मालीमा एक जना शान्ति सैनिकको मृत्यु, चार जना घाइते

बामाको । अफ्रिकी मुलुक मालीको मोप्तीमा तैनाथ राष्ट्रसङ्घीय शान्ति सेना चढेको सवारी साधनलाई लक्षित गरी शनिबार गरिएको बारुदी सुरुङ बिस्फोटबाट एक जना शान्ति सैनिकको मृत्यु भएको छ भने अरु चार सैनिक घाइते भएका छन् ।

 

राष्ट्रसङ्घको माली मिसनद्वारा जारी वक्तव्यमा मारिएका शान्ति सैनिक इजिप्टका रहेको उल्लेख छ । शान्ति सैनिकहरु चढेका सवारी साधनहरु  बोनीबाट डुएन्जातर्फ जाँदै थिए ।

 

राष्ट्रउसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले शान्ति सैनिकको निधनप्रति गहिरो दुःख प्रकट गर्दै शान्ति सैनिकमाथिको आक्रमणलाई युद्ध अपराधका रुपमा लिइने र यसलाई अन्तर्राष्ट्रिय कानुन बमोजिम कारबाही गरिने बताएका छन् । 

 

उत्तरी मालीमा सन् २०१२ मा अतिवादी लडाकू समूहले नियन्त्रण कायम गरेपछि राष्ट्रसङ्घीय सुरक्षा परिषदको निर्णयबमोजिम सन् २०१३ मा शान्ति सैनिक तैनाथ गरिएको छ । सन् २०१५ मा राष्ट्रसङ्घको अगुवाईमा सरकार र विभिन्न सशस्त्र समूहबीच शान्ति सम्झौता भए पनि मालीको मध्य र उत्तरी क्षेत्रमा स्थायित्व ल्याउन सकिएको छैन ।

 

माली शान्ति मिसनका क्रममा हालसम्म १९० जना शान्ति सैनिकको मृत्यु भइसकेको छ । 


थप समाचार

स्पेनमा कोरोना भाइरसको कहर, यस्तो छ पछिल्लो अपडेट

  • 31 minutes ago
स्पेनमा कोरोना भाइरसको कहर, यस्तो छ पछिल्लो अपडेट

एजेन्सी । विश्वमा कोरोना भाइरसले त्रास फैलाइरहेको छ । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु गरेको यस भाइरसका कारण लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।

भरुवा बन्दुक पड्किँदा बालकको मृत्यु

  • 36 minutes ago
भरुवा बन्दुक पड्किँदा बालकको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ किप्चेका आठ वर्षीय बालक आयुष स्याङ्बो तामाङको भरुवा बन्दुक पड्किँदा ज्यान गएको छ ।

रसियामा कति पुगे कोरोना संक्रमित ?

  • 45 minutes ago
रसियामा कति पुगे कोरोना संक्रमित ?

एजेन्सी । विश्वमा कोरोना भाइरसले त्रास फैलाइरहेको छ । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु गरेको यस भाइरसका कारण लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

पर्याप्त समय नसुतेमा के हुन्छ ?

पर्याप्त समय नसुतेमा के हुन्छ ?

एजेन्सी । एक अध्ययनका अनुसार, निद्राको सिधा सम्बन्ध हाम्रो इम्यून सिस्टमसँग हुन्छ । नेशनल हेल्थ एन्ड न्यूट्रीशन एक्जामिनेशन द्वारा गरिएको एक सर्वेमा, इम्यून सिस्टमको सक्रियता तपाईँ कति घण्टा सुत्नु हुन्छ त्यसमा निर्भर हुन्छ ।