IIMS College

ISMT

HUB Education

रोजगारीको थलो बन्यो महाकालीको बगर

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 भीमदत्तनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लाकी ५० वर्षीया विमला महताको दिन महाकाली नदीको बगरमै मजदूरी गर्दै बित्ने गर्छ । पारिवारिक अवस्था कमजोर भएकाले तीन वर्षदेखि बस्ती छेउमै बगिरहेको महाकालीको बगरमा बालुवा र गिट्टी छानेर परिवारको खर्च चलाउन लागिपरेको महताको भनाइ छ । 

 

उनको परिवारको आम्दानीको स्रोत भनेकै बालुवा बनेको छ । “आपूmसित भएको चार कठ्ठा खेत पनि चार वर्षअघि आएको बाढीले बगाइदियो” उनले भनिन्, “गरिबीले च्यापेपछि छाक टार्न दिनभरि बालुवा छाल्नु नियति नै बन्यो ।” दिनभरिको मजदुरीले साँझबिहान हातमुख जोर्नु नै उनको लागि मुख्य चुनौती रहेको छ ।

 

महताजस्तै यतिबेला महाकाली तटीय क्षेत्रका सयौँ बासिन्दा महाकालीको बगरमा मजदूरी गरिरहेका भेटिन्छन् । “असोजदेखि जेठ मसान्तसम्मका लागि हाम्रो रोजगारी स्थल भनेकै महाकालीको बगर हो ।” खल्लाका मनोज लावडले भने, “बगरकै कमाइले बच्चाको स्कूल खर्च चलाउन सकिएको छ । विदेश जानुभन्दा यहीँको बालुवामा भाग्य खोज्नु उपयुक्त ठानेँ ।”

 

गाउँका प्रायः बेरोजगार स्थानीयबासी दैनिक बिहानदेखि साँझ अबेरसम्म बालुवा छान्न र गिटी कुट्नमै व्यस्त हुने गरेको लावडको भनाइ छ । “गिट्टीको प्रतिट्रली रु तीन हजार र बालुवाको रु एक हजारमा बगरमै बिक्री गछौँ ।” उनले भने, “अहिले भारत जानेको सङ्ख्याभन्दा बगरमै काम गर्नेहरु बढ्दै गएको छ ।” आफूहरुले छानेर निकालेको बालुवा बिक्रीको समस्या भने उनीहरु बताउँछन् । ठेकेदारहरुले खोलामै आएर बालुवा किन्ने गरेका छन् । 

 

त्यसैगरी भीमदत्त नगरपालिका वडा नं ११, १२ र १३ को क्षेत्रमा पनि बगरमा गिट्टी छान्नेको भीडभाड नै छ ।  भीमदत्त नगरपालिकाको ऐरी घाटमा एक दशकदेखि मजदुरी गर्दै आएकी कलावती खड्काले पनि बगरको मजदुरीबाट घर खर्च टरेको बताइन् । “गिट्टी र बालुवामा कडा मेहनत गरी प्राप्त आम्दानीले छोराछोरीलाई क्याम्पस पढाउन सकेकी छु,” उनले भनिन्, “श्रीमान भारतमा मजदुरी गर्नुहुन्छ । अब उहाँलाई पनि घरमै फर्केर केही व्यवसायमा लगाउने सोच बनाएको छु ।”

 

त्यसैगरी महाकाली नदीमा हिउँदको समयमा मजदुरी गर्न जिल्लाका अन्य क्षेत्रबाट पनि आउने गरेका छन् । “जग्गा छैन बालुवा बेचेर घरखर्च चलाउनुपर्छ ।” खड्काले भनिन्, “सरकारले अन्य कुनै सीपमूलक तालीम दिएको भए यहाँ बालुवासित सङ्घर्ष गर्नुपर्ने अवस्था आउने थिएन ।” 

 

त्यसैगरी भीमदत्त नगरपालिका–१२ का तुलसी औजी पनि हरेक दिनजसो महाकाली बगरमै मजदुरी गरिरहेको अवस्थामा भेटिन्छन् । “बगरमै गरिएको मेहनतले परिवार धानिएको छ” औजीले भनिन्, “गरिबीले बगरमा मजदुरी गर्न नआएको दिन छाक टार्नै सकस हुन्छ ।” बिदाको दिनमा बालबच्चा पनि उनीहरुसँगै बगरमा काम गर्न आउने गर्दछन् ।

 

महाकाली बगर नै हामीहरुको रोजगारीको थलो बनेको छ । नदीले बगाएर ल्याएको बालुवामा नै हामी भविष्य खोज्दैछौँ ।” उनले बगरमा नौ महिना काम गर्दा रु ४० हजार कमाइ हुने गरेको बताइन् । भारतमा मजदुरी गर्न जाँदा त्यति कमाइ गर्न कठिन हुने उनको भनाइ छ ।


थप समाचार

'जुन देशको पनि पहिलो काम त आफ्ना नागरिकको ज्यान बचाउने नै हो'

  • 45 minutes ago
'जुन देशको पनि पहिलो काम त आफ्ना नागरिकको ज्यान बचाउने नै हो'

काठमाडाैँ । शुक्रबार अपराह्न भैँसेपाटीस्थित निवास पुग्दा उहाँले चिनियाँ सरकारका प्रतिनिधि, प्राध्यापक र चिकित्सकहरुबाट बधाई ग्रहण गरिरनुभएको थियो । उहाँको वीच्याट अकाउन्टमा निरन्तर फोनको घन्टी बजिरहेप

नेपालमा एक दिनमै तीन जना नयाँ कोरोना भाइरस संक्रमित फेला परे

  • 1 hour ago
नेपालमा एक दिनमै तीन जना नयाँ कोरोना भाइरस संक्रमित फेला परे

काठमाडौँ । नेपालमा एक दिनमै तीन जना नयाँ कोरोना भाइरस संक्रमित फेला परेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप तीनजनामा कोरोना संक्रमित भेटिएको पुष्टि गरेको हो ।

अष्ट्रेलियामा नेपालीको सहयोग गर्दै नेपाली

  • 1 hour ago
अष्ट्रेलियामा नेपालीको सहयोग गर्दै नेपाली

सिड्नी । पछिल्लो समय कोरोना भाइरसका कारण अष्ट्रेलियामा रहेका नेपालीहरुलाई कठिन अवस्थाबाट गुज्रिनु परेको छ । अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई प्रधानमन्त्री स्कट मोरिसनले दिएको टिप्पणीले पनि धेरै विद्या



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज शनिबारः वास्तुशास्त्र भन्छ, कुनै काम सुरु नगर्नुहोस्

आज शनिबारः वास्तुशास्त्र भन्छ, कुनै काम सुरु नगर्नुहोस्

काठमाडाैँ । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।