IIMS College

ISMT

HUB Education

कतै म्यान्चेस्टर सिटीले अघिल्लो सिजनको नियति भोग्ने त होइन ? (प्रिभ्यू)

  • बुधबार, ४ बैशाख, २०७६
  • 7 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । आज च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेग अन्तर्गत म्यान्चेस्टर सिटीले घरेलु मैदान इतिहाडमा टोटनहम हट्सपरको सामना गर्दैछ । पहिलो लेगमा टोटनहमले सिटीलाई १–० गोलले पराजित गरेको थियो । त्यसैले, जारी सिजनको प्रिमियर लिगको दावेदारी प्रस्तुत गरेको सिटी च्याम्पियन्स लिगमा अघि बढ्ने या नबढ्ने बारेको टुंगो आज नै लाग्ने भएकोले खेल रामाञ्चक हुने निश्चित छ । किनकी आजको खेलमा सिटीलाई जित आवश्यक छ । खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ । 

घरेलु लिग

 

म्यान्चेस्टर सिटी

म्यान्चेस्टर सिटीलाई घरेलु लिग प्रिमियर लिगको उपाधि दावेदारको रुपमा हेरिएको छ । लिगको ३३ खेल सकिँदा सिटीले २७ खेलमा जित, २ खेलमा बराबरी तथा ४ खेलमा हार व्यहोरेर ८३ अंक जोडेको छ । लिगमा एक खेल बढी खेलेको लिभरपुलको ८५ अंक छ । 

 

टोटनहम

उता टोटनहमले भने ‘टप फोर’ फिनिस गर्नको लागि प्रयास जारी राखेको छ । टोटनहमले खेलको ३३ खेलमध्ये २२ खेलमा जित, १ खेलमा बराबरी तथा १० खेलमा हार व्यहोरेर ६७ अंक जोडेको छ । हाल लिगको चौथो स्थानमा रहेको आर्सनलको ६६ अंक छ भने  पाँचौ स्थानको चेल्सीको पनि ६६ अंक छ ।  

 

जारी च्याम्पियन्स लिगको प्रदर्शन

 

म्यान्चेस्टर सिटी

म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगको समूह ‘एफ’बाट समूह विजेता भएर अन्तिम १६ मा प्रवेश गरेको हो । म्यान्चेस्टर सिटीले अन्तिम १६ मा जर्मन क्लब साल्केलाई समग्रमा १०–० गोलले पराजित गरेको हो । तर, क्वाटरफाइनलको पहिलो लेगमा भने सिटीले टोटनहमसँग १–० गोलको हार ब्यहोर्नुपर्यो । 

 

टोटनहम

टोटनहम च्याम्पियन्स लिगको समूह ‘बी’को उपविजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको हो । टोटनहमले अन्तिम १६ मा जर्मन क्लब बोरुसिया डर्टमण्डलाई समग्रमा ४–० गोलले पराजित गरेको हो । त्यस्तै, क्वाटरफाइनलको पहिलो लेगमा म्यान्चेस्टर सिटीलाई घरेलु मैदानमा १–० गोलले पराजित गरेको हो । 

 

पछिल्लो पाँच खेल

 

म्यान्चेस्टर सिटी

म्यान्चेस्टर सिटीले खेलेको पछिल्लो पाँच खेलमध्ये चार खेलमा जित तथा एक खेलमा हार ब्यहोरेको छ । सिटीले क्रिस्टल प्यालेसविरुद्ध ३–१ गोल, ब्राइटनविरुद्ध १–० गोल, कार्डिफ सिटीविरुद्ध २–० गोल तथा फुलहामविरुद्ध २–० गोलको जित निकालेको हो भने टोटनहमविरुद्ध १–० गोलको हार व्यहोरेको हो । 

 

टोटनहम

टोटनहमले खेलेको पछिल्लो पाँचखेलमध्ये तीन खेलमा जित हाँसिल गरेको छ । भने दुई खेलमा हार व्यहोरेको छ । टोटनहमले हडर्सफिल्डविरुद्ध ४–० गोल, म्यान्चेस्टर सिटीविरुद्ध १–० गोल तथा क्रिस्टल प्यालेसविरुद्ध २–० गोलको जित दर्ता गरेको हो भने लिभरपुलविरुद्ध २–१ गोल तथा साउथह्याम्टनविरुद्ध पनि २–१ गोलकै हार व्यहोरेको हो । 

 

 

अघिल्लो सिजन

 

म्यान्चेस्टर सिटीलाई अघिल्लो सिजनमा लिभरपुलले क्वाटरफाइनलमा हराएको थियो । लिभरपुलले सिटीलाई समग्रमा ५–१ गोलले पराजित गरेको थियो । त्यस्तै, टोटनहमलाई अघिल्लो सिजन युभेन्ट्सले अन्तिम १६ मा नै पराजित गरेको थियो । युभेन्ट्सले समग्रमा टोटनहमविरुद्ध ४–३ गोलको जित दर्ता गरेको थियो ।

 

 

प्लेयर्स टु  वाच

 

सर्जियो अगुइरो (म्यान्चेस्टर सिटी)

सर्जियो अगुइरो म्यान्चेस्टर सिटीको मात्रै होइनन् प्रिमियर लिगकै उच्च गोलकर्ता हुन् । उनले जारी लिगमा १९ गोल गरिसकेका छन् । उनै स्टार खेलाडी आज टोटनहमविरुद्ध मुख्य खेलाडीको रुपमा उत्रदैछन् । 

त्यस्तै, सिटीका अन्य खेलाडीहरुमा लोरियो साने तथा रहेम स्टर्लिङ छन् । सानेको १० एसिस्ट रहेको छ भने स्टर्लिङको ९ एसिस्ट छ । 

 

क्रिस्टियन एरिक्सन (टोटनहम)

ह्यारी केन घाइते भएको हुँदा आज मुख्य खेलाडीको रुपमा मिडफिल्डर क्रिस्टियन एरिक्सनको भूमिका उच्च हुनेछ । एरिक्सनले जारी सिजनको घरेलु लिगमा १२ एसिस्ट गरिसकेका छन् । त्यस्तै पहिलो लेगमा सिटीविरुद्ध गोल गरेका हिउङ मिन सन पनि मुख्य खेलाडीको रुपमा सिटीविरुद्ध उत्रनेछन् । 

 

 

प्रशिक्षकः 

पेप ग्वार्डिवला (म्यान्चेस्टर सिटी)

मौरित्सियो पाचेटिन्हो (टोटनहम) 

 

रेफ्री

स्युनिट साकिर (टर्की)

 


थप समाचार

काेहलपुर घटनाप्रति नेपाली काँग्रेसकाे ध्यानाकर्षण

  • 1 minute ago
काेहलपुर घटनाप्रति नेपाली काँग्रेसकाे ध्यानाकर्षण

काठमाडौँ । नेपाली काँग्रेसले बाँकेको कोहलपुरमा त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृति चन्द आज बिहान ट्रकको ठक्करबाट गम्भीर घाइते भएको घटना र त्यसपश्चात उत्पन्न परिस्थितिप्रति

प्रदेशसभा सदस्य कृष्णलाल भँडेलले लिए पद तथा गाेपनीयताकाे शपथ

  • 13 minutes ago
प्रदेशसभा सदस्य कृष्णलाल भँडेलले लिए पद तथा गाेपनीयताकाे शपथ

काठमाडौँ । भक्तपुर १ (क)बाट नवनिर्वाचित प्रदेशसभाका सदस्य कृष्णलाल भँडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाली काँग्रेसका तर्फबाट निर्वाचित भँडेललाई प्रदेश नं. ३, प्रदेशसभाका सभामुख सान

अष्ट्रेलियाको एक होटलमा जब श्रीमतीले बिल तिर्न मानिनन्

  • 31 minutes ago
अष्ट्रेलियाको एक होटलमा जब श्रीमतीले बिल तिर्न मानिनन्

सिड्नी । पति पत्नीबीच झगडा हुनु आम कुरा हो । उनीहरुबीच के कारणले झगडा पर्छ । यो पनि रोचक कुरा हो ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्ता रहेका छन् स्वास्थ्य र पोषण टिप्सहरु !

यस्ता रहेका छन् स्वास्थ्य र पोषण टिप्सहरु !

काठमाडौं । स्वास्थ्य र पोषण एक–अर्कासँग सम्बन्धित विषय हरुन् । पोषणलाई लिएर भेरैजसो मानिस भ्रममा हुन्छन् । शिक्षित मानिससमेत कतिपय अवस्थामा स्वस्थ्य र पोषणबारे विपरित धारणा बनाइरहेका हुन्छन् ।