महिला टी–२० स्मास क्रिकेटः चीन र नेपालबीच खेल सुरु

काठमाडौँ । आजदेखि थाइल्याण्डमा हुने महिला टी–२० स्मास क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र चीनबीचको खेल भर्खरै शुरु भएको छ । 

 

थाइल्याण्डको बैंककमा चीनविरुद्ध नेपालले टस जितर पहिले फिल्डिङ रोजेको छ । थाइल्याण्ड क्रिकेट एशोसिएसनले आयोजना गरेको प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले चीनसँग प्रतिस्पर्धा गर्न लागेको हो । 

 

उक्त प्रतियोगिताका लागि नेपाली टोली शुक्रबार थाइल्याण्ड पुगिसकेको छ । उपाधि जित्ने लक्ष्य लिएको नेपाल चीनलाई हराएर सुखद् शुरुआत गर्ने लक्ष्यसहित मैदानमा उत्रने मुख्य प्रशिक्षक विनोद दासले जानकारी दिए । 

 

नेपाली टोलीमा १४ सदस्यीय खेलाडीसहित मुख्य प्रशिक्षक विनोद दास, म्यानेजर अमृता पौडेल र फिजियो सकुना डानी सहभागी छन् । 

 

रुविना क्षेत्री ९वेलवासे०को कप्तानीमा रहेको नेपाली टोलीमा सीता राना मगर ९उपकप्तान०, करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती विडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, डोली भट्ट, ममताकुमारी चौधरी र विन्दु रावल तथा वैकल्पिक खेलाडीमा रितुकुमारी कनोजिया, सुमन विष्ट र सब्नम राई छन् । 

 

उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभगिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित चीन, संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र थाइल्याण्ड छन् भने समूह ‘बी’ मा हङ्कङ, थाइल्याण्ड, इण्डोनेसिया, भूटान र म्यान्मा छन् । 

 

नेपालले आफ्नो दोस्रो खेल यही पुस २९ गते मलेसियासँग, तेस्रो खेल ३० गते संयुक्त अरब इमिरेट्स ९युएई०सँग खेल्ने छ भने अन्तिम खेल माघ २ गते थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । 

 


थप समाचार

रसायनिक कारखाना विस्फोट, ६४ जनाको मृत्यु

  • 21 minutes ago
रसायनिक कारखाना विस्फोट, ६४ जनाको मृत्यु

बेइजिङ । पूर्वी चीनको जिआङसु प्रान्तमा अवस्थित एक रसायनिक कारखाना विस्फोटमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्यामा शनिबार ६४ पुगेको छ ।

भ्रष्टाचार आरोपी मिसेलद्धारा बयान दिन अस्विकार

  • 26 minutes ago
भ्रष्टाचार आरोपी मिसेलद्धारा बयान दिन अस्विकार

रियो डि जानेरो । भ्रष्टाचारको आरोपमा पक्राउ परेका ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमरले बयान दिन अस्विकार गरेका छन् ।

प्रमुख दल बिनाको भोलिको निर्वाचनबाट थाइल्याण्डले पाउला त निकास ?

  • 29 minutes ago
प्रमुख दल बिनाको भोलिको निर्वाचनबाट थाइल्याण्डले पाउला त निकास ?

काठमाडौ । प्रमुख पार्टीको सहभागिता बिना नै थाईल्याण्डमा आइतबार बहुप्रतिक्षीत निर्वाचन हुन लागेको छ । सैन्य प्रमुखको नेतृत्वमा चलेको सरकारलाई निर्वाचनमार्फत् लोकतान्त्रिक सरकारमा परिणत गराउने प्रयास स्



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

नेपालीहरुको किड्नी बिग्रिने प्रमुख कारणहरु

नेपालीहरुको किड्नी बिग्रिने प्रमुख कारणहरु

एजेन्सी । किड्नी खराब हुनुका कारणमा सबैभन्दा पहिले हाम्रा कतिपय खराब बानीहरु पहिलो नम्बरमा पर्छन् । यसका अन्य कारणहरु पनि छन् तर हाम्रा बानीहरुको पनि किड्नीमा ठूलो प्रभाव पर्न सक्ने हुनाले त्यस्त बानीहरु थाहा पाइराखेको राम्रो । त्यसैले आज हामी तपाईहरुलाई त्यस्ता बानीहरुबारे सचेत गराउन जाँदैछौं ।

विचित्र विश्व

अनौठा ५ शिक्षक जसबारे तपाईंलाई थाहा नहुन सक्छ

अनौठा ५ शिक्षक जसबारे तपाईंलाई थाहा नहुन सक्छ

दुई कक्षालाई पढाउने माइकल बोनरले आफ्ना विद्यार्थीलाई कसरी पढाईप्रति आकर्षक बनाउने भन्ने उपाय खोजिरहेका थिए । यसैक्रममा उनले एउटा अनौठो प्रस्ताव विद्यार्थीहरुसमक्ष राखे र यसको परिणाम पनि सोचेजस्तै आएको छ ।