मालीमा ३९ लाखलाई मानवीय सहयोगको आवश्यता

संयुक्त राष्ट्रसंघ । अन्तर जातीय हिंसा बढ्दै गएपछि मालीमा ३९ लाख मानिसहरुलाई मानवीय सहयोगको आवश्यकता रहेको देखिएको छ । 

 

मानवीय अवस्था बिग्रँदै गइरहेकोले सहयोग अत्यावश्यक भएको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बताएका छन् ।    

 

यस वर्षको सुरुदेखि नै मानवीय सहयोगको आवश्यकता पर्ने व्यक्तिको संख्या २२ प्रतिशतले वृद्धि भएको थियो । त्यो अनुपात अहिले पाँच मध्ये एक जना बाँच्नको लागि अन्तर्राष्ट्रिय सहयोगमा निर्भर रहनु पर्ने अवस्थामा पुगेको गुटेरेसका प्रवक्ता स्टेफन दुजारिकले नियमित पत्रकार सम्मेलनका क्रममा बताए ।

 

जुलाईको अन्त्यसम्म आन्तरिक रुपमा विस्थापित भएका व्यक्तिको सङ्ख्या दोब्बर भएर १ लाख ७० हजार पुगेको छ ।  अहिले पनि १० लाख भन्दा बढी मानिस गम्भीर रुपमा खाद्य असुरक्षको खतरामा परेको दुजारिकले बताएका छन्। माली २०१२ पछि राजनीतिक र सुरक्षा अवस्था बिग्रँदै गइरहेको छ भने धेरै नागरिक जातीय हिंसाबाट पीडित भएका छन ।


थप समाचार

स्पेनमा कोरोना भाइरसको कहर, यस्तो छ पछिल्लो अपडेट

  • 23 minutes ago
स्पेनमा कोरोना भाइरसको कहर, यस्तो छ पछिल्लो अपडेट

एजेन्सी । विश्वमा कोरोना भाइरसले त्रास फैलाइरहेको छ । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु गरेको यस भाइरसका कारण लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।

भरुवा बन्दुक पड्किँदा बालकको मृत्यु

  • 28 minutes ago
भरुवा बन्दुक पड्किँदा बालकको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ किप्चेका आठ वर्षीय बालक आयुष स्याङ्बो तामाङको भरुवा बन्दुक पड्किँदा ज्यान गएको छ ।

रसियामा कति पुगे कोरोना संक्रमित ?

  • 36 minutes ago
रसियामा कति पुगे कोरोना संक्रमित ?

एजेन्सी । विश्वमा कोरोना भाइरसले त्रास फैलाइरहेको छ । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु गरेको यस भाइरसका कारण लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

पर्याप्त समय नसुतेमा के हुन्छ ?

पर्याप्त समय नसुतेमा के हुन्छ ?

एजेन्सी । एक अध्ययनका अनुसार, निद्राको सिधा सम्बन्ध हाम्रो इम्यून सिस्टमसँग हुन्छ । नेशनल हेल्थ एन्ड न्यूट्रीशन एक्जामिनेशन द्वारा गरिएको एक सर्वेमा, इम्यून सिस्टमको सक्रियता तपाईँ कति घण्टा सुत्नु हुन्छ त्यसमा निर्भर हुन्छ ।