ISMT

HUB Education

बक्सिंगका अन्तर्राष्ट्रिय रेफ्री थापाको उपचारका लागि बेलायतबाट सहयोग

  • बुधबार, ९ जेष्ठ, २०७५
  • 1 year ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

 

लण्डन । बक्सिंगका एक मात्र नेपाली अन्तर्राष्ट्रिय रेफ्री मञ्जुजंग थापाको उपचारको लागि बेलायतबाट आर्थिक सहयोग पठाइएको छ । 

क्यान्सरपीडित थापाको उपचारमा सहयोगार्थ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ बेलायत च्याप्टरका अध्यक्ष सिद्धार्थविक्रम क्षेत्रीको पहलमा बेलायतमा संकलित १ लाख ३ हजार ४ सय सहयोग गरिएको हो । 

सहयोग रकम सोमबार सातदोबाटोस्थित नेपाल बक्सिंग संघको कार्यालयमा पीडित थापालाई हस्तान्तरण गरिएको थियो । 

नेपाल बक्सिंग संघका अध्यक्ष राम अवाले, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्षद्धय दिपक थापा र दिपक महर्जन, चिफ कोच प्रकाश थापा मगर, पूर्व चिफ कोच ओम मास्के, पूर्व अन्तर्राष्ट्रिय खेलाडी पुस्करराज पन्त, बक्सिङ संघ केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठ लगायतले सहयोग रकम हस्तान्तरण गरेका थिए । 

बेलायतमा ए मेरो हजुर २ को प्रदर्शनबाट सो समुहका उमेशराज मोक्तान, सिद्धार्थविक्रम क्षेत्री, बिना गुरुङ र मेनु बस्नेतले पनि आर्थिक सहयोग उपलब्ध गराएका थिए । 

थापाको उपचारको लागि बेलायतस्थित पूर्व अन्तर्राष्ट्रिय खेलाडी झपट भुजेल, पूर्व राष्ट्रिय खेलाडी कुश बस्नेत , करांतेको पदक विजेता पूर्व अन्तर्राष्ट्रिय खेलाडी सुरज कार्की, महेन्द्र पुलिस क्लबका पूर्व खेलाडी विरेन खड्का , तेक्वान्दोका पूर्व राष्ट्रिय प्रशिक्षक जिवन सेन, तेक्वान्दो प्रशिक्षक ह्यारी गुरुङ, बुद्ध फाउण्डेसन यूके अध्यक्ष दिपक श्रेष्ठ, म्याराथन धावक सन्तोष राई, नेप्लिज युथ एशोसिएसन यूकेका उपाध्यक्ष राजन खकुरेल लगायतले सहयोग गरेका थिए । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ बेलायतका अध्यक्ष सिद्धार्थविक्रम क्षेत्रीले सहयोगदाता सबैमा धन्यवाद ज्ञापन गरेका छन् । 

 


थप समाचार

भिषण आगलागीले १० हजार घरबारविहीन

  • 1 minute ago
भिषण आगलागीले १० हजार घरबारविहीन

एजेन्सी । बंगलादेशको राजधानी ढाकास्थित सुकुम्बासी बस्तीमा शुक्रबार रातिको भिषण आगलागीबाट १० हजारभन्दा बढी मानिस घरबारविहीन भएका छन् ।

पुडासैनी मृत्यु प्रकरण : संयम भएर फैसला कुर्नुभन्दा अरु केही देखिँदैन

  • 7 minutes ago
पुडासैनी मृत्यु प्रकरण : संयम भएर फैसला कुर्नुभन्दा अरु केही देखिँदैन

नुवाकोट । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने र अनुसन्धानमा कुनै अवरोध सिर्जना गर्न नहुनेमा कानून व्यवसायी, पत्रकार, नागरिक समाजको एकमत छ ।

सुनको मूल्य घट्यो

  • 9 minutes ago
सुनको मूल्य घट्यो

काठमाडौं । लगातार उकालो लाग्दै गएको सुनको मूल्यमा आज सामान्य गिरावट देखिएको छ । शनिबार प्रतितोला रु ७१ हजार ५०० मा कारोवार भएको छापावाला सुनको मूल्य आज प्रतितोला रु ५०० ले घटेर रु ७१ हजार कायम भएको ने



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

अध्ययन कोठामा कुन भगवानको तस्बिर राख्ने ?

अध्ययन कोठामा कुन भगवानको तस्बिर राख्ने ?

एजेन्सी । यदि बच्चाको पढाइमा मन नजाने, पढेको कुरा याद नहुने भएमा सबै दोष बच्चाको मात्र हुँदैन । त्यसमा वास्तु दोष पनि हुन सक्छ । वास्तु दोषको कारणले घरको वातावरण नकरात्मक हुन्छ । यसका लागि अध्ययन कोठामा यी उपायहरु अपनाई उक्त दोष हटाउन सकिन्छ ।

विचित्र विश्व

यी हुन् विश्वकै सर्वाधिक महँगा लिपिस्टिक

यी हुन् विश्वकै सर्वाधिक महँगा लिपिस्टिक

एजेन्सी । महिलाले प्रयोग गर्ने सामाग्रीहरुको बजारमा मुल्य फरक फरक छन् । त्यो पनि ब्राण्ड अनुसार मुल्य निर्धारित हुन्छ । युवतीहरुले सबैभन्दा बढी प्रयोग गर्ने सौन्दर्यको सामाग्री हो लिपिस्टिक ।