ISMT

HUB Education

मानवसेवा आश्रमका अध्यक्षसंग लण्डनमा अन्तरक्रिया हुंदै

  • शुक्रबार, २४ साउन, २०७६
  • 2 weeks ago
  • युके
मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी
Education Park

 

Kathmandu Trade Show

 

 

लण्डन । बेलायतको भ्रमणमा आएका मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीको सम्मानमा चितवन एड ट्रस्ट क्याट यूकेले एक कार्यक्रम आयोजना गर्ने भएको छ । 

 

आउँदो आइतबार ११ अगस्टको दिन दिउँसो १ बजेदेखि प्लमस्टिडको गेसो हलमा अधिकारीसंग अन्तरक्रिया गर्ने कार्यक्रम समेत  छ । उक्त अवसरमा अध्यक्ष अधिकारीले मोटिभेसनल स्पिच दिने आयोजक क्याट यूकेका अध्यक्ष जिवन सेनले जानकारी दिए  । 

 

नेपालमा सयौं असहायहरुको सेवा गरिरहेको मानवसेवा आश्रमका अध्यक्ष अधिकारी उक्त परोपकारी संस्थाका परिकल्पनाकार समेत हुन् । उनी बेलायतस्थित सफल व्यवसायी एवम समाजसेवी सुनिल खड्काको निमन्त्रणामा केहि दिनको लागि बेलायत आएका हुन् । 

 

सिमित स्रोत साधनको प्रयोग र जनमन संकलन अभियानबाटै कुनै पनि वैदेशिक दातृ निकायहरुको सर्त सहितको सहयोग स्विकार नगरीकन देशमा कोही पनि नागरिक भोकै र नाङ्गै हुनु पर्दैन भन्ने बोध नागरिकमा गराउनको लागि सक्रिय अधिकारीका अनुभवहरुलाई बेलायतस्थित नेपाली समुदायसंग बाँड्ने कार्यक्रमका उद्धेश्य छ । 

 

कार्यक्रममा क्याट यूकेका पूर्व अध्यक्ष एवम मास्टर इम्पावरमेन्ट कोच कृष्ण  गुरुंगले पनि एक प्रस्तुति गर्ने भएका छन् । फुटेको सिसामाथि  हिड्ने 'ग्लास वाक फर माइण्ड पावर' शीर्षकको उनको प्रस्तुति जीवनमा आइपर्ने चुनौतिहरुलाई कसरी सामना गर्ने भन्ने विषयमा केन्द्रित रहनेछ । 

 

कार्यक्रममा सहभागिताको लागि क्याट यूकेले बेलायतबासी सम्पुर्ण नेपालीहरुलाई आग्रह गरेको छ । कार्यक्रममा प्रवेश निशुल्क छ । 

 


थप समाचार

पश्चिमा मुलुकहरुमा बौद्ध धर्मावलम्वीहरुको संख्या बढ्दो: स्वामी अरुण 

  • 5 hours ago
पश्चिमा मुलुकहरुमा बौद्ध धर्मावलम्वीहरुको संख्या बढ्दो: स्वामी अरुण 

बुधबार अल्डरशटस्थित शिव सांस्कृतिक तथा सामुदायिक केन्द्रमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै स्वामी अरुणले अहिले नेपाल संसारमै सबै भन्दा बढी इसाई धर्मावलम्वीहरुको संख्या बढ्दै गएको मुलुक बन्न पुगेक

मतदाता आकर्षित गर्दै रोजिना 

  • 5 hours ago
मतदाता आकर्षित गर्दै रोजिना 

एनआरएनए यूके निर्वाचनमा महिला उपाध्यक्षकी सशक्त उम्मेदवार रोजिनाको बोलीमा मिठास र सौन्दर्यले मात्र होइन, आफ्नो भिजन, लगाव र एजेन्डाले पनि मतदाता आकर्षित भइरहेका छन् ।

आचार्य बालकृष्णलाई हृदयघात

  • 5 hours ago
आचार्य बालकृष्णलाई हृदयघात

एजेन्सी । पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई हृदयघात भएको बताइएको छ । मिडिया रिपोर्टका अनुसार उनलाई ऋषिकेशस्थित एम्समा भर्ना गरिएको छ ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

त्यसैले नियमित नेलपोलिस गर्नु हानिकारक

त्यसैले नियमित नेलपोलिस गर्नु हानिकारक

एजेन्सी । नेलपोलिस महिलाको मेकअपमा अनिवार्यजस्तै बनेको छ । तर, नेलपोलिसले नङलाई जति सुन्दर बनाउँछ, यसको अत्यधिक प्रयोगले त्यति नै कुरूप पनि । त्यसैले नियमित नेलपोलिस गर्नु हानिकारक हुन्छ ।

विचित्र विश्व

कार भाडामा लिँदा यतिधेरै फाइदाहरु

कार भाडामा लिँदा यतिधेरै फाइदाहरु

एजेन्सी । विज्ञान तथा प्रविधिको नयाँ–नयाँ आविस्कारमा जापान अगाडी नै आउने गर्छ । लगभग विश्वको आधाभन्दा बढि कारहरु जापानमा नै बन्ने गर्छ । यससँगै जापानमा कार भाडामा लिने चलन एकदमै बढेको छ । कार भाडामा लिएर आफूलाई जहाँ जान मन लाग्छ पुग्न सकिन्छ तर त्यहाँ भने फरक रहेको छ ।