IIMS College

ISMT

HUB Education

बलिउडकी रानी मधुबालाको जीवनका १० महत्वपूर्ण मोड

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । ८५ वर्षअघि जन्मिएकी मधुबालाको नाम हिन्दी सिनेजगतमा ती अभिनेत्रीहरूको लहरमा आउँछ जस्ले सिनेमाको सम्पूर्ण रंगहरूमा रंगिएर आफ्नो जीवन अर्पित गरे ।

 

मधुबालालाई उनको अभिनयको साथसाथै उनको अद्भुत सुन्दरताको लागि पनि सम्झिने गरिन्छ । बलिउडमा उनलाई ‘क्विन्स अफ इन्डियन सिनेमा’ र ‘द ब्युटी अफ ट्रेजेडी’ जस्ता नामहरूले समेत चिनिन्छ ।

 

मधुबालाको जन्म सन् १९३३ को फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डेको दिन दिल्लीमा भएको थियो । उनको बाल्यकालको नाम मुमताज जहां देहलवी राखिएको थियो । मधुबालाका पिताको नाम अताउल्लाह र माता आयशा बेगम थिए । पेशावरको एक तम्बाकु फ्याक्ट्रीको नोकरी छोडर उनका पिता मुम्बई आएका थिए, जहाँ मधुबालाको जन्म भएको थियो ।

 

१) भ्यालेन्टाइन डेको दिन जन्मिएकी मधुबालाको प्रत्येक अभिनयमा प्रेम झल्किन्थ्यो । बाल्यकालदेखि नै सिनेमामा अभिनय गर्ने उनको इच्छा थियो, जुन अन्ततः पुरा भएको थियो । मधुबालाले आफ्नो फिल्मी करियरको सुरुवात सन् १९४२ मा ‘बसन्त’ फिल्मबाट गरेकी थिइन् । यो फिल्म सुपरहिट भएको थियो । 

 

२) मधुबालाको अभिनय देखेर त्यतिबेलाकी चर्चित अर्की अभिनेत्री देविका रानी अत्याधिक प्रभावित भएकी थिइन् । देविका रानीले नै मुमताज जेहान देहलवीलाई आफ्नो नाम बदलेर ‘मधुबाला’ राख्न सुझाव दिएकी थिइन् ।

 

३) सन् १९४७ मा आएको फिल्म ‘नील कमल’ मुमताजको नामबाट खेलिएको उनको अन्तिम चलचित्र थियो । त्यसपश्चात् उनी मधुबालाको नामबाट चिनिन थालिन् । राजकपुरसँग यस चलचित्रमा काम गर्दा उनी लगभग १४ वर्षको मात्रै थिइन् ।

 

४) ‘नील कमल’ चलचित्रमा अभिनय गरेपछि मधुबालालाई ‘सिनेमाकी सौन्दर्य देवी’ भन्न थालियो । यसको दुई वर्षपछि उनले बम्बे टाकिजको फिल्म ‘महल’मा अभिनय गरिन् । उक्त फिल्मको सफलता पश्चात् मधुबालाले पछाडी फर्केर हेर्नुपरेन । त्यतिबेलाका एकसेएक लोकप्रिय अभिनेताहरूका साथ उनको एकपछि अर्को फिल्म आइरह्यो ।

 

५) मधुबालाले त्यो समयका सफल अभिनेताहरू अशोक कुमार, रहमान, दिलीप कुमार र देवानन्दसँग काम गरिन् । सन् १९५० को दशकपछि उनका केही फिल्महरू असफल पनि भए । असफलता भोगिरहेका बेला आलोचकहरूले उनलाई प्रतिभाका कारणले नभई सुन्दरताको कारणले मात्रै फिल्म हिट भएको भन्ने जस्ता आरोप समेत लगाए ।

 

६) आरोपहरूका बाबजूद मधुबाला कहिल्यै निराश भइनन् । थुप्रै फिल्महरू फ्लप भएपश्चात् उनले सन् १९५८ मा फेरि एकचोटी आफ्नो प्रतिभा साबित गरिन् । त्यस वर्ष उनले ‘फागुन’, ‘हावडा ब्रिज’, ‘कालापानी’ र ‘चलतीका नाम गाडी’ जस्ता सुपरहिट फिल्महरू दिएकी थिइन् ।

 

७) सन् १९६० को दशकमा मधुबाला एक भयानक रोगबाट पीडित भइन् । विवाहपश्चात् मधुबाला आफ्नो रोगको उपचारका लागि पतिसहित लण्डन गइन् । लण्डनमा उनलाई चिकित्सकले हेर्ने बित्तिकै दुई सालभन्दा बढी नबाँच्ने घोषणा गरिदिए ।

 

८) चिकित्सको सो घोषणाका बाबजूद लगातारको परीक्षणबाट मधुबालाको मुटुमा प्वाल रहेको र सोही कारण उनको शरिरमा रगतको मात्र बढ्दै गएको पत्ता लाग्यो । यो रोगसँग हार मानेर चिकित्सकले मधुबाला शल्यक्रियापश्चात् पनि धेरै समय बाँच्न नसक्ने निश्कर्षमा पुगे । यसैकारण उनले अभिनय छोडिन् र निर्देशनमा हात हालिन् ।

 

९) सन् १९६९ मा मधुबालाले दुई फिल्म ‘फर्ज’ र ‘इश्क’को निर्देशन गर्न चाहेकी थिइन्, तर यी दुवै फिल्म बन्न सकेन । यसै वर्ष आफ्नो ३६औं जन्मदिन मनाएको नौ दिन पश्चात् २३ फेब्रुअरी, १९६९ मा असाधारण सौन्दर्यकी खानी मधुबालाको इहलीला समाप्त भयो ।

 

१०) मधुबालाले लगभग ७० भन्दा धेरै फिल्ममा काम गरिन् । उनले ‘फुलबारी’, ‘नील कमल’, ‘पराई आग’, ‘अमर प्रेम’, ‘महल’, ‘इम्तिहान’, ‘अपराधी’, ‘मधुबाला’, ‘बादल’, ‘गेटवे अफ इण्डिया’, ‘जाली नोट’, ‘शराबी’ र ‘ज्वाला’ जस्ता चलचित्रहरू आफ्नो अभिनयको जादूगरीले दर्शकहरूलाई कायल बनाएकी थिइन् ।


थप समाचार

विप्लवका दुई कार्यकर्ता पक्राउ

  • 20 minutes ago
विप्लवका दुई कार्यकर्ता पक्राउ

तुलसीपुर । प्रहरीले दाङबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले विप्लव समूहका दाङ बबई गाउँपालिकाका एरिया इन्चार्ज निमबहादुर डाँगीलाई शनिबार १ः१५ बजेतिर बबई–५ ट्

हाजार्डको दाजुभाई र लुकाकुले गोल गर्दा बेल्जियमद्वारा रसिया पराजित

  • 22 minutes ago
हाजार्डको दाजुभाई र लुकाकुले गोल गर्दा बेल्जियमद्वारा रसिया पराजित

एजेन्सी । युरो छनोट अन्तर्गत बेल्जियमले रसियालाई पराजित गरेको छ । शनिबार राति सम्पन्न खेलमा बेल्जियमले रसियालाई ४–१ गोलले पराजित गरेको हो ।

पानी चोरेको आरोपमा उजुरी !

  • 34 minutes ago
पानी चोरेको आरोपमा उजुरी  !

एजेन्सी । मुम्बईस्थित आजादनगर प्रहरी चौकीमा पानी चोरेको आरापमा ६ जना बिरुद्ध उजुरी परेको छ । उनीहरुमा आरोप लागेको छ की, पछिल्लो ११ वर्षमा दुई इनार खनेर ७३ करोड भारु भूमिगत पानी चोरेका छन् ।



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

किसमीस सेवन गर्नुका फाइदाहरु

किसमीस सेवन गर्नुका फाइदाहरु

एजेन्सी । धेरै मानिसलाई किसमिस मन पर्छ । यो मिठो मात्र हुँदैन स्वास्थ्यको लागि अति नै प्रभावकारी हुन्छ । शरीरका महत्वपूर्ण अङ्गहरूलाई स्वस्थ र तन्दुरुस्त राख्न रातभरि किसमिस भिजाएर बिहान सेवन गर्न चिकित्सकहरू सल्लाह दिन्छन् ।

विचित्र विश्व

पानी चोरेको आरोपमा उजुरी !

पानी चोरेको आरोपमा उजुरी  !

एजेन्सी । मुम्बईस्थित आजादनगर प्रहरी चौकीमा पानी चोरेको आरापमा ६ जना बिरुद्ध उजुरी परेको छ । उनीहरुमा आरोप लागेको छ की, पछिल्लो ११ वर्षमा दुई इनार खनेर ७३ करोड भारु भूमिगत पानी चोरेका छन् ।