घरेलु मैदानमा म्यान्चेस्टर युनाइटेडको लज्जास्पद हार

  • मंगलबार, १२ भदौ, २०७५
  • 4 months ago
  • खेल

काठमाडौं । सोमबार राति सम्पन्न इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा म्यान्चेस्टर युनाइटेडलाई उसैको घरेलु मैदानमा टोटनहमले स्तब्ध पारेको छ । वल्र्ड ट्राफोडमा सम्पन्न खेलमा टोटनहम ३–० गोलले विजयी भएको हो । 

 

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा टोटनहमले एकोहोरो दवाव दिएको थियो । खेलको दोस्रो हाफमा नै ह्यारी केनले १ गोल तथा लुकास मोउराले २ गोल गरेका थिए ।  खेलको ५० औं मिनेटमा केइरन ट्रिपियरको पासमा ह्यारी केनले गोल गरे भने ५२ औं मिनेटमा क्रिस्टियन एरिक्सनको पासमा लुकास मोउरा तथा ८४ औं मिनेटमा ह्यारी केनको पासमा पनि लुकास मोउराले गोल गरेपछि खेल ३–० गोलले टोटनहमले जितेको हो । 

 

लिगमा म्यान्युको यो दोस्रो हार हो । पहिलो खेलमा लेस्टर सिटीलाई २–१ गोलले पराजित गरेको भए पनि दोस्रो खेलमा ब्राइटनसँग ३–२ गोलले पराजित भएको थियो भने, तेस्रो खेलमा पनि पराजित भएको हो । 

 

 


थप समाचार

साहित्यको पहाड बोकेर हिंडेका पहारी

  • 4 hours ago
साहित्यको पहाड बोकेर हिंडेका पहारी

समग्रमा नेपाली साहित्यको किताबबाट एक पाना हराएको छ । तर पहारीजीको कविता संग्रह ’मान्छे हराएको देश’ र वहाँका अन्य कृतिहरु नेपाली साहित्यिक क्षितिजबाट कहिल्यै हराउने छैनन् भन्ने मलाई लागेको छ ।

हाइड्रो एक्स्पो सुरु, नीजि क्षेत्र भन्छ, चुरोट कारखानालाई भ्याट फिर्ता दिइन्छ, तर जलविद्युत आयोजनालाई खै ?

  • 5 hours ago
हाइड्रो एक्स्पो सुरु, नीजि क्षेत्र भन्छ, चुरोट कारखानालाई भ्याट फिर्ता दिइन्छ, तर जलविद्युत आयोजनालाई खै ?

काठमाडाैँ । दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । शुक्रबार एक कार्यक्रमका बिच उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका हुन् । एक्स्पोको उद्घाटन गर्दै उपराष्

बेलायती ब्राण्डहरु काठमाडौंमा पस्किंदै सुप्रिम फेसन हाउस

  • 5 hours ago
बेलायती ब्राण्डहरु काठमाडौंमा पस्किंदै सुप्रिम फेसन हाउस

बेलायतमै बनेका एनपिएस, वाईयुएलएल, सिपाही एण्ड को लगायतका प्रतिष्ठित ब्राण्डका जुत्ता, ब्याग र बेल्ट सुप्रिम फेसन हाउसले उपलब्ध गराएको छ ।



जीवनशैली/स्वास्थ्य

आकाशमा प्याराग्लाइडिङ र नदीमा ¥याफ्टिङ

आकाशमा प्याराग्लाइडिङ र नदीमा ¥याफ्टिङ

फिक्कल । नागबेली आकारमा बगेको सुनकोशी नदी । हरियाली धेरै नभए पनि सुन्दर डाँडाकाँडा । रमणीय हिमालको दृश्यसँगै आकाशमा प्याराग्लाइडिङ । नदीमा ¥याफ्टिङ ।