IIMS College

ISMT

HUB Education

पेप गुवार्डीवालाको सपनाः यस सिजन म्यानचेस्टर सिटीले प्रिमियर लिग, च्याम्पियन्स लिग र एफए कप जितेको हेर्ने

  • आइतबार, ३ चैत, २०७५
  • 11 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । विश्वमा चर्चित र सफल प्रशिक्षकका रुपमा चिनिन्छन् पेप गुवार्डीवाला । छोटो कार्यकालमा नै युरोपका प्रमुख उपाधिहरु जिताउन सफल पेपको जन्म सन् १९७१, १८ जनवरीमा भएको थियो । बाल्यकालदेखि नै फुटबलमा रुची भएका उनको खुट्टामा प्राय फुटबल नै हुने गथ्र्यो । आफ्नो घर पछाडिको मैदानमा उनी फुटबल अभ्यास गरिरहन्थे । सामान्य परिवारमा जन्मेका उनलाई पिता भलेन्टी गुवार्डीवालाले ठुलो प्रेरणा दिएका थिए । पेप जन्मेको गाउँ छाड्न नमान्ने उनीहरु छोराको कारण आफुहरुको जीवन धन्य भएको समेत बताउँछन् ।

 

ला लिगा र च्याम्पियन्स लिगमा रियल मड्रिडको दबदबा रहेको थियो । बार्सिलोना भने नयाँ प्रशिक्षकको खोजीमा थियो । अन्ततः बार्सिलोनाले क्लबको ‘बी’ टिमका प्रशिक्षक पेप गुवार्डीवालालाई नियुक्त गर्यो । रियल मड्रिडको दबदबा तोड्न बार्सिलोनालाई दबाब थियो । सन् २००८ मा बार्सिलोनाले जब पेप गुवार्डीवालालाई प्रशिक्षकको रुपमा नियुक्त गर्यो तब बार्सिलोनाका सबै फ्यानहरु आश्चर्य चकित परे ।

 

धेरैले भने बार्सिलोनाले जुवाँ खेल्दैछ । पेप खासै चर्चित खेलाडी पनि थिएनन् । तर, उनलाई चर्चा पाउन एक सिजन नै काफी रह्यो । 

 

उनले निरिह बनेको बार्सिलोना टोलीमा नाटकिय परिवर्तन ल्याउन सफल रहे । 

 

बार्सिलोना ‘बी’

बार्सिलोना ‘बी’ मा उनलाई प्रशिक्षकको रुपमा नियुक्त गरियो । उनले तीस वर्ष यता कै सानदार खेल प्रदर्शन दिन सके । बार्सिलोना ‘बी’ को खेलमा एउटा सन्तुलन कायम गर्न उनी सफल रहे । सन् २००७–०८ को टेरसेरा डिभिजन च्याम्पियन्स जिताउन उनी सफल रहे । 

 

बार्सिलोना

फ्रांक रिचकार्ड बार्सिलोना आएपछि उनले दुई कार्यकाल एकदमै सफल रह्यो । उनले दुईवटा लिग उपाधि र एउटा च्याम्पियन्स लिग उपाधि जिताउन सफल रहे । उनको कार्यकालमा नै लियोनल मेस्सी, जाभी, एन्द्री इनियस्टा जस्ता खेलाडीहरु बार्सिलोनाले पायो । तर, त्यसपछि लगातार बार्सिलोना दुई सिजन असफल रह्यो । यसको दबाब प्रशिक्षक रिचकार्डलाई पर्यो । बार्सिलोनाले अन्ततः नयाँ प्रशिक्षक नियुक्त गर्ने निर्णय लियो । प्रशिक्षकको रुपमा, त्यसपछि सुरु भयो गुवार्डीवालाको बार्सिलोनामा यात्रा ।

 

बार्साले सन् २००८ पछि खेल्ने शैलीमा ठुलो परिवर्तन ल्यायो । गुवार्डीवालाको टोलीले ब्राण्ड फुटबल खेल प्रस्तुत गर्यो । उक्त सिजन बार्सिलोनाले लिग नौ अंकको फरकले जित्न सफल भयो । कोपा डेल रे को उपाधि उचाल्न सफल भयो । च्याम्पियन्स लिगमा पनि सानदार खेल प्रर्दशन गर्दै उपाधि उचाल्यो । 

 

बार्सिलोनाले पहिलोपटक इतिहास रच्दै तीनवटै उपाधि जित्न सफल रह्यो । उनको टोलीले तीन सिजन लगातार लिग उपाधि उचाल्न सफल । रह्यो ।  दुईवटा कोपा डेल रे दुईवटा च्याम्पियन्स लिगको उपाधि बार्साले आफ्नो पोल्टामा पार्यो । बार्सिलोनामा चार कार्यकाल बिताएका उनले १४ वटा उपाधिहरु जिताउन सफल रहे । 

 

१. ला लिगा च्याम्पियन्स (३)ः २००८–०९, २००९–१०, २०१०–११

२. च्याम्पिन्स लिग बिजेता (२)–२००८–०९, २०१०–११

३. कोपा डेल रे विजेता–२००८–०९, २०११–१२

४. फिफा वल्र्ड कप बिजेताः २००९, २०११

५. युरोपियन सुपर कप विजेताः २००९, २०११

६. स्पेनिस सुपरकोपा बिजेताः २००९, २०१०, २०११

 

बार्यन म्युनिख

बार्सिलोनामा चार कार्यकाल बिताएर जर्मन क्लब बार्यन म्युनिखमा उनी आवद्ध भए । उनले एक पत्रकार सम्मेलनमा भनेका थिए,‘बार्सिलोनामा जे जति आउँथ्यो त्यो मैले दिने प्रयास गरे । चार वर्षको कार्यकालमा मैले सबै प्रयास गरे । अब मसँग केही थिएन । त्यसकारण बार्सिलोना छाड्दै नयाँ सोच बनाउन म नयाँ क्लबमा आवद्ध भएको हुँ ।’

 

बार्यन म्युनिखमा आएपछि पनि उनको सफलताले उचाइ चुमे । बार्यन म्युनिखका प्रशिक्षकले जुप हेन्याक्सले बार्यनलाई एउटा उच्च बिन्दुमा क्लबलाई पुर्याएका थिए । यसका कारण पनि पेपमाथि केही दबाब रहेको थियो । तर, पेप आफ्नो जिम्मेवारी निकै चलाखी पुर्ण ढंगले निर्वाह गरे । बुडेण्सा लिगमा राम्रो खेल प्रदर्शन गरेतापनि उनले च्याम्पियन्स लिग जिताउन भने सकेनन् । तीन वर्षको कार्यकालमा उनले बार्यन म्युनिख स्तरलाई सन्तुलित नै राखे । 

 

उपाधिहरुः 

बुण्डेसा च्याम्पियन्सः२०१३–१४, २०१४–१५

पोकल विनर्सः २०१३, १४

सुपर कप विजेताः २०१३

फिफ वल्र्ड कपः २०१३

 

म्यानचेस्टर सिटी

बार्यन म्युनिख पछि उनको यात्रा विश्वकै कठिन मानिएको लिग प्रिमियर लिगमा भयो । पहिलो कार्यकालमा खासै सफलता पाउन सकेनन् । तर, दोस्रो सिजनमा उनले म्यान सिटीलाई प्रिमियर लिग उपाधि जिताउन सफल भए ।

 

यस सिजन लिग कप जितिसकेको म्यान सिटी प्रिमियर लिग, च्याम्पियन्स लिग, एफए कप जस्ता उपाधिहरु जित्ने दाउमा रहेको छ । 

 

प्रिमियर लिगमा लिग लिडर म्यानसिटी लिभरपुलभन्दा एक अंकले अगाडि रहेको छ । ३० खेल खेलेको सिटीको ७३ अंक रहेको छ ।

 

त्यस्तै म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सिटीले क्वाटरफाइनलमा टोटनहमसँग आमनेसामने गर्दैछ ।

 

यस सिजन सिटीले च्याम्प्यिन्स लिग जित्ने तयारी गरेको समेत बताइएको छ । एफए कपको सेमिफाइनलमा पुगेको म्यान सिटी कुनै पनि उपाधि गुमाउने पक्षमा नभएको समिक्षकहरु बताउँछन् । 

 


थप समाचार

थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

  • 3 hours ago
थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

एजेन्सी । मानिसको जीवनमा कयौं खालका समस्या आउँछ । जीवनको दोस्रो नाम न संघर्ष हो । यदी तपाई पूर्वीय दर्शन, ज्यातिषशास्त्रको माध्यमबाट विविध खालका समस्याबाट मुक्ति पाउन सकिन्छ ।

एनआइसी एशिया बैंकको चमत्कारिक फाइदा सुविधा

  • 4 hours ago
एनआइसी एशिया बैंकको चमत्कारिक फाइदा सुविधा

काठमाडौँ । एनआईसी एशिया बैंकले खाता खोल्दा न्यूनतम ५० हजार रूपैयाँदेखि २ लाख १४ हजार रूपैयाँसम्मको चमत्कारिक फाइदा पाउने सुविधा ल्याएको छ। बिमा सम्बन्धी ३ आकर्षक चमत्कारिक फाइदा, कर्जामा २ चमत्

पशुपतिमा विन्दास बाबाको बेग्लै ताल (फोटो फिचर)

  • 4 hours ago
पशुपतिमा विन्दास बाबाको बेग्लै ताल  (फोटो फिचर)

पशुपतिनाथमा शिवरात्रिका दिन पशुपतिनाथमा भक्तजनहरूको ठूलो भीड लाग्ने गर्छ। शिवरात्रिका लागि भारतबाट सयौंको सङ्ख्यामा साधु आउने गरेका छन्।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

एजेन्सी । मानिसको जीवनमा कयौं खालका समस्या आउँछ । जीवनको दोस्रो नाम न संघर्ष हो । यदी तपाई पूर्वीय दर्शन, ज्यातिषशास्त्रको माध्यमबाट विविध खालका समस्याबाट मुक्ति पाउन सकिन्छ ।

विचित्र विश्व

‘जसको मिल्ने साथी सिंह हो’

‘जसको मिल्ने साथी सिंह हो’

एजेन्सी । पाकिस्तानको कराचाीस्थित एक युवकले सिंह पालेका छन् । अज्लान नामका एक युवाले सिम्बा नामको सिंहलाई पालेका हुन् । ४ वर्ष अघि उनले सिम्बालाई उद्धार गरेर ल्याएका हुन् । उक्त समयमा सिम्बा मात्र दुई हप्ताको भएको थियो ।