नयाँ नक्शा जारी गरेपछि अभिनेत्री मनीषा कोइरालाले गरिन् नेपाल सरकारको समर्थन

  • बुधबार, ७ जेष्ठ, २०७७
  • 4 days ago
  • नेपाल

काठमाडौं ।  पछिल्लो केही समयदेखि नेपाल र भारतबीच सीमा विवाद बढ्दो छ । यो विवाद कालापानी र लिपुलेकलाई लिएर रहेको छ । सन् २०१९ नोभेम्बरमा भारतको गृह मन्त्रालयले जारी गरेको नयाँ नक्शामा कालापानी क्षेत्रलाई समावेश गरेको थियो ।

 

त्यसको खण्डन गर्दै नेपालले उक्त भूमि नेपालको रहेको भन्दै विरोध गर्दै आएको छ । यसका अलावा भारतीय रक्षा मन्त्री राजनाथ सिंहले हालै कैलाश मानसरोवर जाने ८० किलोमिटर बाटोको उद्घाटन गरेका थिए जसमा लिपुलेक हुँदै उक्त बाटो खनिएको थियो ।

 

नेपाल भारतबीच सीमा विवादमा नेपाली मुलकी बलिउड अभिनेत्री मनीषा कोइरालाले मुख खोलेकी छन् । मनीषाले कालापानी एवं लिपुलेकलाई आफ्नो नक्शामा समावेश गरेपछि नेपाल सरकारको यस कदमलाई खुलेर तारिफ गरेकी छन् ।

 

मनीषाले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीको ट्वीटमा कमेन्ट गर्दै लखेकी छन्, हाम्रो सानो देशको उच्च गौरव राख्न सफल भएकोमा धन्यवाद, म ३ महान देशहरुबीच शान्तिपूर्ण तथा सम्मानजनक वार्तालापको कामना गर्दछु ।

 

फिल्मी करिअरको कुरा गर्दा सन् १९७० अगस्ट १६ मा काठमाडौंमा जन्मिएकी मनीषाले सन् १९९१ मा सौदागरबाट बलिउडमा पाइला टेकेकी थिइन् । उनको १९४२ अ लव स्टोरी, अकेले हम अकेले तुम, दिल से, मन, लज्जा, लगायत थुप्रै फिल्महरु चर्चित छन् । 


थप समाचार

महाकालीमाथिको झोलुङ्गे पुलको आवतजावतमा रोक

  • 5 hours ago
महाकालीमाथिको झोलुङ्गे पुलको आवतजावतमा रोक

कञ्चनपुर । कञ्चनपुरको महाकाली नदी माथिको मल्टिस्पान झोलुङ्गे पुलको आवतजावतमा आइतबारदेखि स्थानीय बासिन्दाले रोक लगाएका छन् । महाकाली नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने झोलुङ्गे पुल प्रवेश मार्गमा स्थ

इजरायली प्रधानमन्त्री नेतन्याहुको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू

  • 5 hours ago
इजरायली प्रधानमन्त्री नेतन्याहुको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको भ्रष्टाचारसम्बन्धी मुद्दामाथि आइतबार सुनुवाई सुरू भएको छ ।

जापानको टोकियो र हकाइदोमा सङ्कटकाल हटाउने तयारी

  • 5 hours ago
जापानको टोकियो र हकाइदोमा सङ्कटकाल हटाउने तयारी

एजेन्सी । जापान सरकारले कोरोनाभाइरस (कोभिड–१९) प्रकोप नियन्त्रणका लागि लगाएको स्वास्थ्य सङ्कटकाललाई टोकियो महानगर क्षेत्र तथा हकाइदोमा हटाउने निर्णय गरेको अर्थतन्त्र पुनःउद्धार मन्त्री यसुतोशी निशिमुर



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फ्रिजमा राखेको अण्डा खानुहुँदैन !

यसकारण फ्रिजमा राखेको अण्डा खानुहुँदैन !

एजेन्सी । प्रायः सधै खाइरहनुपर्ने भएकाले हामी दैनिक अण्डा किन्नुपर्ने झन्झटबाट मुक्तिका लागि त्यसलाई फ्रिजमा स्टोर गरेर राख्ने गर्दछौँ । फ्रिजमा अण्डा राख्नाले त्यो फ्रेस हुन्छ भन्ने मान्यता रहदै आएको छ । तर हालैमा भएको अध्ययनले फ्रिजमा राखेको अण्डा प्रयोग नगर्न दाबी गरेको छ ।