Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थनेशनल लाइफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न


काठमाडौँ। नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताका लागि ३ दिने ‘चेयरपर्सन क्लब’ तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा आर्थिक वर्ष २०७९/८० मा तोकिएको लक्ष्य पूरा गर्न सफल ४५० जना भन्दा बढी अभिकर्तालाई चेयरपर्सन क्लबको सदस्यता वितरण भएको कम्पनीले जनाएको छ। साथै उनीहरुलाई सम्मान पनि गरिएको थियो।

यस्तै देशभरबाट आफ्नो कोड र सञ्जालको व्यवसायमा सर्वोत्कृष्ट व्यवसाय गरी प्रथम, द्वितीय र तृतीय हुने अभिकर्ताहरु, समूहगत व्यवसायबाट प्रथम हुने र आफ्नो र सञ्जालमा अलग–अलग उत्कृष्ट हुने ७ जना लिडर अभिकर्तालाई सम्मान पत्र तथा नगद पुरस्कारबाट सम्मानित गरिएको कम्पनीले जनाएको छ।

समारोहमा सात वटै प्रदेशबाट आफ्नो कोडको व्यवसाय र सञ्जालको व्यवसायबाट अलग–अलग प्रथम, द्वितीय, तृतीय हुने लिडर अभिकर्ताहरुलाई पनि सम्मानित गरिएको थियो।

समारोहमा कम्पनीकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले नेपालको जीवन बीमा क्षेत्रमा कम्पनीले आफ्नो अलग्गै पहिचान बनाई एक प्रमुख जीवन बीमा कम्पनीको रुपमा आफूलाई स्थापित गरेको बताइन्।

कम्पनीले आउने दिनहरुमा आफ्नो प्रतिष्पर्धात्मक धारलाई कायम राखी सबै सरोकारवालाहरुलाई उचित प्रतिफल उपलब्ध गराउन प्रयासरत रहेको उनले बताइन्।

कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई उच्च प्राथमिकतामा राख्ने प्रतिवद्धता उनले जनाइन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शेयर बजारमा २ अर्ब ५३ करोड रुपैयाँको कारोबार

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १५ अङ्कले बढेर १ हजार ९६९ दशमलव १७ विन्दुमा पुगेको छ

नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेट

काठमाडौँ । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ ।

सुनको भाउ तोलामा ५०० रुपैयाँले बढ्यो

काठमाडौँ । आज बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १

सुनको भाउ तोलामा २७ सयले घट्यो

काठमाडौँ । आज मंगलबार सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय

मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए

काठमाडौँ । हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् । विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको

शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौँ । आज सोमवार शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ४१ अङ्कले

Techie IT