किन पुरुषको तुलनामा महिलाको दिमाग तेजिलो हुन्छ ?

Education Park

एजेन्सी । कुनै पनि कुरामा ध्यान केन्द्रित गर्नदेखि भावानात्मक नियन्त्रण (इमोसनल कन्टेल) गरेर जीवनका तनावहरु हटाउनका लागि नै किन नै नहोस् महिलाको दिमाग पुरुषको तुलनामा धेरै नै राम्रो र उत्कृष्ट काम गरिरहेको हुन्छ । 

 

महिलाहरुमा सहनशीलता बढी मात्रामा रहेको हुन्छ ।

 

एक अध्ययनले ४६०४३ मानिसहरुको मस्तिष्कको अध्ययन गरेको थियो । यस अध्ययनमा महिलाहरुको दिमाग पुरुषको तुलनामा कयौँ क्षेत्रमा अधिक मात्रामा सक्रिय पाइएको थियो ।

 

अमेरिकाको जर्नल अफ अल्जाइमर डिसीजमा प्रकाशित यस अध्ययनका प्रमुख लेखक डेनियल जी का अनुसार लिंगमा आधारित मस्तिष्कको भिन्नता बारे बुझ्नका लागि यो अध्ययन एकदमै महत्वपूर्ण रहेको छ । उनले भने, हामीले पुरुष र महिलाका बीच यस्तो भिन्नताको चित्रित गरेका छौँ, जो अल्जाइमर रोग जस्तो मस्तिष्कसँग सम्बन्धित विकारहरुलाई लैंगिक आधारमा बुझ्नका लागि समेत यो अध्ययन महत्वपूर्ण रहेको छ ।

 

यो अध्ययनका अनुसार महिलाहरुको दिमाग विशेषगरी भावनात्मक नियन्त्रण गर्नेदेखि लिएर कुनै क्षेत्रमा ध्यान लगाउन र तनावको क्षेत्रमा पनि पुरुषको तुलनामा अधिक मात्रामा सक्रिय पाइएको छ । जबकि पुरुषको मस्तिष्क दृश्य र समन्वय केन्द्रमा अधिक मात्राका सक्रिय भएको पाइएको छ ।

 

यस अध्ययनमा पाइएको भिन्नताहरुलाई बुझ्नु महत्वपूर्ण हुन्छ किनभने मस्तिष्क विकारले पुरुष र महिलालाई अलग अलग तरिकाबाट प्रभावित गर्ने गर्दछ । महिलाहरुलाई धेरै मात्रामा अल्जाइमर, तनाव जस्ता रोग अधिक पाइएको थियो भने पुरुषहरुमा आचरण र व्यवहार सम्बन्धि समस्याहरु देखिएको थियो ।

 

अध्ययनमा पाइएअनुसार महिलाहरुमा प्रीफ्रन्टल कोर्टेक्समा रक्त प्रवाहको वृद्धिका कारण सहानुभुति, अन्तज्र्ञान, आत्मनियन्त्रण, सहयोग र चिन्ता तथा तनावका क्षेत्रमा अधिक मात्रामा शक्ति प्रदर्शीत गर्ने गर्दछन् । साथै महिलाहरुमा अधिक चिन्ता, तनाव, अनिन्द्रा र असन्तुलन जस्ता समस्याहरु पनि पाइने गरेको छ ।


थप समाचार

काभ्रेका तीन स्थानमा भेटिएकाे बम सबै डिस्पाेज

  • 1 minute ago
काभ्रेका तीन स्थानमा भेटिएकाे बम सबै डिस्पाेज

काभ्रे । कार्यकर्ता हत्याको विरोधमा प्रतिबन्धित नेकपाले बन्द आह्वान गरेको दिन एकाबिहानै काभ्रेका विभिन्न स्थानमा बम भेटिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बिहान हुँदा नहुँदै काभ्रेक

पोखराका तीन ठाउँमा बम फेला, डिस्पोज गर्ने तयारी

  • 8 minutes ago
पोखराका तीन ठाउँमा बम फेला, डिस्पोज गर्ने तयारी

पोखरा । प्रतिबन्धित विप्लव समुहले पोखराका तीन ठाउँमा बम राखेको छ । नेपाल बन्दको आव्हान गरेको विप्लव समुहले पोखराको विजयपुरको पुल पारी ओरालोमा प्रेसरकुकर बम राखेको बताइएको छ ।

किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

  • 19 minutes ago
किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

काठमाडौं । हर्मोन कुनै कोष वा ग्रन्थीबाट उत्पादन हुने रसायन हो । हाम्रो शरीरमा कुल दुई सय तीन किसिमका हर्मोन हुन्छन्, जसले फरक–फरक क्रियालाई नियन्त्रण गर्छन् ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

काठमाडौं । हर्मोन कुनै कोष वा ग्रन्थीबाट उत्पादन हुने रसायन हो । हाम्रो शरीरमा कुल दुई सय तीन किसिमका हर्मोन हुन्छन्, जसले फरक–फरक क्रियालाई नियन्त्रण गर्छन् ।

विचित्र विश्व

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।