'सेनाले मदन भण्डारीकाे शव बगाइदिन लागेका थिए'

Education Park

दुई हजार पचास साल जेठ ४ गते । चितवनको चर्को घाम । बिहानको करीब ११ बजेको समयमा गाँजीपुरसँग जोडिएको नारायणी नदीमा माछा मार्न ४ जनाको समूहमा साथीहरुसँग गएका थियौँ । नदीमा माछा मारेर नै हामीहरूको जीवन धान्नुपर्थ्यो । 

 

त्यसबेला नारायणीमा एकदमै धेरै माछा पाइन्थ्यो । छप्की जालमा माछा पर्दै थियो । म अरु साथीभन्दा अघि थिएँ । जाल हान्दै जति अघिअघि जान्थेँ त्यति नै धेरै काभ्रे माछा पर्दै थियो । मेरा आँखा दुई चट्टानका बीचमा एउटा मुढाजस्तो देखिने वस्तुमा पर्‍यो । मलाई त्याे मानिसकाे शव हो कि भन्ने लाग्यो ।

 

साथीहरुलाई शव देखेको खबर गरेँ । शवको नजिकै पुगेँ । घोप्टो अवस्थामा शव अड्किएर बसेको पाएँ । पानीको माथिको सतहभन्दा आधा फिटमा शव डुबेको थियो । अनि साथीहरू र म भएर बाँसको भारोको सहयोगमा नदी किनारमा निकाल्यौँ ।

 

शवलाई ओल्टाइपोल्टाइ हेर्‍यौँ । आँखाको नानीमा बाहेक अन्य ठाउँमा चोट थिएन । शव हेर्दा लाग्थ्यो, उठेर बोल्छ जस्तो । एकदमै फ्रेस । शरीरमा खैरो रङको लामो बाउले सर्ट थियो, पाइण्ट भने थिएन । दुवै खुट्टामा मोजा थिए ।

 

शव पाए पनि मदन भण्डारीको जीप दुर्घटनामा मृत्यु भएको छ भन्ने थाहा थिएन । त्यही बेला चितवन राष्ट्रिय निकुञ्जको गस्तीमा खटिएका चार जना नेपाली सेना आइपुगे । उनीहरूले शव हेरे । सेनालाई मदन भण्डारीको मृत्युबारे थाहा रहेछ ।

 

 

सेनाले शव हेरेपछि कालो छ, कुनै भारतीय हुन सक्छ भने । शवलाई बगाउन लागे । हामीले बगाउन दिएनौँ । जेठ ४ गते शवलाई नदी किनारमै छाडेर घर फर्कियौँ । घरमा बाजेलाई शव भेट्टाएको बताएँ । बाजेले शायद मदन भण्डारीको शव होला भन्नुभयो । उहाँले पुलिसलाई खबर गर्न भन्नुभयो तर पुलिसलाई खबर गर्ने आँट गरिनँ ।

 

जेठ ५ गते कुलो खन्दै थिएँ । दासढुङ्गाबाट एउटा टोली पौडी खेल्न जान्ने मान्छे खोज्दै गाँजीपुर आइपुगेछ । टोलीसँग मेरो बुबाको भेट भएछ । बुबाले छोराहरुले शव भेट्टाएको टोलीलाई जानकारी दिनुभएछ । लगत्तै टोलीसँग हामी काठेडुङ्गा लिएर शव भएको ठाउँ पुग्यौँ । नभन्दै त्यो शव नेता मदन भण्डारीको रहेछ ।

 

डुङ्गामा शव हालेर वारि आयौँ जुन ठाउँमा अहिले मदन भण्डारी स्मृति पार्क बनिरहेको छ । फर्केर आउँदा मान्छे चौरमा अटाएका थिएनन् । ठूलो मेला लागेको जस्तो भीड । अनि पत्रकारहरुले मलाई सोधी खोजी गर्न लागे । जिल्ला प्रशासनबाट आएका कर्मचारीहरुले पनि सोध्न लागे । धेरै दिनसम्म मलाई र मेरा अरु तीन जना साथीलाई घटनाबारे मान्छेहरूले सोधिरहे ।

 

ठूलो मान्छेको शव भेटेकोमा आफूलाई भाग्यमानी र अभागी दुवै ठान्छु । अहिले पनि ती घटनाक्रमहरू मेरो आँखा अगाडि घुमिरहन्छ । अठार वर्षको हुँदा शव भेटेको थिएँ । अहिले ४३–४४ वर्ष पुगेँ । त्यति ठूलो नेताको शव भेटाउँदा मलाई पक्कै सरकारले नेपाली सेनामा जागीर दिन्छ कि भन्ने लाग्यो । त्यस समयमा सिपाहीको शव भेटाउने मान्छेले नेपाली सेनामा जागीर खान पाउँथे । 

 

कुरा पनि चलाएँ तर भएन । अनि म वैदेशिक रोजगारीका लागि साउदी अरब लागेँ । बाह्र वर्ष साउदी बसेर नेपाल फर्किएँ । अहिले विदेशबाट फर्कीएको ११ वर्ष भयो । एउटा ट्रयाक्टर किनेको छु । आर्थिक अवस्था कमजोर नै छ । मसँगै शव भेटाएका किसान ठकुरी नेपालमै छ । श्यामबहादुर थापा मगर साउदी र टेकबहादुर आलेचाहिँ मलेसियामा  छ । 

 

राष्ट्रपति विद्यादेवी भण्डारीसँग पार्ककै विकासको योजनासहित डेलिगेशनमा काठमाडौँ जाँदा भेट भयो । मलाई अरुले शव भेटाउने मान्छे यही हो भनेर चिनाइदिए । म विदेश भएको समयमा मेरो प्रशंसापत्र बुवालाई प्रदान गरिएको रहेछ । अहिले त्यो प्रशंसापत्र जतन गरेर राखेको छु ।

 

मेरो इच्छा भनेको सरकारले गाँजीपुरलाई नमूना बस्तीका रुपमा विकास गरोस् भन्ने छ । अनि अहिले नेकपाकै सरकार छ, स्वर्गीय मदन भण्डारीकी धर्मपत्नी देशको राष्ट्रपति हुनुहुन्छ । मलाई नभए पनि मेरा छोराछोरीलाई अवसर दिए हुन्थो भन्ने लाग्छ ।

 

(मदन भण्डारीकाे शव भेट्ने हेमबहादुर थापा मगरसँग सुरेन कुँवरले गरेको कुराकानीमा आधारित)


थप समाचार

दूध र मासुमा तनहुँ बन्याे आत्मनिर्भर

  • 5 minutes ago
दूध र मासुमा तनहुँ बन्याे आत्मनिर्भर

दमौली । दूध र मासुमा तनहुँ जिल्ला आत्मनिर्भर बनेको छ । पशुपालनतर्फ कृषकहरुको आकर्षण बढेसँगै आवश्यक दूध र मासुजन्य पदार्थको उत्पादन हुँदा जिल्ला आत्मनिर्भर बनेको हो ।

प्रेमीको अर्को प्रेमीका देखेपछि जेनीले गरिन् आत्महत्या

  • 8 minutes ago
प्रेमीको अर्को प्रेमीका देखेपछि जेनीले गरिन् आत्महत्या

काठमाडौँ । काठमाडौँको बालाजुमा एक युवती मृत भेटिएकी छिन् । त्रिपुरेश्वरमा बस्दै आएकी जेनी तामाङ १९ वर्षीय जेनी तामाङ उनको प्रेमीको कोठामा मृत भेटिएकी हुन् । जन्मदिन मनाउन उनी असार ३० गते प्रेम

अरुवा खोलामा डुबेर आठ वर्षीय बालकको मृत्यु

  • 13 minutes ago
अरुवा खोलामा डुबेर आठ वर्षीय बालकको मृत्यु

रौतहट । बौधिमाई नगरपालिका–९ स्थित अरुवा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

बुधबार गर्नुस् यस्ताहरु, फलिफाप हुनेछ

बुधबार गर्नुस् यस्ताहरु, फलिफाप हुनेछ

एजेन्सी । यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ ।

विचित्र विश्व

एउटा कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पारेपछि...

एउटा कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पारेपछि...

एजेन्सी । एउटै कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पारेपछि भारतको जयपुरस्थित घाटगेट इलाकाका मानिसहरु छक्क परेका छन् । यो समाचार बाहिर आए लगत्तै टाढा टाढाबाट मानिसहरु उक्त कुखुरालाई हेर्न जान थालेका छन् ।