थारू र मगर बस्तीमा बढ्याे माघे सङ्क्रान्तिकाे चहलपहल

बर्दिवास । माघे सङ्क्रान्ति नजिकिएसँगै महोत्तरी जिल्लाका आदिवासी थारु जाति र मगर बस्तीमा चहलपहल बढेको छ । 

 

पर्वको तयारीमा अन्य जातजाति पनि लागे पछि यसलाई मुख्य पर्व नै मान्ने तराईका आदिवासी थारु र मगर बस्तीमा माघसङ्क्रान्ति पर्वको रौनक छाएको हो । 

 

थारुले ‘माघी’ भन्ने यस पर्वका लागि माछाको सिद्रा, खसी, हाँस, कुखुरासहितका मासु परिकारको जोहो गरेका छन् । पर्वका लागि छोरीचेली, ज्वाइँचेला र भाञ्जाभाञ्जी डाकिएका छन् । 

 

त्यसैगरी जिल्लाको बर्दिवास, औरही र गौशाला नगरपालिका क्षेत्रमा सघन बसोबास रहेका मगरले पनि थारुजस्तै पर्वको जोहो गर्दै आफन्तलाई डाकेका छन् । 

 

पर्व नजिकिँदै गर्दा थारु र मगर बस्तीमा टाढाटाढा काममा गएकाहरु घर आउने क्रम जारी छ । जिल्लामा भङ्गाहा नगरपालिकाका सबैजसो बस्ती थारु बसोबास बाहुल्यताका छन् भने गौशाला नगरपालिकाका निगौल, बिसरपुर र रामगोपालपुर नगरपालिकाको विश्वम्भरपुर थारु बसोबासका बस्ती हुन् । 

 

थारु र मगरबाहेक हिन्दू परम्परा मान्ने अन्य जातजाति पनि यहाँ तिलासक्रायत भनिने माघेसङ्क्रान्ति पर्वको तयारीमा जुटेका छन् । पर्व मुखमै आइपुग्दा जिल्लाका बजारमा पर्व विशेषका सामग्रीको बजार जमेको छ । महोत्तरीसहितका मिथिला क्षेत्रमा यो पर्वमा खास महत्वको मानिने तील, सख्खर (मिठ्ठा), चिउरा र मुरीको बजार जमेको हो । 

 

तिलासक्रायत पर्वमा तील, चिउरा र मुरीका लाई (लड्डु) बनाएर कूलदेवतालाई चढाइ इष्टजनसँगै खाने, खुवाउने मैथिल परम्परा छ । यो परम्पराले अहिले पर्वविशेषमा चाहिने सामग्रीको बजार जमेको हो । 

 

खास पर्वले चिउरा र मुरीको मूल्यमा खासै फरक नआए पनि तील र सख्खरको मूल्य भने आकासिएको छ । यसअघि प्रतिकिलो १५० देखि २०० सम्म पाइने तील अहिले जिल्लाका बजारमा ३५० सम्म र सख्खर प्रतिकिलो १०० सम्म पुगेको बजारु उपभोक्ताले बताएका छन् । 

 

तिलासङ्क्रान्ति पर्व नजिकिँदै आउँदा सर्वसाधारण उपभोक्ता चर्को मूल्यमा पर्ने भए पनि महोत्तरीका तील र उखु किसानले भने थोरै राहत महसुस गरेका छन् । 

 

जग्गामा तील थोरै उत्पादन हुने हुँदा अहिले पाएको मूल्यले अन्यबाली सरह रकम प्राप्त हुनुले केही सन्तोष दिलाएको तील उत्पादक किसान बताउँछन् । 

 

एक दशक पहिलेसम्म १०० हेक्टरसम्म क्षेत्रफलमा हुँदै आएको तीलखेती त्यसयता घट्दै गएर अब त कसैकसैले थोरै पाखो बारीमा मात्र लगाउने स्थितिमा पुगेको छ । 


थप समाचार

रसायनिक कारखाना विस्फोट, ६४ जनाको मृत्यु

  • 6 minutes ago
रसायनिक कारखाना विस्फोट, ६४ जनाको मृत्यु

बेइजिङ । पूर्वी चीनको जिआङसु प्रान्तमा अवस्थित एक रसायनिक कारखाना विस्फोटमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्यामा शनिबार ६४ पुगेको छ ।

भ्रष्टाचार आरोपी मिसेलद्धारा बयान दिन अस्विकार

  • 11 minutes ago
भ्रष्टाचार आरोपी मिसेलद्धारा बयान दिन अस्विकार

रियो डि जानेरो । भ्रष्टाचारको आरोपमा पक्राउ परेका ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमरले बयान दिन अस्विकार गरेका छन् ।

प्रमुख दल बिनाको भोलिको निर्वाचनबाट थाइल्याण्डले पाउला त निकास ?

  • 14 minutes ago
प्रमुख दल बिनाको भोलिको निर्वाचनबाट थाइल्याण्डले पाउला त निकास ?

काठमाडौ । प्रमुख पार्टीको सहभागिता बिना नै थाईल्याण्डमा आइतबार बहुप्रतिक्षीत निर्वाचन हुन लागेको छ । सैन्य प्रमुखको नेतृत्वमा चलेको सरकारलाई निर्वाचनमार्फत् लोकतान्त्रिक सरकारमा परिणत गराउने प्रयास स्



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

नेपालीहरुको किड्नी बिग्रिने प्रमुख कारणहरु

नेपालीहरुको किड्नी बिग्रिने प्रमुख कारणहरु

एजेन्सी । किड्नी खराब हुनुका कारणमा सबैभन्दा पहिले हाम्रा कतिपय खराब बानीहरु पहिलो नम्बरमा पर्छन् । यसका अन्य कारणहरु पनि छन् तर हाम्रा बानीहरुको पनि किड्नीमा ठूलो प्रभाव पर्न सक्ने हुनाले त्यस्त बानीहरु थाहा पाइराखेको राम्रो । त्यसैले आज हामी तपाईहरुलाई त्यस्ता बानीहरुबारे सचेत गराउन जाँदैछौं ।

विचित्र विश्व

अनौठा ५ शिक्षक जसबारे तपाईंलाई थाहा नहुन सक्छ

अनौठा ५ शिक्षक जसबारे तपाईंलाई थाहा नहुन सक्छ

दुई कक्षालाई पढाउने माइकल बोनरले आफ्ना विद्यार्थीलाई कसरी पढाईप्रति आकर्षक बनाउने भन्ने उपाय खोजिरहेका थिए । यसैक्रममा उनले एउटा अनौठो प्रस्ताव विद्यार्थीहरुसमक्ष राखे र यसको परिणाम पनि सोचेजस्तै आएको छ ।