IIMS College

ISMT

HUB Education

‘मखमली मखमली’को फस्ट लुक्स रिलिज

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । चलचित्र ‘मखमली मखमली’ आगमी १३ मंसिरबाट रिलिज हुने भएको छ । यो चलचित्रको रिलिज मिति घोषणासँगै फस्ट लुक्सको रुपमा यसको २ ओटा पोष्टर रिलिज गरिएको छ । यो चलचित्रलाई सावित्रा चिलुवालले निर्माण गरेकी हुन् ।

 

यस अघि चलचित्र मखमली निर्माण भएको थियो । मखमलीले सिँगल थिएटरमा ठिकै व्यापार गरेको थियो । मखमलीको सिक्वेलको रुपमा अभिनेत्री निर्माता शुभेच्छा थापाले मखमली मखमली निर्माण घोषणा गरिन् । तर, समयमा फिल्म छायाँकन नभएपछि यो चलचित्रमा निर्माताको रुपमा सावित्रा आबद्ध भएका हुन् ।

 

प्रदर्शनको मिति तयसँगै रिलिज गरिएको दुई ओटा पोष्टरमा अभिनेता जयकिशन बस्नेत र अभिनेत्री शुभेच्छा थापालाई महत्व दिईएको छ । दुबै पोष्टरमा जयकिशन हास्य अवतारमा छन् । एउटा पोष्टरमा उनी ढकियामाथि बसेर बियर पिउँदै गरेको र उनलाई शुभेच्छाले बोकेको देखाईएको छ । यस्तै अर्को पोष्टरमा जयकिशन तिलहरी युक्त पोते र मँगलशुत्रमा सजिएको देखाईएको छ । 

 

मखमली मखमलीको कथासँगै गीत पनि निर्माता सावित्रा चिलुवालले नै लेखेका हुन् । फिल्मको कथा आफुले लेखेको र कथा राम्रो भएका कारण फिल्ममा आफैंले निर्माण गरेको पनि सावित्राले बताएकी छिन् ।

 

यो फिल्ममा जयकिशन र शुभेच्छासँगै सारदा गिरी (कालीबुढी), परी तामाङ, मायाँ तामाङ, सावित्रा चिलुवाल, सविन बास्तोलसहितको अभिनय छ । यो फिल्मलाई राजु गिरीले निर्देशन गरेका हुन् । यसमा बसन्त सापकोटा, बाबुल गिरी र सावित्रा चिलुवालको संगीत, रामजी लामिछाने र अनिल राईको नृत्य निर्देशन, बिनोद बमको सम्पादन र रामेश्वर हुमागाईको छायाँकन रहेको छ । 

 


थप समाचार

विद्यार्थी पढाउँदै नगर प्रमुख

  • 4 minutes ago
विद्यार्थी पढाउँदै नगर प्रमुख

जाजरकोट । भेरी नगरपालिकाको शैक्षिक अवस्था सुधार गरी जिल्लाकै नमूना बनाउने अभियानमा जुटेका नगरप्रमुख चन्द्रप्रकाश घर्ती आफै विद्यार्थी पढाउँदै आएका छन् ।

पेरुमा डरलाग्दो सडक दुर्घटना, १९ जनाको मृत्यु

  • 8 minutes ago
पेरुमा डरलाग्दो सडक दुर्घटना, १९ जनाको मृत्यु

एजेन्सी । पेरुको उत्तरी ला लिबरटाडमा मंगलबार यात्रुबाहक बस दुर्घटना हुँदा १९ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएका छन् ।

विदेशीलाई नागरिकता दिलाएको अभियोगमा ६ जना जेल चलान

  • 12 minutes ago
विदेशीलाई नागरिकता दिलाएको अभियोगमा ६ जना जेल चलान

भद्रपुर । झुठा विवरणका आधारमा १६ जना विदेशी नागरिकलाई नेपाली नागरिकता दिलाउन सघाएको अभियोग लागेका झापाका दुई कर्मचारीसहित ६ जना पूर्पक्षका लागि कारागार चलान भएका छन् ।



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

तीन वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन पाइन्छ ?

तीन वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन पाइन्छ ?

अहिले अमलाको सिजन पनि सुरु हुँदैछ । अमलामा भिटामिन सी प्रसस्त पाइन्छ । अमला त्रिफलाको ३ औषधिमध्ये एक गुणी जडिबुटीमा पर्छ । भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दू धर्ममा पनि पूजनीय फलको रुपमा राखिन्छ ।

विचित्र विश्व

विश्वका चर्चित कारगारहरु !

विश्वका चर्चित कारगारहरु !

एजेन्सी । विश्वमा हरेक देशहरुमा कारागार हुने गर्दछ जसमा सजाय पाएका कैदीहरुलाई राख्ने गरिन्छ । विश्वका थुपै्र कारागारहरुका आफ्नै विशेषताहरु हुने गर्दछन् । यसका साथै ती कारागारहरुलाई लिएर रोचक प्रसंगहरु पनि बाहिर आइनैरहन्छन् । यसै सन्दर्भमा विश्वका केही चर्चित कारागारहरुको बारेमा चर्चा गरौँ ।