ज्यादै महत्वपूर्ण हुन्छ ।