मन्त्री फेरबदलको सम्भावना छैन: गृहमन्त्री थापा

गोरखा । सरकारका गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले तत्काल सरकारका मन्त्रीहरु फेरबदल हुने सम्भावना नरहेको बताएका छन् । प्रेस संगठन नेपालले गोरखा सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापाले मन्त्रीहरुको फेरबदल हुनेबारे सरकारमा कुनै छलफल नभएको बताएका हुन् ।

 

‘तत्काल मन्त्री फेरबदल हुदैछ भनेर संचारमाध्यमले सम्भावनाको कुरा मात्रै गरिरहेका छन्, तर यो संका मात्रै त्यस्तो कुनै सम्भावना छैन’ उनले भने ‘सिद्धान्तत मन्त्री फेरिनै नहुने भन्ने होइन, थापिन सक्छन्, फेरबदल हुन सक्छन, तर अहिले त्यसको चर्चा छैन।’

 

पछिल्लो केहि अराजक तत्वले देशमा अस्थिरता निम्त्याउन लागिपरेको मन्त्री थापाले बताएका छन् । पछिल्लो समय तस्करी र सिण्डिकेटका संजाल तहसनहस बनाउन सरकार पूर्णरुपमा सफल भएको बताउदै उनले जनताले दिएको संबृद्धि र सुशासनको जनादेश अनुसार नै सरकारले काम अघि बढाएको उनको भनाई छ । ‘सुन तस्करी, ठेकेदार र यातायातको सिण्डिकेट थियो त्यसलाई हामीले पूर्ण रुपमा निस्तेज बनाएर तिनका संजाल तहसनहस बनाएका छौ’ गृहमन्त्री थापाले भने ।

 

कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको प्रशंगलाई जोड्दै उनले उच्चस्तरिय छानबिन समितीबाट घटनाको अनुसन्धान र छानबिन भइरहेको बताउदै दोषीलाई कुनै हालतमा कारबाही गरेरै छाड्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

 

त्यस्तै गृहमन्त्री थापाले शनिबार नै जिल्ला प्रशासन कार्यालय गोरखाको नवनिर्मित सुविधासम्पन्न भवनको समेत उद्घाटन गरेका छन् । भवन उद्घाटन पश्चात उनि सुरक्षा समितीको बैठकमा सहभागाी भई जिल्लाको सुरक्षा अवस्थाका बारे जानकारी लिएका थिए । शनिबार हेलिकोप्टर मार्फत गोरखा आएका मन्त्री थापाले गोरखा दरबारको पुनःनिर्माणको अवस्थाका बारेमा समेत स्थलगत अनुगमन गरेका छन् 


थप समाचार

कुनै समय कंगाल बनेका बलिउडका यी ६ चर्चित स्टार

  • 2 hours ago
कुनै समय कंगाल बनेका बलिउडका यी ६ चर्चित स्टार

एजेन्सी । बलिउड चलचित्र उद्योग विश्वमा नै धनि मध्येको एक मानिन्छ र यहाँका स्टारहरुको अवस्थामा पनि निकै राम्रो छ । उनीहरुको लाइफस्टाइलका कारण सधैँ मानिसको नजरमा परिनै रहेका हुन्छन् ।

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

  • 3 hours ago
१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

काठमाडौं । काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्

प्रत्येक हप्ता एउटा बच्चाको पिता बन्छन् यी व्यक्ति

  • 3 hours ago
प्रत्येक हप्ता एउटा बच्चाको पिता बन्छन् यी व्यक्ति

एजेन्सी । एक मानिसको ८०० बच्चा कसरी हुनसक्छ रु हरेक हप्ता कसरी कसरी पिता बन्न सक्छ रु यो कुरा सुनेर तपाई अचम्ममा पर्नुभयो होला रु कुरा यस्तो रहेको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

पुरुषले दैनिक गर्ने ९ गल्ती

पुरुषले दैनिक गर्ने ९ गल्ती

एजेन्सी । त्यसो त हामी फिट रहन दिन–दिनै विभिन्न गतिविधि गरिरहेका हुन्छौ, तर सानो तिनो गल्ती वा हेलचक्र्याईँका कारण अस्वस्थ्य बन्छौँ भन्नेप्रति हामी खासै ध्यान जाँदैन । त्यसो भए, जान्नुहोस् दैनिक हामी के–के गल्ती गरिरहेको हुन्छौँ

विचित्र विश्व

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

काठमाडौं । काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले ।