उल्भरह्यामटनलाई पराजित गरेसँगै म्यानचेस्टर सिटीले लिभरपुलसँगको अंक दूरी घटायो

  • मंगलबार, १ माघ, २०७५
  • 3 months ago
  • खेल

काठमाडौँ । म्यान्चेस्टर सिटीले उल्भरह्यामटनलाई पराजित गरेको छ । सोमबार राति सम्पन्न इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा सिटीले उल्भरह्यामटनलाई ३–० गोलले पराजित गरेको हो । 

 

इतिहाड स्टेडियममा सम्पन्न खेलको १० औं मिनेटमा नै ग्राबियल जेसुसले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए । तर, खेलको १९ औं मिनेटमा नै उल्भरह्यामटन १० खेलाडीमा सीमित भएको थियो । उल्भरह्यामटनका विली बोलीले सिधै रातो कार्ड खाएपछि सिटीलाई खेल खेल्न अझै सहज भयो । 

 

खेलको ३९ औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै ग्राबिल जेसुसले टोलीको लागि दोस्रो गोल गरे भने ७९ औँ मिनेटमा उल्भरह्यामटनकै कोनर कोयडीले आत्मघाती गोल गर्दा म्यानसिटीको जित निश्चित भएको हो । 

 

जितसँगै म्यान्चेस्टर सिटीको २२ खेलबाट ५३ अंक भएको छ । लिग लिडर लिभरपुलको समान खेलबाट ५७ अंक छ ।


थप समाचार

लोकतन्त्र दिवसः जनताको प्रश्न कहिले हुन्छ देशको समृद्धि

  • 11 minutes ago
लोकतन्त्र दिवसः जनताको प्रश्न कहिले हुन्छ देशको समृद्धि

दलहरुमा प्रतिबन्ध लाएर सत्ताको डोरी समातेर दरबारमा बसेको राजालाई झुकाएको दिन हो आज । १२ वर्षअघि जनताको बलमा राजाले लिएको सत्ता नागरिकको

डडेल्धुरामा बस दुर्घटना अपडेट : मृत्यु हुने पाँच जनाकाे सनाखत, ३४ जना घाइते (नामावली सहित)

  • 24 minutes ago
डडेल्धुरामा बस दुर्घटना अपडेट : मृत्यु हुने पाँच जनाकाे सनाखत, ३४ जना घाइते (नामावली सहित)

डोटी । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ साहुँखर्कमा आज बिहान कर्णाली रिभर यातायातको बस दुर्घटना भएको छ ।

विदेश जाने सोचमा हुनुहुन्छ, थाहापाउनुहोस् विश्वकै सबैभन्दा खतरनाक सहरहरुबारे

  • 30 minutes ago
विदेश जाने सोचमा हुनुहुन्छ, थाहापाउनुहोस् विश्वकै सबैभन्दा खतरनाक सहरहरुबारे

एजेन्सी । मेक्सिकोको लस क्यावस सहर विश्वकै असुरक्षित सहरका रुपमा परिचीत रहेको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

अनुहारमा बरफ दल्नुका फाइदा

अनुहारमा बरफ दल्नुका फाइदा

गर्मी याममा अनुहारमा चमक ल्याउन आइस प्रयोग गर्न सकिन्छ । प्राकृतिक चमक पाउन अनुहारमा नियमित बरफ दल्नुपर्छ ।