Techie IT
२०८१ वैशाख ११, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालजलहरी प्रकरणमा अख्तियारले नयाँ तथ्य फेला पार्‍यो

जलहरी प्रकरणमा अख्तियारले नयाँ तथ्य फेला पार्‍यो


काठमाडौँ। पशुपतिनाथको शिवलिङ्गमा राखिएको सुनको जलहरीमा नयाँ तथ्यहरु भेटिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलहरीको नापतौल र गुणस्तर क्यारेट परीक्षण गर्दा केही नयाँ तथ्यहरु भेटिएको हो।

आइतबार दिउँसो दुई बजेदेखि मन्दिर परिसर पूर्णरूपमा खालि गराई जलहरी निकालेर नापजाँच गर्ने काम सोमबार बिहानमात्र सकिएको छ। जलहरीमा १०७.७६ किलोग्राम सुन प्रयोग हुनुपर्नेमा १०७.४६८७ किलोग्राम पाइएको अख्तियार स्रोतको भनाई छ।

त्यस्तै जलहरीमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी, तत्काली प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन संस्कृतिमन्त्री भानुभक्त ढकाल, तत्कालीन पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव प्रदीप ढकाल, कोषका कोषाध्यक्ष, पशुपतिका मूल भट्ट, अन्य दुई मूल पूजारीसहित १३ जनाको नाम कुँदिएको पाइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषको रोहवरमा पशुपतिनाथ मन्दिरभित्र राखिएको जलहरी नापतौल र परीक्षण गरेको हो।

नापतौलका क्रममा सुनको परिमाण र गुणस्तरबारे कमजोरी पाइएको हो। त्यसको सम्पूर्ण तथ्यहरू अनुसन्धान पूरा भएपछि सार्वजनिक गरिने बताइएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रकम सहितको लकर चोरीको आरोपमा ३ जना पक्राउ

काठमाडौँ । पोखरामा एक अनलाइन डेलिभरीको कार्यालयमा चोरी गरेको आरोपमा कास्की प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा

कतारका अमिर थानी र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्न शीतलनिवास पुगेका छन् । अमिर

कतारका अमिरको स्वागतमा सडकमै सांस्कृतिक प्रस्तुति

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि काठमाडौँका सडकमा राष्ट्रिय पोशाकसहित सांस्कृति प्रस्तुति भएको छ

कतारी अमिर काठमाडौँ आइपुगे

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौँ आइपुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा दुई

जनकपुरको होटेलमा महिला र पुरुष मृत फेला

काठमाडौँ । जनकपुरको रामानन्द चोकमा रहेको होटेल होलिडे एण्ड गेष्ट हाउसमा एक महिला र पुरुष मृत अवस्थामा भेटिएका छन् ।

दैलेखमा बँदेलकाे आक्रमणबाट ७ जना घाइते

काठमाडौँ । दैलेखमा बँदेलको आक्रमणबाट ७ जना घाइते भएका छन् । दैलेखको भैरवी गाउँपालिका– ६ मा बँदेलको आक्रमणमा परी ७

Techie IT