साउथह्याम्टनको पोस्ट्मा म्यान्चेस्टर सिटीको गोलको वर्षा

  • सोमबार, १९ कार्तिक, २०७५
  • 1 year ago
  • खेल

काठमाडौं । आइतबार राति सम्पन्न इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा म्यान्चेस्टर सिटीले साउथह्याम्टनलाई भारी गोल अन्तरले हराएको छ । सिटीको घरेलु मैदानमा सम्पन्न खेलमा साउथह्याम्टन ६–१ गोलले पराजित भएको हो । 

 

सिटीले खेलको छैटौं मिनेटमा नै आत्मघाति गोलबाट अग्रता लिएको थियो । साउथह्याम्टनका ह्यास्ले होइटले आत्मघाति गोल गरेका थिए । त्यस्तै, खेलको १२ औं मिनेटमा सर्जियो अगुइरो, १८ औं मिनेटमा डेभिड सिल्भा तथा पहिलो हाफको इन्जुरी समयमा रहेम स्टर्लिङले गोल गरे । खेलको ३० औं मिनेटमा साउथह्याम्टनले पाएको पेनाल्टीको सदुपयोग गर्दै ड्यानी ङंग्सले गोल गरेपछि पहिलो हाफ ४–१ गोलमा सकिएको थियो । 

 

त्यस्तै, दोस्रो हाफको ६७ औं मिनेटमा स्टर्लिङले व्यक्तिगत दोस्रो गोल गरे भने खेलको इन्जुरी समयमा लोरियो सानेले गोल गरेपछि सिटीले ठूलो गोल अन्तरको जित हासिल गरेको हो । 

 

जितसँगै सिटी अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । सिटीले ११ खेलबाट २९ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको चेल्सी र तेस्रो स्थानमा रहेको लिभरपुलको समान २७ अंक रहेको छ ।

 


थप समाचार

सन् २०२० मा यूरो क्षेत्रको मुद्रास्फीति ०.३ प्रतिशत, सन् २०२२ सम्म १.३ प्रतिशत

  • 2 hours ago
सन् २०२० मा यूरो क्षेत्रको मुद्रास्फीति ०.३ प्रतिशत, सन् २०२२ सम्म १.३ प्रतिशत

एजेन्सी । यूरोपेली मुद्रास्फीति यस वर्ष केवल ०.३ प्रतिशतमा झर्ने यूरोपेली केन्द्रीय बैंकका प्रमुख क्रिस्टिन लगार्डले बिहीबार बताएका छन् ।

अमेरिकामा रहेको गान्धीको प्रतिमा तोडफोड

  • 3 hours ago
अमेरिकामा रहेको गान्धीको प्रतिमा तोडफोड

एजेन्सी । अमेरिकामा रहेको भारतीय दूतावास अगाडि अवस्थित महात्मा गान्धीको प्रतिमामा तोडफोड भएको छ । अश्वेत एक अमेरिकी नागरिकको प्रहरी हिरासतमै रहेको बेला मृत्यु भएपछि शुरु भएको आन्दोलनका क्रममा प्रतिमाम

अमेरिकालाई अर्को झट्का, आन्दोलनका कारण ५५ अरब अमेरिकी डलर बराबरको क्षति

  • 3 hours ago
अमेरिकालाई अर्को झट्का, आन्दोलनका कारण ५५ अरब अमेरिकी डलर बराबरको क्षति

एजेन्सी । अमेरिकाको मिनियापोलिसमा एक जना अफ्रिकीमुलका अमेरिकी नागरिकको निधन भएपछि चर्केको आन्दोलनका क्रममा झण्डै ५५ अरब अमेरिकी डलर बराबरको क्षति भएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।