माडी पुग्ने पर्यटककाे राेजाइमा मगर हाेमस्टे

फाइल फाेटाे

चितवन । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने माडीमा पुग्ने पर्यटकको रोजाइमा त्यहाँ रहेको घरबास (होमस्टे) हुने गरेको छ । 

 

माडी नगरपालिका वडा नं. ८ मा रहेको अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे (मगर होमस्टे) ११ घरपरिवारले सञ्चालन गर्दै आएका छन् ।

 

परम्परागत खानासँगै संस्कृति र कलाको आनन्द त्यहाँको घरबासमा लिन सकिन्छ । सो क्षेत्रमा रहेका निजी होटलको भन्दा कम खर्चमा राम्रो सुविधा पाउने भएपछि माडी छिर्नेहरु त्यहाँको घरबासमा आकर्षित हुने गरेका छन् । 

 

होमस्टे व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर पुनमगरका अनुसार एउटा घरमा दुई वटा कोठामा तीन जनाका दरले छ जना बस्न सक्ने क्षमता रहेको छ । सबै कोठामा सँगै शौचालय, तातोपानी जस्ता आवश्यक सुविधा रहेका छन् । 

 

पर्यटकीय दृष्टिले प्रचुर सम्भावना बोकेको माडी क्षेत्र निकुञ्ज र चुरे पहाडको बीचमा पर्दछ । प्राकृतिक सुन्दरतासँगै धार्मिक र कृषि क्षेत्रको अवलोकन गर्न पनि यहाँ पर्यटक आउने गर्दछन् । 

 

वि.सं. २०७२ मा शुरु भएको घरबासको बीच भागमा ठूलो सामुदायिक भवन रहेको छ । जहाँ मगर जातिको पहिचान झल्कने सांस्कृतिक कार्यक्रम देखाइन्छ । ठूलो समूहमा पाहुनाको उपस्थिति हुँदा खाना पकाउने व्यवस्थासमेत सामुदायिक भवनमै हुने मगरले बताए । 

 

अध्यक्ष मगरले पाहुना धेरै आएपछि उत्साहित हुँदै भने, ‘हालसम्म हामीले १० हजार ४०० पाहुनाको स्वागत गरिसकेका छौँ ।’ घरबासमा आउनेलाई मगर समुदायले फूलमालाले स्वागत गर्ने गर्दछन् । 

 

उनका अनुसार देशैभरबाट घरबासमा पाहुना आउन थालेका छन् । माडी छिर्ने पर्यटक निजी होटल छोडेर घरबासमा बस्ने गरेको मगरको भनाइ थियो । 

 

साविक अयोध्यापुरी गाविसका अध्यक्ष पूर्णभद्र पनेरु यहाँ आउने पर्यटकको बसाइँको पहिलो छनोट अयोध्यापुरी मध्यवर्ती सामुदायिक घरबास बन्ने गरेको बताउँछन् । 

 

म्याग्दी, पर्वतबाट बसाइँ सरी यहाँ आएका पुनमगर समुदायको घरबासमा सोरठी, मारुनीसमेतको आनन्द लिन पाइन्छ । पर्या–पर्यटनसँगै धार्मिकरुपमा वैकुण्ठ ताल हेर्न आउने पनि यहीको घरबास पुग्छन् । 

 

शुरुमा अयोध्यापुरी मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाले एउटा घरबासलाई रु. तीन लाखका दरले बिनाधितो ऋण दिएर शुरु गरिएको हो । 

 

सो सहकारीका अध्यक्षसमेत रहेका पनेरुका अनुसार घरबास सञ्चालन गर्नेलाई तालीमसमेत दिइएको छ । पछि तराई भूपरिधि कार्यक्रम (ताल) ले स्तरोन्नतिका लागि आर्थिक सहयोग गरेको छ । तालले एक परिवारलाई घरबास व्यवस्थित गर्न रु. दुई लाख ५० हजार हाराहारी खर्च गरेको पनेरुले जानकारी दिए । व्यवस्थित पलङ, कोठाको सजावट, शौचालय, तातोपानी लगायतमा तालले सहयोग गरेको हो । 

 

घरबासमा हालै मात्र नेपालका लागि अष्ट्रेलियन राजदूतले भ्रमण गरी आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको अध्यक्ष मगरले बताए । 

 

घरबास सञ्चालक तुलबहादुर पुन मगर बजारको भन्दा सस्तो र सुलभ मूल्यमा खान, बस्न पाउने भएपछि पर्यटक आउने गरेको बताउँछन् । 

 

बजारमा कोठाको रु एक हजारदेखि रु एक हजार ५०० सम्म पर्ने भए पनि घरबासमा रु. ६०० मा बस्न पाइने उनले बताए । खानामा पनि बजारको भन्दा सस्तो मूल्यमा खुवाउने उनको भनाइ थियो । 

 

उनले भने, ‘बजारमा बस्नुभन्दा घरबासमा बस्नु सस्तो र खाना स्वस्थकर भएकाले पर्यटकको आगमन बढेको छ ।’ 

 

घरायसी काम गरेर घरबासबाट मात्रै रु. ३० देखि ३५ हजारसम्म मासिक कमाई हुँदै आएको मगरले बताए । घरबासमा रु. २५० मा खाना खुवाउने गरिएको छ ।

 

घरमै पालेका स्थानीय जातको हाँस, कुखुराको मासु खुवाईन्छ । घरबासका लागि दुई जनालाई स्थानीय जातको कुखुरा पाल्न र दुई जनालाई तरकारी खेती गर्नसमेत सहयोग गरिएको छ ।


थप समाचार

कैलालीमा बसको ठक्कर र आगलागीबाट एक/एक घाइते

  • 4 minutes ago
कैलालीमा बसको ठक्कर र आगलागीबाट एक/एक घाइते

कैलाली । कैलालीको घोडाघोडीमा बसको ठक्करबाट एकजना आज बिहान एक साईकलयात्री गम्भीर घाईते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको से १ क १९९५ नम्बरको बसले घोडाघोडी नगरपालिका–२ को पाण्डे चोकस्थित ठक्कर

रन–वे बनिसकेपछि यस्तो देखियो पोखरा अन्तराष्ट्रिय विमानस्थल

  • 10 minutes ago
रन–वे बनिसकेपछि यस्तो देखियो पोखरा अन्तराष्ट्रिय विमानस्थल

पाेखरा । पोखरा अन्तराष्ट्रिय विमान स्थलको काम तिब्रताका साथ अगाडि बढी रहेको छ । पछिल्लो रिपोर्ट अनुसार हालसम्म विमानस्थलको ३० प्रतिशत काम सकिसकेको छ । हाल एप्रोन निर्माण भइसकेको छ भने मुख्य टर्मिनल भव

नेपाली कम्युनिष्टको ७० वर्षे फुट यात्रा

  • 20 minutes ago
नेपाली कम्युनिष्टको ७० वर्षे फुट यात्रा

काठमाडौँ । ७० वर्षको नेपाली कम्युनिष्टको यात्रामा आज देशभर विभिन्न उत्साहमुलक कार्यक्रम भइरहेका छन् । २००६ वैशाख ९ मा पुष्पलालको नेतृत्वमा स्थापना गरेको नेपाल



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

वि.सं.२०७६ साल वैशाख ०९ गते । सोमबार । ईश्वी सन् २०१९ अप्रिल २२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि तृतीया, २० घडी ३७ पला, दिउसो ०१ बजेर ५० मिनेट उप्रान्त चतुर्थी । नक्षत्र अनुराधा, ३४ घडी १० पला,बेलुकी ०७ बजेर १५ मिनेट उप्रान्त ज्येष्ठा । योग व्यातिपात,०० घडि ३७ पला,बिहान ०५ बजेर ५० मिनेट उप्रान्त वरियान ।

विचित्र विश्व

ब्रेकअपपछि युवतीहरुले गर्छन् यस्ता अजबगजबका हर्कतहरु

ब्रेकअपपछि युवतीहरुले गर्छन् यस्ता अजबगजबका हर्कतहरु

माया एउटा मिठो आभास हो । कसैको मायामा परिन्छ भने एक झलक पाउन पाए संसार जितेजस्तै भावनाहरु मनमा बारम्बार आइरहन्छन् । तर, धेरैको माया सजिलै बस्छ पछि सम्बन्ध बिग्रदै गएपछि एकाअर्काप्रति दोषारोपण गर्ने बानी पर्छ । माया लगाउन त सजिलो छ तर निभाउन साह्रै गाह्रो ।