Techie IT
२०८० चैत्र १६, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलएसियाडका लागि नेपाली क्रिकेट टोलीको बिदाइ

एसियाडका लागि नेपाली क्रिकेट टोलीको बिदाइ


काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले चीनको हाङ्जाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा भाग लिन जाने नेपाली क्रिकेट टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेको छ ।
क्यानद्वारा आयोजित बिदाइ कार्यक्रममा क्यानका नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायत क्यानका पदाधिकारीले खेलाडीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे । नेपाली टोली आजै हाङ्जाउ प्रस्थान गर्नेछन् । नेपालले यही असोज १० गते आफ्नो पहिलो खेल मङ्गोलियासँग खेल्ने छ ।
त्यस्तै नेपालले समूह चरणको दोस्रो खेल असोज १४ गते माल्दिभ्ससँग खेल्नेछ । एसियाडमा सहभागिता जनाउने नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलसहित विनोद भण्डारी, आसिफ शेख, कुशल भुर्तेल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, विवेक यादव, सोमपाल कामी, करण केसी, गुल्सन झा, प्रतिश जिसी, अविनाश बोहरा र सन्दीप लामिछाने छन् ।
ललित राजबंशीले भने चोटका कारण प्रतियोगितामा सहभागिता जनाउने छैनन् ।
राष्ट्रिय क्रिकेट टोलीका कप्तान पौडेलले आफनो टोलीले राम्रो अभ्यास गरेको भन्दै प्रतियोगितामा मेडल जित्ने लक्ष्यका साथ मैदानमा उत्रने बताए ।



ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

राष्ट्रिय बक्सिङमा सुस्मा र अस्मिता अन्तिम चारमा

काठमाडौँ । लुम्बिनी प्रदेशकी सुस्मा तामाङ र कर्णाली प्रदेशकी अस्मिता दुवाल छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा सेमिफाइनलमा पुगेका

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल रद्द

काठमाडौँ । नेपाल ए र आयरल्याण्ड ए बीचको टी-२० सिरिजको पहिलो खेल रद्ध भएको छ । लगातारको बर्षाका कारण मैदान

नेपालले महिला एसिया कप क्रिकेट खेल्ने

काठमाडौँ । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार

बहराइनसँग नेपाल ३-० ले पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत बहराइनसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा बहराइनले नेपाललाई

आयरल्यान्ड ‘ए’ माथि नेपालको लगातार दोस्रो जित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० आई खेलमा आयरल्याण्ड वुल्भ्सको ‘ए’ टोलीविरुद्ध लगातार दोस्रो जित निकालेको छ । नेपालले

नेपालले आयरल्याण्ड ‘ए’ लाई दियो १९९ रनको लक्ष्य

काठमाडौँ । नेपाले आयरल्याण्ड वुल्भ्सको ‘ए’ टोलीलाई जितका लागि १९९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस

Techie IT