म्यान्चेस्टर सिटीसँग चेल्सीको लज्जास्पद हार, अगुइरोको ह्याट्रिक, स्टर्लिङको ब्रेस

  • सोमबार, २८ माघ, २०७५
  • 1 week ago
  • खेल

काठमाडौँ । चेल्सीले लज्जास्पद हार व्यहोरेको छ । चेल्सीले आइतबार राति सम्पन्न प्रिमियर लिग अन्तर्गतको खेलमा म्यानचेस्टर सिटीसँग ६–० गोलको लज्जास्पद हार व्यहोरेको हो ।

 

म्यान्चेस्टर सिटीको घरेलु मैदान इतिहाड स्टेडियममा सम्पन्न खेलमा सिटीको लागि सर्जियो अगुइरोले ह्याट्रिक पूरा गरे भने रहिम स्ट्रलिङको ब्रेस गोल तथा इल्क्ये गुन्डोगनको एक गोल रह्यो । 

 

सिटीले खेलको चौथो मिनेटमा नै अग्रता लिएको थियो । उक्त गोल रहेम स्टर्लिङले गरेका थिए । त्यस्तै खेलको १३ औं, १९ औं तथा ५६ औं मिनेटमा सर्जियो अगुइरोले गोल गरेर ह्याट्रिक गरे भने खेलको २५ औं मिनेटमा गुन्डोगन तथा ८० औं मिनेटमा स्टर्लिङले व्यक्तिगत दोस्रो गोल गरे । 

 

जितसँगै म्यान्चेस्टर सिटी अंक तालिकाको शीर्ष स्थानमा फर्किएको छ । सिटीले २७ खेलबाट ६५ अंक जोडेको छ । एक खेल कम खेलेको लिभरपुलको पनि ६५ अंक नै छ तर, गोल अन्तरको आधारमा सिटी अघि रहेको हो । चेल्सीको भने २६ खेलबाट ५० अंक छ । चेल्सी लिगको छैटौं स्थानमा छ ।  

 


थप समाचार

मिडल्याण्डमा एनआरएन यूकेको भोइस अफ नेपाल च्यारिटी कन्सर्टमा व्यापक सहभागिता

  • 10 hours ago
मिडल्याण्डमा एनआरएन यूकेको भोइस अफ नेपाल च्यारिटी कन्सर्टमा व्यापक सहभागिता

भोइस अफ नेपालका विजेतासहितका ७ प्रतियोगीहरुले प्रस्तुति गरेको उक्त कार्यक्रममा झण्डै ६ सय स्थानीय नेपालीहरु सहभागी भएको एनआरएन यूके उपाध्यक्ष एवम् च्यारिटी विभाग संयोजक प्रेम गाहा मगरले जनाएका छन् ।

मुस्लिम आयोगका प्रस्तावित अध्यक्षकाे कागजात संसदीय समितिले अध्ययन गर्ने

  • 10 hours ago
मुस्लिम आयोगका प्रस्तावित अध्यक्षकाे कागजात संसदीय समितिले अध्ययन गर्ने

काठमाडौँ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम अन्सारीको कागजात अध्ययन गर्ने निर्णय गरेको छ । समितिको सिंहदरबारमा बसेको बैठकले अन्सारीमाथि परेको उजुरीक

'नयाँ ढंगले अघि नबढे काँग्रेसकाे अस्तित्व संकटमा'

  • 10 hours ago
'नयाँ ढंगले अघि नबढे काँग्रेसकाे अस्तित्व संकटमा'

काठमाडौँ । नेपाली काङ्ग्रेसलाई नयाँ ढङ्गले अगाडि लैजान नसके पार्टीको अस्तित्व नै खतरामा पर्नसक्ने काङ्ग्रेस नेता एवं बुद्धिजीवीहरुले बताएका छन् । ६८औँ प्रजातन्त्र दिवसका अवसरमा आयोजना गरिएको ‘



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

आफ्नो घरमा आउन नदिनुहोस् यस्ता चिज, जसले निम्त्याउँछ संकट र खतरा

आफ्नो घरमा आउन नदिनुहोस् यस्ता चिज, जसले निम्त्याउँछ संकट र खतरा

एजेन्सी । हिन्दु धर्ममा वास्तु शास्त्रलाई निकै मान्यता दिने गरिन्छ । तर पनि कहिले काहिँ हामी आफ्नो घरमा भइरहेका कति चीजहरुलाई वेवास्ता गरिरहेका हुन्छौ जसले तपाईलाई अन्त्यमा समस्यामा पार्न सक्छ ।