Techie IT
२०८१ वैशाख ८, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलनेदरल्यान्ड्सले नामिबियालाई हरायो

नेदरल्यान्ड्सले नामिबियालाई हरायो


काठमाडौँ । नेदरल्यान्ड्सले नामिबियालाई ५९ रनको फराकिलो अन्तरले हराएको छ । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला अन्तर्गत कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेदरल्यान्ड्स विजयी भएको हो ।

नेदरल्यान्ड्सले दिएको २४८ रनको विशाल लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ७ विकेट गुमाएर १८८ रनमात्र बनाउन सक्यो ।

नामिबियाका जान फ्राइलिन्क र जेन ग्रीनले समान ४२ रन बनाए । नेदरल्यान्ड्सका टिम भान डेर गुग्टेनले २ विकेट लिए ।

टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले २४८ रन बनाएको थियो । नेदरल्यान्ड्सका माइकल लेभिटले शतक बनाए । लेभिट ६२ बलमा १३५ रन बनाएर आउट भए । यस्तै साइब्रान्ड एन्गेलब्रेच्टले ७५ रन बनाए । लेभिट र एन्गेलब्रेच्टले दोस्रो विकेटका लागि १ सय ९३ रनको कीर्तिमानी साझेदारी गरे । नामिबियाका रुबेन ट्रम्पेलमानले २ विकेट लिए ।

जितसँगै नेदरल्यान्ड्स २ खेलमा ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । नामिबिया २ अङ्कसहित दोस्रो स्थानमा छ । २ वटै खेल हारेको नेपाल पुछारमा छ ।

भोलि नेपाल र नामिबियाबीच खेल हुनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दै

काठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश

एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्

अपराजित रहँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । साउदी अरेवियालाई ६ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामा बुधवार पक्राउ परेका हुन्

Techie IT