गर्मी मौसममा आँप ? यस्ता छन् फाइदारुह...

Education Park

काठमाडौं । मुलुकमा ह्वात्तै गर्मी बढेको छ । यस्तो गर्मी मौसममा हामीले आफ्नो स्वास्थ्यलाई सन्तुलनमा राख्नका लागि खानपानमा ध्यान दिनु जरुरी हुन्छ । साथै गर्मीको सिजनमा बढी मात्रामा फलफूलको सेवन गर्न चिकित्सकहरु सल्लाह दिन्छन् । 

 

गर्मी मौसममा पाइने फलफूल मध्ये आँप पनि एक हो । आँपमा प्रशस्त मात्रामा भिटामिन ए, भिटामिन सी का साथै कपर, जिंक, पोटाशियम, मिनरल्स पाइन्छ । यसको नियमित सेवन गर्नाले शरीरलाई निकै फाइदाजनक हुन्छ । 

 

यस्ता छन् फाइदाहरुः

– आँपमा रहेको भिटामिन ई कारण सेक्स हर्मोनमा बृद्धि गराउँछ । यसले यौन जीवनलाई थप खुसी राख्न मद्धत गर्छ ।

 

– आँप गर्मी फल भएपनि यसलाई जीरा, विरे नुन र चिनीको साथमा मिलाएर खानाले गर्मीबाट छुटकारा दिलाउँछ ।

 

– आपँमा हुने टारटारिक एसिड, म्यालिक एसिड र सिट्रिक एसिडले शरिरमा रहेको अम्लिय पदार्थलाई निस्तेज पार्न सहयोग गर्छ ।

 

– रगतको मात्रा कम हुने मानिसहरूले पनि आँप खानु उपयुक्त हुन्छ । आँपले शरिरमा रगतको मात्रा बढाउँछ । विशेषगरी गर्भवती महिलाहरूलाइ आँफले फाइदा गर्छ । गर्भवती महिलामा हुन सक्ने रगतको कमीलई पनि यसले कम गर्छ ।

 

– आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुनाले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न मद्दत गर्छ । साथै मुटु सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।

 

– आँपको नियमित सेवनले पेटमा हुने कब्जियत, एसिडिटी तथा ग्याँस्ट्राइटिसको समस्याबाट मुक्ति मिल्छ ।

 

– आँपको सेवनले शरीरमा शक्ति प्रदान गर्नुका साथै शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउनमा मद्दत गर्छ र शरीरमा इन्फेक्सन हुनबाट बचाउँछ ।

 

– आँपको पात पनि स्वास्थ्यका दृष्टिकोणले उपयुक्त मानिन्छ । आपँको पातको उचित प्रयोगले मधुमेह कम ग्रन मद्धत गर्छ । ५६ वटा पात उमालेर त्यसलाई अलिअली चिसोमा रातभर राख्ने र त्यसको पानी बिहान सबेरै खाने गरे शरिरमा रहको इन्सुलिनको मात्रा कमी भई मधुमेहबाट छुटकारा पाउन सकिन्छ ।

 

– आँपमा भरपूर मात्रामा भिटामिन बी ६ हुन्छ । जसले मस्तिष्कलाई स्वस्थ राख्नुका साथै स्मरण शक्ति बढाउन मद्दत गर्छ ।

 

– आँपमा पाइने भिटामिन ए ले आँखा तेजिलो हुनुका साथै आँखा सम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ ।

 

 


थप समाचार

गण्डकी प्रदेशको बजेट ३२ अर्ब १३ करोड रुपैयाँ

  • 6 minutes ago
गण्डकी प्रदेशको बजेट ३२ अर्ब १३ करोड रुपैयाँ

पोखर । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६–७७ का लागि ३२ अर्ब १३ करोड ४७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना (अर्थ) मन्त्री किरण गुरुङले पुँजीगततर्फ ६२, चालुतर्फ ३८ प्रति

भानु नगरपालिकाका मेयर गौली भन्छन्ः राष्ट्रिय विभूति आचार्यको पहिचान जोगाउन बिर्खे टोपी लगाउन शुरु

  • 22 minutes ago
भानु नगरपालिकाका मेयर गौली भन्छन्ः राष्ट्रिय विभूति आचार्यको पहिचान जोगाउन बिर्खे टोपी लगाउन शुरु

तनहुँ । तनहुँको भानु नगरपालिकाका कर्मचारीले भानुभक्तीय बिर्खे टोपी लगाउन शुरु गरेका छन् । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको नामबाट नामकरण गरिएको भानु नगरपालिकाका कर्मचारीले आइतबारबाट बिर्खे

यी गरिब पूर्वराष्ट्रपति जसको बसाई सामान्य फार्ममा छ

  • 29 minutes ago
यी गरिब पूर्वराष्ट्रपति जसको बसाई सामान्य फार्ममा छ

एजेन्सी । धेरैको दिमागमा राष्ट्रपति भन्नेबित्तिकै तामझाम, आलिसान बंगला, राम्रो लवाई, मिठो खवाई कुरा आउँछ । तर, संसारमा यस्ता देश पनि छन् जहाँका राष्ट्रपति निकै साधरण छन् । आम सर्वसाधरणजस्तै हिडडुल गर्



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस कारण विहानै मन तातो पानी पिउनुहोस्

यस कारण विहानै मन तातो पानी पिउनुहोस्

काठमाडौं । अधिकांश हामीले विहान उठेने वितिकै चिया वा कफी पिउने गर्छौं । तर, स्वास्थ्यका लागि विहान खाली पेटमा चिया वा कफी नभई मन तातो पानीबाट सुरुवात गर्नुपर्छ । स्वस्थ रहन दैनिक ३ लिटर पानी पिउनु जरुरी छ ।

विचित्र विश्व

यी गरिब पूर्वराष्ट्रपति जसको बसाई सामान्य फार्ममा छ

यी गरिब पूर्वराष्ट्रपति जसको बसाई सामान्य फार्ममा छ

एजेन्सी । धेरैको दिमागमा राष्ट्रपति भन्नेबित्तिकै तामझाम, आलिसान बंगला, राम्रो लवाई, मिठो खवाई कुरा आउँछ । तर, संसारमा यस्ता देश पनि छन् जहाँका राष्ट्रपति निकै साधरण छन् । आम सर्वसाधरणजस्तै हिडडुल गर्छन् । इमान्दारिताका साथ आफ्नो कार्यकाल छोड्छन् ।