लण्डन आइपुगे पूर्व प्रधानमन्त्री नेपाल 

  • शुक्रबार, ३० कार्तिक, २०७५
  • 2 months ago
  • युके

तस्विरहरु : शिव भण्डारी 

 

लण्डन । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल लण्डन आइपुगेका छन् । 

 

यति नेपाली एशोसिएसनले यहि शनिबार लण्डनमा आयोजना गर्ने च्यारिटी कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी हुन उनी विहिबार राती लण्डन उत्रिएका हुन् । 

 

सोहि कार्यक्रममा प्रस्तुति गर्ने कलाकार मनोज गजुरेल, गायक हेमन्त मोक्तान र मोडल तथा नायिका मरिस्का पोखरेल पनि संगै लण्डन आइपुगेका छन् । 

 

पूर्व प्रम नेपाल र कलाकारहरुको समुह विहिबार राती १० बजे लण्डनको हिथ्रो विमानस्थलमा उत्रिएको थियो ।

 

 

बेलायतस्थित नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी, यति नेपाली एशोसिएसनका पूर्व अध्यक्ष तथा च्यारिटी कार्यक्रम संयोजक उमेशराज मोक्तान, प्रवासी नेपाली मंच यूकेका पूर्व अध्यक्ष राम शरण सिम्खडा , उपाध्यक्ष रामजी बराल  लगायतले  विमानस्थलमा  नेता  नेपाल  र  कलाकारको स्वागत गरे  ।

 

त्यसैगरी सोलिसिटर राजु  थापा , ध्रुब केसी ,  आरके त्रिपाठी,   शशीधर नेपाल , ठाकुर शर्मा  बाचस्पति रेग्मी , जीवन सेन ,  ह्यारी गुरुङ , सिद्धार्थविक्रम क्षेत्री , बिराज भट्ट  , चित्रबहादुर गुरुङ सहित   यति नेपाली एशोसिएसनका पदाधिकारीहरु,  नेकपा कार्यकर्ताहरु , एनआरएन लगायत पनि उनीहरुको स्वागतका लागि  विमानस्थल पुगेका थिए । 

 

पूर्व प्रम नेपाल यहि नोभेम्बर २० मा नेपाल फर्किनेछन् । बेलायतमा रहंदा उनले यहांस्थित पार्टीका संगठन, गोर्खाहरुका संघसंस्था लगायतले गर्ने कार्यक्रममा पनि भाग लिने कार्यक्रम छ ।

 


थप समाचार

स्थानीय तहमा जनप्रतिनिधि आएपछि बढ्न थाल्याे अख्तियारमा उजुरी

  • 25 minutes ago
स्थानीय तहमा जनप्रतिनिधि आएपछि बढ्न थाल्याे अख्तियारमा उजुरी

डोटी । सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा जनप्रतिनिधि आएपछि अनियमितता र भ्रष्टाचारका उजुरी बढी पर्न थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

बाजुराका ९५ बस्ती उच्च जाेखिममा, सूची सार्वजनिक

  • 1 hour ago
बाजुराका ९५ बस्ती उच्च जाेखिममा, सूची सार्वजनिक

बाजुरा । जिल्लाका नौ स्थानीय तहका ९५ बस्ती उच्च जोखिममा रहेका छन् ।

‘परी’ निर्माणको घोषणा, मुख्य भूमिकामा विपिन कार्की

  • 1 hour ago
‘परी’ निर्माणको घोषणा, मुख्य भूमिकामा विपिन कार्की

काठमाडौं । फिल्म ‘परीः उड्न देऊ’ फिल्मको निर्माणको औपचारिक घोषणा भएको छ । यो फिल्मलाई निशान कश्यापले निर्देशन गर्ने भएका छन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

बेझाड । घरायसी आयुर्वेदिक औषधिले निको भएपछि पाल्पाको रामपुर नगरपालिका–५ मटेरी बस्ने सावित्री पङ्गेनीले अन्य औषधि प्रयोग गर्न छाडेका छन् ।