मजदुरको स्वास्थ्यमा असर परेको भन्दै सिमेन्टको बोरा लेमिनेसन गर्न सर्वोच्चको आदेश

  • मंगलबार, ७ जेष्ठ, २०७६
  • 4 weeks ago
  • नेपाल
Education Park

काठमाडौँ । सर्वोच्च अदालतले सिमेन्टका बोरा ‘लेमिनेशन’ गरेर मात्र ‘प्याकिङ’ गर्न सरकारलाई आदेश दिएको छ । सिमेन्टको धुलोका कारण मजदुर, उपभोक्तामा दमलगायत स्वास्थ्य समस्यासहित वातावरणीय प्रदूषण फैलिएको भन्दै दायर सार्वजनिक सरोकारको रिटमा यस्तो आदेश जारी भएको हो ।

 

सर्वोच्चले मन्त्रिपरिषद् कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, भौतिक योजना, निर्माण तथा यातायाता व्यवस्था मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका नाममा आदेश दिएको हो ।

 

लेमिनेसन गरेको बोरामा सिमेन्टको प्याकिङ हुनुपर्ने विषय उपभोक्ताको हित, जनस्वास्थ्य र स्वाच्छ वातावरणका लागि अपरिहार्य विषय रहेको आदेशमा उल्लेख छ ।

 

नेपाल अन्तर्रा्ष्ट्रिय श्रम संगठनको सदस्य राष्ट्र भएको स्मरण गराउँदै सर्वोच्चले अन्तर्रा्ष्ट्रियस्तरमा जनाएका प्रतिवद्धताका दृष्टिले पनि श्रमिकको हित र कल्याण गर्नु राज्यको दायित्व रहेकोतर्फ सर्वोच्चले सजग गरेको छ । यस्तै कार्यस्थलको सुरक्षा र श्रमिकको स्वास्थ्यसम्बन्धी कुरा मानिसको बाँच्न पाउने हकसँग सम्बन्धित रहेको आदेशमा भनिएको छ । अन्नपूर्ण पोस्ट् दैनिकबाट


थप समाचार

उत्तम सञ्जेल दम्पत्ती प्रहरी नियन्त्रणमा, विमला तामाङमाथि बलात्कार भएकाे आशंका

  • 1 hour ago
उत्तम सञ्जेल दम्पत्ती प्रहरी नियन्त्रणमा, विमला तामाङमाथि बलात्कार भएकाे आशंका

काठमाडौं । बौद्धस्थित समता अस्पतालमा कार्यरत कर्मचारी विमला तामाङ अस्पताल परिसरमै झुण्डिएको अवस्थामा मृत फेला परेपछि अस्पतालका सञ्चालक उत्तम सञ्जेल पक्राउ परेका छन् ।

कर्णाली नदीमा गाडी खस्दा बेपत्ता हुनेको सङ्ख्या १० पुग्याे

  • 2 hours ago
कर्णाली नदीमा गाडी खस्दा बेपत्ता हुनेको सङ्ख्या १० पुग्याे

हुम्ला । खार्पुनाथ गाउँपालिका–५ बेणुबिसौना र कैलेबालु भन्ने स्थानको सडकबाट लु१ज ७१६६ नम्बरको महेन्द्र पिकअप गाडी कर्णाली नदीमा खसेर बेपत्ता हुनेको सङ्ख्या १० पुगेको छ ।

लोकसेवाकाे आवेदन दिने मिति असार १० गतेसम्म थप

  • 2 hours ago
लोकसेवाकाे आवेदन दिने मिति असार १० गतेसम्म थप

काठमाडौँ । लोकसेवा आयोगले स्थानीय तहका कर्मचारी मागका लागि आवेदन दिने समय थप गरेको छ । आज आयोग पदाधिकारी बैठकले असार १० गतेसम्म आवेदन दिने समय थप गरको हो ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यी ४ खानेकुरा पकाएर होइन काँचै खानुहोस्

यी ४ खानेकुरा पकाएर होइन काँचै खानुहोस्

काठमाडौँ । हाम्रो भान्सामा पाक्ने केही कुरालाई पकाउनु आवश्यक छैन । केही खानेकुरा पकाउँदा तिनको पोषण हराएर जान्छ । अनि कुनै खानेकुरा पकाउँदा विषालु पनि हुन्छन् । पोषक तत्त्वको भरपूर अवशोषण शरीरले गर्नका लागि केही कुरा काँचै खाएको राम्रो हुन्छ ।

विचित्र विश्व

यौनप्रस्तावले हैरान भएका यी पुरुष

यौनप्रस्तावले हैरान भएका यी पुरुष

एजेन्सी । यौन प्रस्तावका लागि युवतीहरुको ओइरो लागेपछि एक युवक तनावमा परे । उनी हुन् मोहम्मद अवद । समाचार एजेन्सीका अनुसार, दर्जनौं युवतीले स्कटल्याण्डका ती पुरुषसँग सेक्स गर्न चाहेको सन्देश पठाए । आखिर किन उनीसँग महिलाहरुले यौन सम्पर्क गर्न चाहे त ? उनको कृतिम लिंगप्रति महिलाहरु लोभिएका हुन् । ती महिलाले कृतिम लिंगको अनुभव लिन खोजेका हुन् ।